समाज

काठमाडौं उपत्यकाको तापक्रम ०.६ डिग्रीमा झर्‍यो

काठमाडौँ , १२ पुष । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम यो वर्षकै कम मापन गरिएको जानेको छ । महाशाखाले आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम ०.६ डिग्री सेल्सियस मापन गरिएको जानकारी दिएको छ । शुक्रबार काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम १.२ डिग्री थियो । यस्तै, […]

२०७६ पुष १२ गते, शनिबार

भुवा पर्व सुरु

काठमाडाैँ, ११ पुस । आजबाट भुवा पर्व सुरु भएको छ । कौरव र पाण्डवको युद्धको सम्झनामा ढाल तरवारसहित युद्धकला प्रर्दशन गर्दै नाचिने यो पर्व बझाङका विभिन्न स्थानीय तहका ६० बढी गाउँमा रौनक छाएको हो । कुरु क्षेत्रको युद्ध सुरु हुनुभन्दा अघि पाण्डवहरु वनवास भएको बेला भेष बदलेर हिमालय पर्वतदेखी भारत वर्षका विभिन्न ठाउँमा घुमेको र […]

२०७६ पुष ११ गते, शुक्रबार

उपत्यकाको तापक्रम एक डिग्रीमा झर्‍यो

काठमाडाैँ, १० पुस । जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले आज काठमाडौंको तापक्रम यो बर्षकै न्यून मापन गरिएको जनाएको छ । महाशाखाका अनुसार आज बिहान काठमाडौंको तापक्रम एक डिग्री सेल्सियस मापन गरिएको छ । जुन यो बर्षकै न्यून मापन हो । हिजो बुधबार तीन डिग्री सेल्सियस मापन गरिएको थियो । एक दिनकै अन्तरमा […]

२०७६ पुष १० गते, बिहीबार

तराईमा शितलहर जनजीवन प्रभावित

काठमाडौँ , ८ पुष । तराईमा शितलहर तथा चिसोका कारण जनजीवन प्रभावित बनेको छ । अत्याधिक चिसोबाट कठ्याँग्रिएर रौतहटमा चारजनाको मृत्यु समेत भएको छ । दुर्गा भगवती गाउँपालिका–५ बडहर्वाका ६७ वर्षीय विलास सहनी र ६९ वर्षीय जनकदास तत्मा, गुजरा नगरपालिका–२ का ५४ वर्षीया गिरीजाकुमारी बैठा र ७० वर्षीय बनहु माझीको मृत्यु भएको हो। बैठा र […]

२०७६ पुष ८ गते, मंगलवार

छात्रालाई ठक्कर दिने गाडीमा आगजनी र तोडफोड

काठमाडौं, ७ पुष । चाबहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत गोरखाकी २२ वर्षीया सृष्टि पन्तलाई आज बिहानै बा ५ ख ५९३० नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको छ । ठक्कर दिएर बस भागे पनि प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । घटनापछि आक्रोशित विद्यार्थीहरूकाे भीडले ठक्कर दिने बसकाे सट्टा अन्य गाडी चाबहिलमा जलाइदिएका छन् । आक्रोशित भएका पशुपति क्याम्पसका […]

२०७६ पुष ७ गते, सोमबार

बलात्कार आरोपीलाई जन्मकैद

काठमाडौं , ३ पुष । पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका तनहुँको व्यास नगरपालिका–७ का नवीन थापालाई जिल्ला अदालत तनहुँले जन्मकैदको फैसला गरेको छ । न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको एकल इजलासले बुधबार अभियुक्त थापालाई जन्मकैदको फैसला गरेको हो । बालिकालाई बलात्कार गरेको अभियोगमा थापालाई जन्मकैदको सजायसहित पीडित बालिकालाई रु. चार लाख क्षतिपूर्ति […]

२०७६ पुष ३ गते, बिहीबार

आज काठमाडौंकाे तापक्रम बर्षकै न्यून

काठमाडौं , २ पुष । मौसमविदहरुले काठमाडौंमा अझै तापक्रम घट्ने अनुमान गरेका छन् । आज पनि तराईका धेरै ठाउँमा दिनभर नै हुस्सु लाग्ने सम्भावना छ । अरु ठाउँमा दिउँसोपछि हुस्सु हटे पनि मौसम पूर्णरुपमा खुल्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् । पुस महिना शुरु भए लगत्तै पहाड तथा तराइ क्षेत्रमा चिसो बढेको छ । […]

२०७६ पुष २ गते, बुधबार

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन

काठमाडौं, ३० मंसिर । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । भट्टराईको गएराति १० बजेर २० मिनेटमा ओम हस्प्पिटलमा निधन भएको हो । उनको निधनको कारण खुलेको छैन । निर्माता तथा कलाकार समेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए । उनले निर्माण गरेका धेरै चलचित्रले राम्रो व्यापार गरेका छन् […]

२०७६ मंसिर ३० गते, सोमबार

बस दुर्घटना: १४ जनाको मृत्यु

काठमाडौं , २९ मंसिर । दोलखाको कालीञ्चोक तीर्थयात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । लामोसाँघु जिरी सडकखण्डको ६ किलो नजिकै आज बिहान साढे ७ बजे बस सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा १३ यात्रुको घटनास्थलमा नै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा सिन्धु सदाबहार […]

२०७६ मंसिर २९ गते, आईतवार

सेना चढेको बस पल्टिँदा १७ जना घाइते

काठमाडौं २८ मंसिर । पूर्वी नवलपरासीको कावासोती –३ पुरानो कावासोती बजारमा नेपालीसेना चढेको बस पल्टिँदा १७ जना घाइते भएका छन । सुर्खेतबाट काठमाडौं आउँदै गरेको नेपाली सेनाको टोली सवार ना ६ ख ४०४ नम्बरको ४० यात्रु सवार बस आज बिहान ३ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकोमध्ये २ जनाको अवस्था गम्भीर छ । […]

२०७६ मंसिर २८ गते, शनिबार