समाज

कमल सी र बिनिता सीबिच सी संस्कृतिअनुुसार विवाह सम्पन्न

काठमाडौँ । नेकपाका युवा नेता कमल सी र बिनिता सीबिच सी संस्कृतिअनुुसार विवाह सम्पन्न भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय शिवगढीमा सम्पन्न वैवाहिक कार्यक्रमको प्रमुख अतिथि पार्टी महासचिव विप्लव सी रहेका थिए । उक्त अवसरमा पार्टी प्रवक्ता प्रकाण्ड सी, सन्ताेष सी, अनिल सी, रणविर सी, उमा सीलगायत नेताहरूले वर-वधुलाई बधाई ज्ञापन गरेका थिए । […]

२०८१ पुष ७ गते, आईतवार

मुग्लिङ-नौबिसे सडकखण्ड दैनिक बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बन्द

काठमाडौँ । मुग्लिङ–नौबिसे सडकखण्ड बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बन्द हुने भएको छ । पृथ्वी राजमार्गअन्तर्गत उक्त सडकखण्डको पोखरेभीर र विशालटारमा चट्टान काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले आजदेखि सडक बन्द गर्न लागिएको हो ।पुस ३ गते जिल्ला सुरक्षा समितिको बैठकले सडक बन्द गरेर मोड सुधारको काम गर्ने निर्णय गरेअनुसार आज पुस ७ गतेदेखि पुस […]

२०८१ पुष ७ गते, आईतवार

घरधनीको हत्या गरी लाखौँको लुटपाट !

काठमाडौँ । महोत्तरी जिल्लाको मनरासिश्वा नगरपालिका–४ साढा गाउँमा आज (शनिबार) बिहान लुटेराहरूको एक समूहले घरधनीको हत्या गरी लाखौँको लुटपाट गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार स्थानीय ७० वर्षीय सुशील झाको घरमा आज बिहान ४ बजे लुटेराको समूह पसेर निज घरधनी सुशीललाई कुटपिट गरेर हत्या गरी लाखौँको लुटपाट […]

२०८१ पुष ६ गते, शनिबार

बाजुरा केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्यूडको भूकम्प

काठमाडौँ । आज बिहान बाजुरा केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्यूडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले जगन्नाथ गाउँपालिकाको गोत्री आसपास केन्द्रबिन्दु भएर आज बिहान ४ बजेर १४ मिनेटमा ५.२ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ।भूकम्पपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए। भूकम्पको​ महशुस सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा पनि गरिएको छ।बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ […]

२०८१ पुष ६ गते, शनिबार

मुग्लिन–नौबिसे सडक दिउँसो तीन घण्टा बन्द हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड पुस ७ गते देखि १३ गतेसम्म दिउँसो तीन घण्टा सडक बन्द हुने भएको छ । उक्त सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले यही पुस ७ गते देखि १३ गते सम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो ।नागढुङगा–मुग्लिन सडक योजना पश्चिम […]

२०८१ पुष ५ गते, शुक्रबार

वैदेशिक रोजगारी : पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु

काठमाडौँ । पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५-६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजार दुई सय १३ जनाको मृत्यु भएको हो । नेपालमा साताव्यापी रूपमा मनाइँदै गरिएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा श्रम, रोजगार […]

२०८१ पुष ५ गते, शुक्रबार

प्रहरीमा जागिर छाड्नेको लर्को

काठमाडौँ । चालू आर्थिक वर्षको चार महिनामा नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी कर्मचारीले जागिर छाडेका छन्। प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्व अधिकारीले २०८१ साउनदेखि कात्तिक मसान्तसम्म ५०९ जना प्रहरी कर्मचारीले राजीनामा दिएको बताए। अधिकारीले साउनदेखि कार्तिकसम्म १ हजार १ सय १५ जना प्रहरीविरुद्ध विभिन्न उजुरी परेको र तीमध्ये ७ सय […]

२०८१ पुष ४ गते, बिहीबार

मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प

काठमाडौँ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान ७: ३७ बजे मनाङको ङिस्याङ केन्द्रबिन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको जनाएको छ। केन्द्रका अनुसार भूकम्प गए पनि क्षतिको विवरण आइसकेको छैन। बुधबार मात्रै बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको थियो।

२०८१ पुष ४ गते, बिहीबार

लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बाँकेले १६१ ग्राम (५) मिलिग्राम ब्राउनसुगर, प्रतिबन्धित औषधि ८० ट्याब्लेट, नाइट्राजेपाम र ४३६ ट्याब्लेट ट्रामाडोलसहित १६ जना ओसारपसारकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीलेजिल्लाभरबाट अवैध तस्करी बरामदतर्फ नौ लाख ३३ हजार ७६० बराबरको अवैध सामग्रीसमेत बरामद भएको र बरामद गरिएको सबै सामग्रीलाई नेपालगञ्ज भन्सार कार्यालयमा […]

२०८१ पुष ३ गते, बुधबार

स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ

काठमाडौँ । प्रहरी वृत्त गौशालाको टोलीले स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित ४ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३२ बस्ने ४६ वर्षीय राजकुमार माली, काठमाडौं महानगरपालिका १० नयाँ बानेश्वर बस्ने १८ वर्षीय आवाद सिंह, झापाको विर्तामोड नगरपालिका-५ का २७ वर्षीय युवराज सुवेदी र झापाको अर्जुनधारा नगरपालिका-७ घर भई काठमाडौं बस्ने ३२ वर्षीय प्रवेशकुमार […]

२०८१ पुष ३ गते, बुधबार