समाज

सर्वोच्च अदालतमा रिट दर्ता एवं सुनुवाइ शुरु

काठमाडौँ । सर्वोच्च अदालतले आजदेखि रिट दर्ता एवं सुनुवाइ शुरु गर्ने भएको छ। गत आइतबार बसेको अदालतको पूर्ण बैठकले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेपछि बन्द रहेको रिट दर्ता एवं सुनुवाइ मंगलबार शुरु गर्ने निर्णय गरेको थियो।सर्वोच्चले एक महिनापछि रिट दर्ता र सुनुवाइ गर्न लागेको हो। भवनसँगै सर्वाेच्चको सर्भरमा क्षति पुगेको थियो । सर्भर रिकभरको प्रयास भइरहेको […]

२०८२ आश्विन २८ गते, मंगलवार

बालेन र सुदनविरुद्ध प्रहरीमा अर्को उजुरी

काठमाडौँ । नेपाली कांग्रेसनिकट नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संस्थापक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ । यसअघि नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि उनीहरूविरुद्ध प्रहरीमा उजुरी दिएको थियो ।गत भदौ २३ र २४ मा जेनजी आन्दोलनको क्रममा भएको जनधनको क्षतिको घटनामा उनीहरूको संलग्नता रहेको दाबी गर्दै उनीहरूमाथि अनुसन्धानको […]

२०८२ आश्विन २६ गते, आईतवार

यस वर्षको मनसुन नेपालबाट बाहिरियो

काठमाडौँ । नेपालको सम्पूर्ण भू-भागबाट मनसुनको बहिर्गमन भएको छ । जल तथा मौसम विज्ञान विभागले असोज २० गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट यस वर्ष मनसुन बहिर्गमनको शुरुवात भएको बताउदै आजदेखि नेपालक सबै भागबाट मनसुनको बहिर्गमन भएको जानकारी दिएको छ । नेपालमा […]

२०८२ आश्विन २५ गते, शनिबार

विदेशबाट आयात गरिएको फूलमाला बिक्री गर्न नपाइने !

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहारमा विदेशबाट आयात गरिएको फूलमाला बिक्री वितरण गर्न रोक लगाएको छ।महानगर प्रहरी बलले शुक्रबार यहाँ पत्रकार सम्मेलन गरी नेपाली किसानलाई प्रोत्साहन गर्नका लागि विदेशबाट आयात गरिएका फूलमाला प्रतिबन्ध गराउने निर्णय गरेको जानकारी दिएको हो।पत्रकार सम्मेलनमा महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले स्वदेशमा उत्पादित फूलको प्रयोगलाई बढाउन महानगरले […]

२०८२ आश्विन २५ गते, शनिबार

आज विश्व अण्डा दिवस

काठमाडौँ । आज अक्टोबर महिनाको दोस्रो शुक्रबार अर्थात २९औं विश्व अण्डा दिवस। विश्वभर कुखुरापालन व्यवसायको विकाससँगै सन् १९९६ देखि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार ‘विश्व अण्डा दिवस’ मनाउने परम्परा रही आएको छ । यस वर्ष नेपाल लेयर्स कुखुरापालक संघ र नेपाल भेटेरीनरी एशोसियशनको संयुक्त आयोजनामा तथा अमेरिकन सोयाविन एशोसियशनको सहयोगमा ‘पोषणको शक्तिशाली श्रोत अण्डा’ […]

२०८२ आश्विन २४ गते, शुक्रबार

बीपी राजमार्ग आजदेखि पुनः सञ्चालन ल्याइने

काठमाडौँ । बीपी राजमार्ग आजदेखि पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ । काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो र महत्वपूर्ण मार्गका रूपमा रहेको बीपी राजमार्ग असोज १७ र १८ गते आएको अविरल वर्षासँगैको बाढीपहिरोले क्षतिग्रस्त बनेको छ ।विभिन्न स्थानमा डाइभर्सन बनाएर सडक सञ्चालनको तयारी गरिएको छ । अहिले डाइभर्सन बनाउने र सडक मर्मत गर्ने काम अन्तिम […]

२०८२ आश्विन २४ गते, शुक्रबार

आजको मौसम पूर्वानुमान

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूमा पश्चिमी वायूको प्रभाव तथा बाँकी भू-भागमा मनसुनी वायू तथा स्थानीय वायूको कमजोर प्रभाव रहेको जानकारी दिएको छ ।हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको […]

२०८२ आश्विन २४ गते, शुक्रबार

आज विश्व दृष्टि दिवस

काठमाडौँ । आज विश्व दृष्टि दिवस , ‘आँखालाई माया गरौँ’ नारासहित विश्व दृष्टि दिवस मनाइँदैछ। उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे विश्वभर चेतना फैलाउने उद्देश्यले विश्वभर यो दिवस मनाइँदैछ।विश्वभरि करिब ३ करोड ६० हजार मानिसहरू दृष्टिविहीन छन् भने २ अर्ब ४६ करोड हाराहारी मानिसहरू कम दृष्टि या गहिरो प्रकृतिको दृष्टिजन्य समस्याबाट प्रभावित […]

२०८२ आश्विन २३ गते, बिहीबार

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । माैसम पूर्वानुमान महाशाखाले आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पश्चिमी भू-भागका केही स्थानहरूमा पश्चिमी वायूको प्रभाव परेकाे र बाँकी भू-भागमा भने मनसुनी र स्थानीय वायूको कमजोर प्रभाव रहेको जनाएकाे छ।त्यस्तै, आज दिउँसाे भने कोशी प्रदेश लगायतका देशका पहाडी भू-भागमा आंशिक […]

२०८२ आश्विन २३ गते, बिहीबार

मनसुन क्रमशः कमजोर बन्दै

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले मनसुन क्रमशः कमजोर बन्दै गएको जनाएको छ। महाशाखाले jलुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश तथा गण्डकी प्रदेशका पश्चिमी भागका केही स्थानमा पश्चिमी वायुको प्रभाव रहेको र बाँकी भेगमा मनसुनी एवं स्थानीय वायुको कमजोर प्रभाव रहेको जनाएको छ।आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा तराईमा आंशिक […]

२०८२ आश्विन २२ गते, बुधबार