समाज

क्वारेन्टाईनमा बसेका युवाको मृत्यु !

काठमाडौं, २५ जेठ । बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका ३१ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका स्वास्थ्य सहायक प्रेमसागर भट्टले बताए । ती व्यक्ति शनिबार बिहान मात्रै भारतको बैङ्गलोरबाट पाटन आइपुगेका क्वारेन्टिनमा बसेका थिए । एक्कासि साँझ साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक […]

२०७७ जेष्ठ २५ गते, आईतवार

लकडाउन खुकुलो बनाइने !

काठमाडौं , २४ जेठ । कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिले आइतबारदेखि लकडाउन खुकुलो बनाउने विषयमा मस्यौदा तयार पारेको छ । मस्यौदा अनुसार हालसम्म एकसय भन्दा कम संक्रमण देखिएका जिल्लाभित्र यातायात सुचारू गर्ने तयारी भएको छ । जसमा सिट संख्याको आधामात्रै बोक्न पाइने नियम बनाइएको छ । तर, असार १ पछि भने लामो दूरीको यातायात […]

२०७७ जेष्ठ २४ गते, शनिबार

दैलेखमा अनिश्चितकालीन कर्फ्यु

काठमाडाैँ, २३ जेठ । जिल्ला प्रशासन कार्यालय दैलेखले नारायण नगरपालिका र दुल्लु नगरपालिका क्षेत्रमा अनिश्चितकालिन कर्फ्यु जारी गरेको छ । कोरोना संक्रमितको संख्या दिन–प्रतिदिन थपिँदै गएपछि अनिश्चितकालिन कर्फ्यु जारी गरिएको हो । अनिश्चितकालका लागि कर्फ्यु शुक्रबार साँझ ६ बजेदेखि जारी गरिएको छ । यी दुई नगरपालिकाबाहिर भने ‘लकडाउन’को अवस्था नै रहनेपनि जिल्ला प्रशासन कार्यालय दैलेखले […]

२०७७ जेष्ठ २३ गते, शुक्रबार

कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो !

काठमाडाैँ, २३ जेठ । कोरोनावाट सुर्खेत पञ्चपुरी नगरपालिका वडा नम्बर १ हाँसेका २० वर्षे युवाको क्वारेन्टिनमा चौध दिन बसेर घर फर्किए लगत्तै मृत्यु भएको छ । बिहीबार बिहान करिब पौने २ बजेतिर क्वारेन्टाइनमै शंकास्पद ढंगले ज्यान गुमाएका ति युवाको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । क्वारेन्टाइनमा १४ दिन बसेर दुईपटक आरडीटी किट […]

२०७७ जेष्ठ २३ गते, शुक्रबार

अनुमति बिना गुडेका सवारी–साधन नियन्त्रणमा

काठमाडौं, २१ जेठ । महानगरीय ट्राफिक महाशाखाले ‘लकडाउन’को उल्लंघन गर्दै काठमाडौंका विभिन्न स्थानमा बिनाअनुमति गुडेका सवारी–साधन नियन्त्रणमा लिएर कारबाही गरेको छ । अत्यधिकरूपमा पासबिना सवारी–साधनहरु गुड्न थालेपछि प्रहरीले कडाइ गरेको हो । यसैक्रममा काठमाडौंका विभिन्न क्षेत्रबाट बुधबार बिहानमात्रै एक हजार ३०० भन्दा बढी सवारी–साधन नियन्त्रणमा लिइएको छ । यसैबीच , महानगरीय ट्राफिक महाशाखा प्रमुख एसएसपी […]

२०७७ जेष्ठ २१ गते, बुधबार

बन्दीपुर प्रवेशमा रोक

काठमाडौँ , २१ जेठ । तनहुँको बन्दीपुर गाउँपालिकामा बसेको सर्वपक्षिय बैठकले जेठ २१ गतेदेखि २८ गतेसम्म बजार सिल गर्ने निर्णय गरेको छ । पछिल्लो समय तनहुँमा पनि एक व्यक्तिलाई कोरोना पुष्टि भएपछि संक्रमणको जोखिम बढ्न सक्ने भन्दै सावधानी अपनाउन बन्दीपुर प्रवेशमा रोक लगाइएको गाउँपालिकाले जनाएको छ । अत्यावश्यकबाहेक अन्यलाई गाउँपालिकाले बन्दीपुर प्रवेशमा रोक लगाएको हो […]

२०७७ जेष्ठ २१ गते, बुधबार

लकडाउनको ढाँचामा केही परिवर्तन हुन सक्ने

काठमाडौँ , २० जेठ । गत शनिबार मन्त्रिपरिषद्ले जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने निर्णय गरेसँगै यो अवधिमा नयाँ ढाँचा तयार गर्न कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको थियो । त्यही निर्देशनअनुसार समिति र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नयाँ ढाँचा प्रस्ताव गर्ने तयारीमा जुटेको छ । मंगलबार समितिको बैठक बोलाइएको छ […]

२०७७ जेष्ठ २० गते, मंगलवार

रुकुम र देवदह हत्याकाण्डको विरोधमा र्याली

काठमाडौँ , १९ जेठ । दलित मुक्ति मोर्चा नेपालद्वारा रुकुममा भएको जातीय नरसंहार र देवदहमा दलित महिलामाथि भएको बलात्कारपछिको हत्याको विरोध गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट सो मोर्चाले रुकुममा भएको घटना जातीय विभेदको परिणाम रहेको भन्दै जातीय विभेद र छुवाछूत गर्नेलाई हदैसम्मको कारबाहीको अपिलसमेत गरेको छ । […]

२०७७ जेष्ठ १९ गते, सोमबार

वैज्ञानिक बनका नाममा बन फडानी !

काठमाडौँ , १९ जेठ । नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक बनका नाममा बन फडानी गर्ने कार्य तत्काल रोक्न चेतावनी दिएको छ । सो पार्टीको सेती–महाकाली ब्युरोले प्रेस विज्ञप्ति प्रकाशित गर्दै कथित वैज्ञानिक बनका नाममा बन फडानी गर्ने भ्रष्ट, दलाल शासक, कमिसनखोर कर्मचारी र नाफाखोर व्यवसायीलाई तत्काल बन फडानी रोक्न चेतावनी दिएको छ । ब्युरो इन्चार्ज निर्माणले […]

२०७७ जेष्ठ १९ गते, सोमबार

कोरोना सङ्क्रमितको सङ्ख्या १,५६७ पुग्यो !

काठमाडौँ , १८ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १६६ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार यो संगै कोरोना सङ्क्रमितको सङ्ख्या १,५६७ पुगेको छ । हिजो पनि १८९ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

२०७७ जेष्ठ १८ गते, आईतवार