समाज

नारायणगढ-मुग्लिन सडक दिउँसो १२ बजेदेखि ४ बजेसम्म बन्द

काठमाडौँ । नारायणगढ-मुग्लिन सडकखण्ड थप १५ दिन दिउँसोको समयमा यातायात बन्द गरिने भएको छ। पुल निर्माणका क्रममा भित्तो काट्न कठिन भएपछि थप १५ दिन यातायात बन्द गर्न लागिएको हो। गत पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो। पछि माघ ६ गतेदेखि भने दिउँसो १२ […]

२०७९ फाल्गुन ४ गते, बिहीबार

हज यात्राका लागि निवेदन खुला

काठमाडौं । नेपाल हज समितिले सन् २०२३ (हज १४४४) का लागि निवेदन खुला गरेको छ । समितिले हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्वीहरूका लागि आगामी चैत ४ गतेभित्र आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिन सूचना प्रकाशित गरेको छ । यसपटक हज यात्राका लागि साउदी अरब सरकारले नेपाललाई १२०० कोटा तोकेको छ । सोही अनुसार प्रक्रिया […]

२०७९ फाल्गुन ४ गते, बिहीबार

अमृता सेनको स्मृतिमा वृक्षारोपण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीका कपिलवस्तु जिल्ला समिति सदस्य चित्र सी कि जीवन संगिनि अमृता सेनको निधन भएको तेस्रो दिनको सन्दर्भमा वृक्षरोपण कार्यक्रम गरेका छन। जिल्लाको शिवराज नगरपालिका वडा न १० तुरुन्तपुर निवासी सेनको माघ २९ गते असामयिक निधन भएकोले उनिप्रति श्रद्धाञ्जली , सम्मान र स्मरण गर्दै महासचिव विप्लवले वृक्षरोपण कार्यक्रममा सहभागीता […]

२०७९ फाल्गुन ३ गते, बुधबार

नेकपा उत्तर मेचि- कोशी ब्युरोले मितेरी अभियान चलाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी उत्तर मेची – कोशी ब्युरोले जनता सङ्गको सम्बन्धलाई जीवन्त वनाउन, जन आधारित पार्टी र नेता बनाउने केन्द्रिय योजनालाई पुरा गर्न जनमितेरी अभियान सञ्चालन गर्न लागेको छ। ओली सरकारले नेकपा माथि प्रतिबन्ध लगाए पछि भत्केको पार्टी संगठन र पछिल्लो ६ महिने आवधिक योजना अनुसार जनआधारित पार्टी निर्माणको लक्ष्यलाई सफल पार्न जनता […]

२०७९ फाल्गुन ३ गते, बुधबार

नेकपा सुर्खेतद्वारा जनयुद्ध दिवस कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी सुर्खेतले २८ औँ जनयुद्ध दिवस विभिन्न कार्यक्रमको आयोजना गरिएको मनाएको छ । सो पार्टीले सुर्खेतको लेकवेशी नगरपालिका वडा नम्वर ६ कल्याणमा एक कार्यक्रमको आयोजना गरी जनयुद्ध दिवस मनाएको हो । नेकपा लेकवेशी नगरकमिटिले ¥यालीसहित कोणसभा गरी जनयुद्ध दिवस मनाएको हो । उक्त कार्यक्रममा नेकपा सुर्खेतका सचिव जित सिले सम्बोधन गरेका […]

२०७९ फाल्गुन २ गते, मंगलवार

‘सहिदको सपना खेर जान दिदैनौ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा सेती ब्यूरो इन्चार्ज भगत सीले सहिदको सपना खेर जान नदिने बताएका छन् । सोमबार २८ औँ जनयुद्ध दिवसको अवसरमा कैलालीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देश र जनताका लागी जीवन उत्सर्ग गर्ने महान सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सहिदहरुको सपना साकार पार्ने […]

२०७९ फाल्गुन २ गते, मंगलवार

‘जनयुद्ध दिवस सर्वहारा बर्गको महत्त्वपूर्ण उत्सव’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य भृकुटी सीले जनयुद्ध दिवस सर्वहारा बर्गको लागि महत्त्वपूर्ण उत्सव भएको बताएकी छन् । जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भृकुटीले दस बर्षे जनयुद्धले सर्वहारा वर्गका साथै महिलाहरुमा ठूलो चेतनाको विकास गरेको बताइन् । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार समितिका संयोजक दिर्घ सीले वर्गविहिन समाजको निर्माणका लागि नेपाल […]

२०७९ फाल्गुन २ गते, मंगलवार

नेकपा कास्कीद्वारा २८ औं जनयुद्ध दिवसको अवसरमा शुभकामना आदनप्रदान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कास्कीले २८ औं जनयुद्ध दिवसलाई ऐतिहािसक उत्सवको रुपमा विभिन्न कार्यक्रम गरि मनाएको छ । सो पार्टीको आयोजनामा पोखरा १४ स्थित नमुना बस्तीमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि पार्टी राजनीतिक ब्युरो सदस्य तथा पश्चिम गण्डक इन्चार्ज राजन, अतिथि जिल्ला इन्चार्ज उभार लगायतले सहभागीहरुलाई अबिर लगाएर चकलेट […]

२०७९ फाल्गुन २ गते, मंगलवार

हेटौंडा–काठमाडौं छोटो दुरीका सडक बन्द !

काठमाडौँ । द्रुत गतिमा निर्माण सम्पन्न गर्न हेटौंडा काठमाडौं जोड्ने छोटो दुरीका दुईवटै सडक आजदेखि २ महिनाका लागि बन्द गरिएको बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नविन सिंहले जानकारी दिए । हेटौंडाबाट भिमफेदी–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक र हेटौंडाबाट भिमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक निर्माण थालिएकाले आजदेखि दुई महिनासम्मका लागि बन्द गरिएको हो । […]

२०७९ फाल्गुन १ गते, सोमबार

दलाल संसदीय व्यवस्था झन् झन् संकटग्रस्त र जिर्ण !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवम् बर्दियाका इन्चार्ज हिमशिखर सीले वर्तमान दलाल संसदीय व्यवस्था झन् झन् संकटग्रस्त र जिर्ण बन्दै गएकोले यसलाई सिसाको घरझैं ढाल्न उत्साहित, साहसी र शक्तिशाली भएर दृढतापूर्वक योजनामा हाम फाल्ने नेता कार्यकर्ताको पंक्ति चाहिएको बताएका छन्। नेता हिमशिखरले बर्दिया पश्चिम कमान्डले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधनगर्दै सो […]

२०७९ माघ २९ गते, आईतवार