समाज

अपमानजनक थर सच्याउन माग

काठमाडौं । श्रमिक समुदाय मोर्चा नेपाल गण्डकी प्रदेश समन्वय समितिले शुक्रबार अपमानजनक थर सच्याउन माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा दलित/श्रमिक समुदायका अपमानजनक थरहरु कानुनले व्यवस्था गरेअनुसार सच्याउन माग गरिएको छ । प्रदेश संयोजक कुमार परियारद्वारा हस्ताक्षरित ज्ञापनपत्र बुझाउने क्रममा मोर्चाका केन्द्रीय अध्यक्ष रामलाल विश्वकर्मा, केन्द्रीय सचिव […]

२०७९ असार १८ गते, शनिबार

काठमाडौंमा भिक्षा माग्न निषेध !

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार एक सूचना प्रकाशित गर्दै महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध गरिएको जनाएको छ । कामपाले महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीक माग्न निषेध गरेको हो । साधु, सन्त, जोगी वा भिक्षुलाई सनातनदेखि चली आएको परम्परअनुसार घर घरमा पुगी भिक्षा माग्न […]

२०७९ असार १७ गते, शुक्रबार

भारतले धौलीगंगा बाँधको ढोका खोल्ने : सतर्कता अपनाउन आग्रह

काठमाडौं । भारतले आज धारचुलास्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोल्ने भएको छ । ड्याम साइटमा ‘सिल्ट फ्लसिङ्ग’ गर्नका लागि बाँधको ढोका खोलिने भारतले नेपाली प्रशासनलाई जानकारी गराएको छ ।धौलीगंगा जलविद्युत पावर स्टेसनले असार १६ गते विहान ५ बजेदेखि साँझ ८ बजेसम्म बाँधको ढोका खोल्न लागेको हो । धौलीगंगाको बाँध खुल्ने भएसँगै जिल्ला प्रशासन कार्यालय […]

२०७९ असार १६ गते, बिहीबार

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं । पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । नवलपुर खण्डमा सडकको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो । नारायणगढ–बुटवल सडक विस्तारका लागि नवलपुरको विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सन आज बिहान बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जयराम वन्तका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी […]

२०७९ असार १५ गते, बुधबार

आज असार १५ अर्थात राष्ट्रिय धान दिवस

काठमाडौं । आज असार १५ अर्थात १९ औं राष्ट्रिय धान दिवस । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको छ । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ। […]

२०७९ असार १५ गते, बुधबार

कोरियन भाषा परीक्षामा १८ सय जना उत्तीर्ण

काठमाडौं । बैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार ईपीएस कोरिया भाषामा एक हजार ८०९ जना उत्तीर्ण भएका छन्। कृषि तथा पशुपालन तर्फको पहिलो चरणको परीक्षा सहभागिहरु मध्येबाट एक हजार ८०९ जना उत्तीर्ण भएका हुन् । २०७९ जेठ १९ गतेदेखि असार ३ गतेसम्म भएको परीक्षामा छ हजार ५९७ जना सहभागी भएका थिए। यी मध्ये एक […]

२०७९ असार १४ गते, मंगलवार

काठमाडौंको पानीका स्रोतमा हैजाका जीवाणु

काठमाडौं । राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौं उपत्यकामा प्रयोग भइरहेका सबैजसो पानीका स्रोतमा हैजाका जीवाणु ‘इकोलाई’ भेटिएको जनाएको छ । महाशाखाले परीक्षण गरेका उपत्यकाका विभिन्न ठाउँको पानीका स्रोतमध्ये बागबजार, डिल्लीबजार र सानेपाको पानीमा हैजाका जीवाणु भेटिएको हो । आठ नमुनामध्ये पाँचवटामा इकोलाई भेटिएको र केहीको रिपोर्ट आउन बाँकी रहेको छ ।यस्तै दूषित पिउने […]

२०७९ असार १४ गते, मंगलवार

मेघगर्जन र चट्याङसहित बर्षा हुने, सर्तक रहन आग्रह

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभावका कारण आज देशका धेरै भू-भागमा बर्षाको सम्भावना रहेको बताएको छ । आज प्रदेश-१ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशभरका पहाडी भू-भागका धेरै स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश-१ तथा गण्डकी […]

२०७९ असार १३ गते, सोमबार

पोखरा आसपास भारी बर्षा : उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले कास्कीको पोखरा आसपास लुम्ले र जुमलेटीमा अति भारी वर्षा मापन भएको जनाएको छ । विभागको बाढी सूचना केन्द्रले आज बिहान ३ बजे सूचना जारी गर्दै पछिल्लो ६ घण्टामा अति भारी वर्षा मापन भएको जानकारी दिंदै आज बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।बाढी सूचना केन्द्रका […]

२०७९ असार १२ गते, आईतवार

ठगीका घटना बढ्दो : सिआइवीद्वारा सचेत रहन अनुरोध

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)ले पछिल्लो समयमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यम प्रयोग गरी प्रलोभन दिएर ठगी गर्ने कार्य बढिरहेको भन्दै त्यसतर्फ सचेत हुन अनुरोध गरेको छ । सिआइवीले सूचना जारी गरी त्यस्ता गतिविधि भइरहेको जानकारी आएमा सूचना दिनसमेत अनुरेध गरेको छ । पछिल्लो समय नेपालमा अवैध ऋण लगानी (मिटर ब्याज) गरी […]

२०७९ असार ११ गते, शनिबार