समाज

बुटवल–नारायणगढ सडक : एक वर्षमा ६३ पटक बन्द

काठमाडौँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का अनुसार बुटवल–नारायणगढ सडक पछिल्लो एक वर्षमा ६३ पटक पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साल साउन १ देखि २०८२ असार ३२ गतेसम्म ६३ पटक अवरुद्ध भएको हो ।यीमध्ये अधिकांश घटना भारी […]

२०८२ श्रावण ५ गते, आईतवार

देशभर भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको हुँदा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान रहेको छ।ती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। यसैगरी देशको उच्चपहाडी तथा हिमाली भूभागका केही […]

२०८२ श्रावण ५ गते, आईतवार

इप्पानद्वारा जलविद्युत् आयोजनालाई सतर्कता अपनाउन आग्रह

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले जल तथा मौसम विज्ञान विभागबाट यही साउन ३, ४ र ५ गते देशभर अत्यधिक वर्षा भई नदीमा पानीको सतहले सतकर्ता बिन्दु पार गर्नसक्ने पूर्वानुमान गरेकाले सम्पूर्ण जलविद्युत् आयोजनालाई उच्चसतर्कता अपनाउन आग्रह गरेको छ। इप्पानले विज्ञप्ति जारी गर्दै जलविद्युत् आयोजनामा पूर्वतयारी स्वरुप सतर्कता अपनाउन आग्रह गरेको हो।इप्पानले […]

२०८२ श्रावण ४ गते, शनिबार

कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । पूर्वानुमान महाशाखाले हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भूभागमा आंशिक बदली रहेको र कोशी, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा […]

२०८२ श्रावण ४ गते, शनिबार

गत आ.व. मा २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटनाः २ हजार ५ सय ४९ जनाको मृत्यु

काठमाडौँ । प्रहरी महानिरीक्षक दीपक थापाले आर्थिक वर्ष २०८०/०८१ को भन्दा आ.व. २०८१/०८२ मा अपराधका घटनाहरूमा वृद्धि भएको छ । महानिरीक्षक थापाले शुक्रबारको संघीयता सलबीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै आर्थिक वर्ष २०८०/०८१ को भन्दा आ.व. २०८१/०८२ मा झन्डै १.२४ प्रतिशतले कसुरको मात्रा बढेको हो । उनकाअनुसार २०८०-०८१ सम्ममा असार मसान्तसम्ममा देशभर ५८ हजार […]

२०८२ श्रावण ३ गते, शुक्रबार

आइतबारदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार रातिदेखि नेपालमा भारी वर्षा सुरु हुने सम्भावना रहेको छ । विभागका मौसमविद्‌ सन्जिव अधिकारीका अनुसार आज र भोलि दिउँसोसम्म अवस्था सामान्य नै रहे पनि पर्सिदेखि मनसुन सक्रिय हुने सम्भावना छ । पानी पार्ने प्रणाली पूर्वबाट पश्चिमतिर सर्दै जाने र देशभर वर्षाको मात्रा बढ्ने पूर्वानुमान गरिएको छ […]

२०८२ श्रावण ३ गते, शुक्रबार

एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली […]

२०८२ श्रावण ३ गते, शुक्रबार

तीन महिनामा दुई हजार ६५ वटा विपद्जन्य घटना : ९३ जनाको मृत्यु, २२ जना बेपत्ता

काठमाडौँ । गत वैशाखदेखि असारसम्मको तीन महिनामा दुई हजार ६५ वटा विपद्जन्य घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्षको तीन महिनामा ती विपद्जन्य घटनामा परेर ९३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन्।प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारका अनुसार ती घटनामा परेर आजसम्म चार सय ४५ […]

२०८२ श्रावण २ गते, बिहीबार

आज देशैभर वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम बर्षा भइरहेको छ।दिउँसो देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै […]

२०८२ श्रावण २ गते, बिहीबार

आज साउने संक्रान्ति: ‘लुतो फाल्ने’ दिन

काठमाडौँ । आज साउने संक्रान्ति। सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) संक्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले […]

२०८२ श्रावण २ गते, बिहीबार