राजनीति

प्रधानन्यायाधिसमा साह

काठमाडौ, २४ असोज । सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधिस रामकुमार प्रसाद साहले आजवाट प्रधानन्यायाधिस पद सम्हाल्दै छन् । प्रधानन्यायाधिस दामोदरप्रसाद शर्माले उमेर हदका कारण हिजैदेखि अवकास पाएपछि आजदेखि साहले कार्यभार सम्हाल्ने भएका हुन् । साहले पनि उमेर हदबन्दीका कारण ९ महिना मात्रै कार्यभार सम्हाल्न पाउने छन ।

२०७१ आश्विन २४ गते, शुक्रबार

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौ, २३ असोज । नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने बताईएको छ ।एमालेले दलहरुबीच हिजो भएको सहमति र संविधानका विवादित विषयमा छलफल गर्ने जनाएको छ ।बिहान १० बजेपछि संविधानसभा भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा संसदमा एमालेले खेल्ने भूमिका, सभासदहरुले राख्ने भनाई र हिजोको सहमति कार्यान्वयनका विषयमा छलफल हुनेछ । त्यस्तै संविधान निर्माण प्रक्रियाका विषयमा […]

२०७१ आश्विन २३ गते, बिहीबार

नेपाली कांग्रेसले चियापान आयोजना गर्दै

काठमाडौं, २१ असोज । नेपाली कांग्रेसले हरेक वर्षको कोजाग्रत पूर्णिमामा झैं आजपनि चियापन गर्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिने चियापानका लागि सबैमा कांग्रेसले आमन्त्रण गरेको छ । विजयादशमी, दिपावलीलगायत चाडपर्वको अवसरमा पार्टीले गर्ने चियापान कार्यक्रमको निम्तो सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले दिएका छन् ।चियापानमा सहभागिताका लागि प्रमुख राजनीतिक दल, विदेशी कुटनीतिज्ञ, सरकारी तथा गैरसरकारी […]

२०७१ आश्विन २१ गते, मंगलवार

नगरपालिका थप्ने तयारी

काठमाडौं, २१ असोज । नगरक्षेत्र निर्धारण सिफारिस समितिको सिफारिस बमोजिम सरकारले पुनः ६६ वटा नगरपालिका र सातवटा उपमहानगरपालिका घोषणा गर्ने अन्तिम तयारी गरेको छ ।नगरक्षेत्र निर्धारण सिफारिस समितिले गत साउनमा नै देशभरका ६६ नगरपालिका र सातवटा उपमहानगरपालिकाका लागि सिफारिस गरी सरकारलाई प्रतिवेदन बुझाइसकेको छ। यसअघि सरकारले गत वैशाखमा ७२ वटा नगरपालिका घोषणा गरी नगरपालिकाको संख्या […]

२०७१ आश्विन २१ गते, मंगलवार

कांग्रेसले चियापान कार्यक्रम गर्ने

काठमाडौं । नेपाली कांग्रेसले विजया दशमीको अवसर पारेर कोजाग्रत पूर्णिमाका दिन अर्थात असोज २१ गते पार्टी कार्यलय सानेपामा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त चियापान कार्यक्रममा सहभागीताका लागि प्रमुख राजनीतिक दलका अध्यक्ष, पदाधिकारी तथा पार्टीका केन्द्रीय सदस्य, सरकारी तथा गैरसरकारी तहका कर्मचारी, उद्योग व्यवसायी, विदेशी कुटनीतिज्ञ लगायत विभिन्न तहका महानुभावहरुलाई आमन्त्रण गरेको कांग्रेसले […]

२०७१ आश्विन २० गते, सोमबार

आज विश्व बसोबास दिवस

काठमाडाैं, २० असाेज।आज विश्व बसोबास दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनार्इंदैछ । राष्ट्र संघको साधारण सभाले सन् १९८५ मा अक्टोबर महिनाको पहिलो सोमबारलाई विश्व बसोबास दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार यो दिवस मनाउन थालिएको हो । बढ्दो शहरीकरणका कारण पूर्वाधार र सेवा सुविधाको अपर्याप्तता, बढ्दो वायू प्रदुषण, फोहोरमैला विसर्जन जस्ता समस्या अहिले ठूलो […]

२०७१ आश्विन २० गते, सोमबार

आज विश्व शिक्षक दिवस

काठमाडौ, १९ असोज ।आज विश्व शिक्षक दिवस, शिक्षकमा लगानी, भविष्य सुनिश्चित भन्ने नाराका साथ विश्वभर यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसंघको आव्हानमा अक्टोवर ५ मा विश्वभर नै शिक्षक दिवस मनाइने गरिन्छ ।नेपालमा भने दसैंको बेला दिवस परेकाले औपचारिक कार्यक्रम आयोजना नगरिएको नेपाल राष्ट्रिय शिक्षक संगठनले जनाएको छ । नेपालमा करिब तीन लाखको संख्यामा शिक्षकहरु रहेका छन् […]

२०७१ आश्विन १९ गते, आईतवार

सोमबार बकर इद,देशभर सार्वजनिक बिदा

काठमाडौं। इस्लाम धर्मावलम्बीहरुको महान् पर्व बकर इद (इदुल जोहा)को दिन सरकारले देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।गृह मन्त्रालयले एक सूचना जारी गर्दै सो दिन (२० गते) सार्वजनिक पर्व बिदा दिने निर्णय भएको जनाएको हो । बडादसैंको बिदाकै बीचमा बकर इद परेपछि सार्वजनिक बिदा समेत लम्बिएको छ ।

२०७१ आश्विन १८ गते, शनिबार

प्रहरी प्रवक्तामा डिआईजी जोशी नियुक्त

काठमाडौ -नेपाल प्रहरीको प्रवक्तामा प्रहरी नायव महानिरीक्षक( डिआइजी) माधवप्रसाद जोशीनियुक्त भएका छन । केही दिनअघि मात्र एसएसपीबाट प्रहरी नायव महानिरीक्षक डिआइजीमा बढूवा भएका उनलाई आइतबारदेखि प्रवक्ताको जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।केन्द्रिय प्रहरी समाचार कक्षका अनुसार नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा संचार माध्यमहरुमा सम्प्रेषण गर्नका लागि प्रहरी प्रधान […]

२०७१ आश्विन १३ गते, सोमबार

हेलो सरकार दसैं बिदामा पनि खुल्ने

काठमाडौं । प्रधानमन्त्री कार्यालयमा रहेको हेलो सरकार सेवा दसैंको बिदामा पनि सुचारु हुने भएको छ । प्रधानमान्त्री कार्यालयका प्रवक्ता क्षेत्रबहादुर भण्डारीले विगत वर्षमा जस्तै यसपटक पनि दसैं बिदा अवधिभर हेलो सरकार कक्ष २४ सै घन्टा खुल्ने व्यवस्था मिलाइएको जानकारी दिए । उक्त अवधिमा सर्वसाधारणको गुनासो एवम् उजुरी भएमा हेलो सरकार कक्षको फोन नं ११११ मा […]

२०७१ आश्विन १३ गते, सोमबार