राजनीति

सर्वदलीय बैठक निष्र्कषहीन

काठमाडौ , ३१ भदौ : नेकपा–माओवादी नेतृत्वको तेतीस दलीय मोर्चा र उच्चस्तरीय राजनीतिक समितिबीच भएको वार्ता पनि निष्र्कष बिहीन भएको छ । नयाँबानेश्वरमा भएको वार्तामा पनि सहमति हुन नसकेको हो ।यस अघि माओवादीले राखेका चार बुँदे मागमा सहमति नभएपछि यसअघि गत शुक्रबार र आइतबार भएको सर्वदलीय बैठक पनि बिना निष्कैष टुंगिएको थियो ।

२०७० आश्विन १ गते, मंगलवार

आज पनि सर्वदलीय बैठक

काठमाडौं,३१ भदौ – चुनावको मिति र सरकारका विषयमा छलफल गर्न आज पुन सर्वदलीय बैठक बस्ने भएको छ ।नेकपा–माओवादी नेतृत्वको मोर्चाले चुनावको मिति भन्दा पहिले सरकारका विषयमा सहमति हुनुपर्ने अडान राखेको छ भने मोर्चा बाहेकका दलले नेकपा–माओवादी मंसिरको चुनावमा प्रतिबद्ध नभएको भन्दै पहिले चुनाव प्रति प्रतिबद्ध हुनुपर्ने अडान राखेका छन् ।सोमबार दिउँसो हुने छलफलमा सरकार र […]

२०७० भाद्र ३१ गते, सोमबार

आज मध्य पहाड र पूर्वी तराई बन्द

काठमाण्डौं, ३० भदौ। नेकपा-माओवादीसहितको ३३ दलीय मोर्चाले गरेको मध्य पहाड र पूर्वी तराई बन्दका कारण उक्त क्षेत्रको जनजीवन प्रभावित भएको छ । आसन्न संविधानसभा निर्वाचनको मिति सार्न तथा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा बन्द गरिएको ३३ दलीय मोर्चाले जनाएको छ । ३३ दलको मोर्चाले भोजपुरा, मिथिला र ताम्सालिङ क्षेत्र बन्द आब्हान गरेका हुन् ।बन्दका कारण […]

२०७० भाद्र ३० गते, आईतवार

भारतिय च्यानल २४ घण्टाका लागि बन्द

काठमाडौं, २८ भदौं ।गौतम बुद्ध भारतमा जन्मिएको भन्ने भ्रामक सिरियल प्रशारण गर्ने तयारी गरेपछि भारतको जीटीभी माथी नेपाली दर्शक खनिए । यसपश्चात यो सिरियलका निर्माताले माफी माग्दै प्रोमो नै सच्चाए ।भारतले नेपाल माथि गरेको नांगो हस्तक्षेप भन्दै नेकपा- माओवादीले भाद्र २८ गते बिहान ८ बजेबाट भाद्र २९ गते बिहान८ बजेसम्म सम्पूर्ण भारतिय च्यानल नेपालमा बन्द […]

२०७० भाद्र २८ गते, शुक्रबार

बन्द ५ बजेपछि खुल्ने

काठमाडौ,२७ भदौ – नेकपा–माओवादीसहितको ३३ दलिय मोर्चाले काठमाडौ उपत्यका र पूर्वका ९ जिल्लामा बिहीबार आह्वान गरिएको बन्द बेलुकी ५ बजेपछि खुल्ने भएको छ ।अहिले साझ ५ बजेपछि बन्द खुल्ने नेकपा–माओवादीले बताएको छ । सर्वदलीय गोलमेच सभा मार्फत राष्ट्रिय सहमति कायम गर्नुपर्ने माग गर्दै नेकपा–माओवादी सहितका ३३ दलले बिहीबार काठमाडौ उपत्यका र पूर्वका ९ जिल्लामा बन्द […]

२०७० भाद्र २७ गते, बिहीबार

मूल्यबृद्धि फिर्ता लेउ : माओवादी

काठमाण्डौ २६ भदौ, । नेकपा-माओवादीले पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्य बृद्धिप्रति विरोध जनाएको छ । पार्टीले बुधवार विज्ञप्ति जारी गरी मूल्य बृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । नेपाली जनताले आकाशिंदो महङ्गी खेपिरहेका समयमा जनताप्रति अनुत्तरदायी भई चाडवाडको मुखैमै पेट्रोलियम पदार्थको मूल्य बढाएर जनतामाथि अर्को आघात थपेको विज्ञप्तिमा उल्लेख छ ।विज्ञप्तिमा भनिएको छ,’सम्पूर्ण जनतालाई […]

२०७० भाद्र २६ गते, बुधबार

एमालेको स्थायी समितिको बैठक स्थगित

काठमाडौ , २६ भदौ : आजका लागि बोलाइएको नेकपा एमालेको स्थायी समितिको बैठक स्थगित भएको छ । देशको पछिल्लो राजनीतिक अवस्था, संविधानसभा निर्वाचन, उम्मेद्वारको सिफारिस लगायतका विषयमा छलफल गर्न बोलाइएको बैठक चुनावी घोषणा पत्रका विषयमा छलफल गर्नका लागि स्थगित गरिएको बताइएको छ । आगामी संविधानसभा निर्वाचनका लागी पार्टीबाट उम्मेदवार सिफारिस गर्नका लागि तय भएको समय […]

२०७० भाद्र २६ गते, बुधबार

आतंकवादीका बैंक खाता रोक्का

काठमाण्डौं, २५ भदौ । गृहमन्त्रालयले नेपालका कुनै पनि व्यक्ति, संघसंस्था तथा बैंकसँग अन्तर्राष्ट्रिय आतंकवादी माफिया दाउद इब्राहिमको आर्थिक कारोबार भए तत्काल रोक्का गर्न निर्देशन दिएको छ ।गृहले दाउसहित दुई सय ८८ जना आतंकवादी व्यक्ति र संस्थाको विवरण सार्वजनिक गर्दै त्यस्ता व्यक्ति तथा समूहको खाता एवं कुन्े पनि कारोबार भए तत्काल रोक्न सम्बन्धित सबै संस्था तथा […]

२०७० भाद्र २५ गते, मंगलवार

पूर्वका नौ जिल्ला बन्द

झापा,२४ भदौ । संघिय गणतान्त्रिक समाजवादी पाटी लिम्बुवान राज्य समितीले पूर्वका नौ जिल्लामा आज हड्तालको आहृवान गरेको छ । हड्तालको प्रभाव पूर्वका झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, सङखुवासभा जिल्लामा विहानैवाट परेको छ ।हड्तालका कारण लामो तथा छोटो दूरीका सवारीका साधन संचालन आउन सकेका छैनन् भने वजार पसल,कलकारखाना शिक्षण संस्था ठप्प छन् । […]

२०७० भाद्र २४ गते, सोमबार

बारले कालो पट्टी बाँधेर काम गर्दै

काठमाडौं, २३ भदौ । नेपाल बार एशोसिएसनले अहिले ११ बजेदेखि १२ बजेसम्म हातमा कालो पट्टी बाँधेर काम गर्दैछ । अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीविरुद्ध परेको १७ वटा रिट सर्वोच्चले खारेज गरिएको विरोधमा बारले आज प्रतिकारात्मक रुपमा बिहान ११ बजेदेखि १२ बजेसम्म हातमा कालो पट्टी बाँधेर काम गर्न लागेको हो ।सर्वोच्चले गतबिहीबार रेग्मीबिरुद्ध परेको १७ वटा […]

२०७० भाद्र २३ गते, आईतवार