समाज

एक लाख घुससहित सहायक रजिस्टार पक्राउ

काठमाडां, १ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले कम्पनी रजिस्टार कार्यालय त्रिपुरेश्वरकी सहायक रजिस्टार गीता पन्थीलाई १ लाख घुससहित नियन्त्रणमा लिएको छ । रजिस्टारको कार्यालयमा दर्ता रहेको विद्यालयको कर तिन जाँदा राजश्व रकम कम गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियारको टोलीले पन्थीलाई पक्राउ गरेको हो । पन्थीले सेवाग्राहीसँग घुस […]

२०७५ माघ १ गते, मंगलवार

आज माघे संक्रान्ति

काठमाडौं, १ माघ । आज माघे संक्रान्ति पर्व । मकर संक्रान्ति नामले चिनिने यो पर्व घ्यू–चाकु, तिलको लड्डु र तरुल खाएर मनाइँदै छ । माघे संक्रान्तिमा देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गरिन्छ । ज्योतिष शास्त्रका अनुसार सौर तिथिका हिसाबले यसै दिनदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने […]

२०७५ माघ १ गते, मंगलवार

माघी सुरु

काठमाडौं, ३० पुस । थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने पर्व माघी सुरु भएको छ । यो पर्वका अवसरमा थारु समुदाय गाउँका महतवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ । माघीको आन्तरिक तयारी एक हप्ता अघिबाट सुरु गरिए पनि माघीको अघिल्लो दिन आज पुस ३० गते मासुको जोहो गरेर औपचारिक रुपमा माघीको सुरुवात […]

२०७५ पुष ३० गते, सोमबार

बिचौलियाका कारण किसान र उपभोक्ता मारमा

काठमाडौं, २८ पुस । यो सिजनमा किसानलाई सुन्तला टिप्न र बिक्री गर्नकै लागि चटारो छ । सुन्तलाको मुख्य सिजन भएकाले कृषकको राम्रो कमाइ हुनुपर्ने हो तर बिचौलियाका कारण किसान र उपभोक्ता दुवै मारमा परेका छन् । सुन्तला अहिले फलफूल पसलहरुमा छ्याप्छ्याप्ती पाइन्छ । सुन्तलाको मुख्य सिजन भएकाले यो बेला सस्तोमै सुन्तला पाइनुपर्ने हो र कृषकहरुले […]

२०७५ पुष २८ गते, शनिबार

चिसोले कठ्यांग्रिएर दैनिक ६ को मृत्यु

काठमाडौं, २७ पुस । काठमाडौंमा बढेको चिसोले कठ्यांग्रिएर दैनिक ६ जनाको मृत्यु हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । मृत्यु हुनेमा विशेषगरी सडकमा बेवारिसे अवस्थाका वृद्धवृद्धा छन् । प्रहरीका अनुसार यो तथ्यांक महानगरपालिका आसपासका सडकपेटीमा बेवारिसे अवस्थामा रहेका वृद्धवृद्धाको मात्रै हो । यस्ता वृद्धवृद्धा सडकपेटीमा दुई सयको हाराहारीमा रहेको प्रहरीको दाबी छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजेन्द्र […]

२०७५ पुष २७ गते, शुक्रबार

सांसद उषाकला राई आमाको किरियामा

काठमाडौँ, २६ पुस। एक नम्बर प्रदेशकी प्रदेश सांसद उषाकला राई आफ्नी आमाको किरियापुत्री बसेकी छिन । कपाल मुण्डन गरेर उनी बिहीबारबाट किरिया बसेकी हुन् । दाजुभाइ नभएकी उषाले आमाको काजकिरिया आफैं गर्ने निर्णय गरेको बताइएको छ । सांसद राईकी ७५ वर्षाीया आमा लक्ष्मी राईको बुधबार ग्रान्डी अस्पतालमा निधन भएको थियो ।

२०७५ पुष २६ गते, बिहीबार

उपत्यकाको तापक्रम बृद्धि

काठमाडौं, २५ पुस । काठमाडौं उपत्यकाको तापक्रम बढेको छ । आज विहानको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ । काठमाडौं उपत्यकाको हिजो बिहान ६ बजेको न्यूनतम तापक्रम २ दशमलव २ डिग्री सेल्सियस रहेको थियो । विभागका अनुसार काठमाडौं उपत्यकाको मौसममा अझै केही दिन उतारचढाव आउने छ । यसवर्ष अहिलेसम्म सबैभन्दा कम […]

२०७५ पुष २५ गते, बुधबार

वैदेशिक रोजगार कार्यालयबाट ७ जना विचौलिया पक्राउ

काठमाडौं, २४ पुस । महानगरीय प्रहरी परिसर, काठमाडौंले वैदेशिक रोजगार कार्यालय ताहचलमा बिचौलिया गर्ने ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले आज पत्रकार सम्मेलन गरी पक्राउ पर्नेहरुलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको फलाने साँखुका २५ वर्षीय भरत तामाङ, मङ्गलटारका ३७ वर्षीय दिपु शाह र कोशीपारिका ३५ वर्षीय गणेश तामाङ रहेका छन् । त्यस्तै […]

२०७५ पुष २४ गते, मंगलवार

काठमाडौंमा हल्का वर्षा

काठमाडौं, २३ पुस । काठमाडौं उपत्यकामा सोमबार बिहानैबाट मौसम बदली भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंका केही स्थानमा सामान्य वर्षासमेत भएको छ । काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा बिहानैबाट वर्षा हुने र दिनभर नै मौसममा बदली हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने […]

२०७५ पुष २३ गते, सोमबार

‘तपस्वी’ भनिएका बम्जनको आश्रममा प्रहरीको छापा

काठमाडौं, २१ पुस । जिल्ला अदालत सिन्धुपाल्चोकबाट अनुमति पाएपछि जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ‘तपस्वी’ भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोकस्थित आश्रममा प्रहरीले छापा मारेको छ । बमजनका चेलाहरु बस्दै आएको इन्द्रावती गाउँपालिका–६ बाँडेगाउँस्थित टोड्के जंगलमा रहेको आश्रममा फरेन्सिक विज्ञसहितको प्रहरी टोलीले छापा मारेर खोजतलास थालेको हो । प्रहरी बमजनका एकजना अनुयायीको हत्यापछि […]

२०७५ पुष २१ गते, शनिबार