समाज

सहिद परिवारलाई दाेसल्ला अाेडाएर सम्मान

काठमाडाैं, २३ फागुन । युवा संगठन नेपाल कालिकोटले २५अौँ जनयुद्ध दिवस भब्य रुपमा मानेको छ । नेपाल कम्युनिस्ट पार्टीले देशब्यापी रुपमा मनाएको सहिद सप्ताह युवा संगठन नेपाल कालिकोटले कालिकोटको सान्नि त्रिवेणी गापाका सहिद परिवारलाई भेला गरि दाेसल्ला अाेडाएर सम्मान गरेकोे छ । उक्त समाहरोमा उपस्थित सहिद परिवारले सरकारले सहिदहरुको अपमान गरेको र सहिद परिवारलाई सरोकार […]

२०७६ फाल्गुन २३ गते, शुक्रबार

भेला भएर हाेली खेल्न निषेध !

काठमाडाैँ, २२ फागुन । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भेला भएर, भीड जम्मा गरेर होली खेल्न निषेध गर्नुका साथै सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि निश्चितकालसम्मका लागि स्वीकृति नदिने निर्णय समेत गरिएको छ । जिल्ला सुरक्षा समन्वय समितिको बैठकले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरेर यो निर्णय गरेको हो । काठमाडौं जिल्ला प्रशासनका अनुसार पूर्वस्वीकृति लिइएका […]

२०७६ फाल्गुन २२ गते, बिहीबार

टिपरको ठक्करबाट हजुरबुबा र नातिनीको मृत्यु

काठमाडौं, २१ फागुन । गएराति टिपरको ठक्करबाट विराटनगर नगरपालिका-१९ मा हजुरबुबा र नातिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम-२ बस्ने वर्ष ४० को बाबुराम सरदार र ६ वर्षीय आरही कुमारी सरदार रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए । घिनाघाट-विराटचौक सडकखण्ड अन्तर्गत मिलनचोकमा पश्चिमतर्फ आउँदै गरेको को १ क २९१७ नम्बरको […]

२०७६ फाल्गुन २१ गते, बुधबार

विदेश नजान सरकारको आग्रह

काठमाडौं , २० फागुन । सरकारले अत्यावश्यक काममा बाहेक विदेश नजान सम्पूर्ण नेपालीलाई आग्रह गरेको छ ।कोभिड–१९ का कारण विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिमयुक्त मुलुकमा सूचीकृत गरेपछि सरकारले विशेष पूर्वसावधानी अपनाउन आह्वान गर्दै त्यस्तो आग्रह गरेको हो । अत्यावश्यक काममा बाहेक, अध्ययन, घुमफिर एवं मनोरञ्जन भ्रमणका लागि विदेश नजान अनुरोध गर्दै सरकारले विदेश जान […]

२०७६ फाल्गुन २० गते, मंगलवार

राष्ट्रिय योजना आयोगद्वारा १५औं योजना पारित

काठमाडौं, १९ फागुन। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५औं योजना पारित गरेको छ । १५औं योजनाको आधारपत्र भने गत वैशाख १७ गते पारित भएको थियो । १५औं योजनामा ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय लक्ष्यलाई पूरा गर्नेगरी २५ वर्षे दीर्घकालीन सोचसहितका कार्यक्रमहरु समावेश गरिएको छ । त्यस्तै, संविधानको पूर्ण कार्यान्वयन गर्न, […]

२०७६ फाल्गुन १९ गते, सोमबार

सहिद सप्ताहको अवसरमा कराँते प्रतियोगिता

काठमाडाैँ, १८ फागुन । सहिद सप्ताहको अवसरमा नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल, राप्ती ब्युरोको आयोजनामा शनिबार दाङमा कराँते प्रतियोगिता सम्पन्न भएको छ । बिहीबार बिहानदेखि सुरु भएको खेल प्रतियोगिताको उद्घाटन युवा संगठनका केन्द्रीय महासचिव सागर पुनले गरेका थिए । उद्घाटन कार्यक्रममा युवा संगठन नेपाल, राप्ती ब्युरो इन्चार्ज अनिल, प्रध्यानाध्यापक नारायण पौडेल लगायतले मन्तव्य […]

२०७६ फाल्गुन १८ गते, आईतवार

कोटेश्वर-सुर्यविनायक सडकखण्डमा नयाँ नियम

काठमाडौं, १४ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्‍वर–सुर्यविनायक सडक खण्डमा हुने सवारी चापलाई मध्यनजर गर्दै आजबाट लेन सम्बन्धी नयाँ नियम लागू गरेको छ । सवारी चापको व्यवस्थापनका लागि सो रुटमा आज बुधबारबाट लेन सम्बन्धी नयाँ नियम लागू गरिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले जानकारी दिए । प्रवक्ता एसपी ढकालका […]

२०७६ फाल्गुन १४ गते, बुधबार

आज ग्याल्पो ल्होसार पर्व

काठमाडौं, १२ फागुन । शेर्पा समुदायले आज ग्याल्पो ल्होसार विविध कार्यक्रम गरेर मनाउँदै छन् । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन नयाँ वर्षका रूपमा शेर्पा समुदायले ल्होसार मनाउने गरेका हुन् । आज शेर्पा समुदायले नयाँ वर्षको रुपमा २१४७औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर […]

२०७६ फाल्गुन १२ गते, सोमबार

बास्कोटाको अडियो सार्वजनिक गर्ने बिजय मिश्रविरुद्ध सासंदहरुको उजुरी

काठमाडाैं, ११ फागुन । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले स्वीस कम्पनीसगँ ७० करोड कमिसनका लागि सेटिगं गरेको अडियो मिडियामा ल्याउने बिजय प्रकाश मिश्र विरुद्ध साईबर क्राईम उजुरी परेको छ । सार्वजनिक लेखा समितिका सासदहरुको पनि नाम मुछिएको भन्दै सासदहरुले आज साईबर क्राईम ब्यूरोमा उजुरी दिएका हुन् । अब सो उजुरीका आधारमा मिश्र पक्राउ पर्लान त यो […]

२०७६ फाल्गुन ११ गते, आईतवार

कोटश्वरको जाम कम गर्न महिना दिनभित्रै सर्भिस लेन

काठमाडौं, १० फागुन । सरकारले काठमाडौंको अत्यधिक जाम हुने कोटेश्वरमा जाम कम गर्न एक महिनाभित्रै सर्भिस लेन निर्माण गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालय, सडक विभाग, महानगरपालिका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयलगायत सम्बद्ध पक्षको छलफलमा सर्भिस लेन खुलाउने विषयमा सहमति जुटेको हो । कोटेश्वरमा जाम कम गर्न आकासे पुल (ओभरहेड ब्रिज) निर्माण गर्ने […]

२०७६ फाल्गुन १० गते, शनिबार