समाज

अपराध अनुसन्धान गर्न ‘बडी क्यामेरा’

काठमाडौं, ३१ जेठ । इलाका प्रहरी कार्यालय अनारमनीले अपराध अनुसन्धान गर्न आधुनिक प्रविधिको प्रयोग थालेको छ । अपराध कार्यमा संलग्नलाई पक्राउ गर्न र प्रमाण जुटाउन ‘बडी क्यामेरा’को प्रयोग थालिएको इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायब निरीक्षक कृष्ण कोइरालाले जानकारी दिए । इप्रकाको कार्यप्रगति विवरणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रनानि कोइरालाले भने, ‘यो प्रविधिले अपराधीमात्र […]

२०७५ जेष्ठ ३१ गते, बिहीबार

चिट्ठा परेको भन्दै ठगी गर्ने समूह पक्राउ

काठमाडौं, २९ जेठ । पर्सा प्रहरीले सामाजिक संजालमार्फत चिट्ठा परेको भन्दै सर्वसाधारणलाई ठगी गर्दै आएको समूहलाई पक्राउ गरेको छ । २५ देखि ३० लाख रुपैंयासम्मको चिट्ठा परेको भन्दै सर्वसाधारणलाई विभिन्न सामाजिक संजालमार्फत म्यासेज पठाइ ठगी गर्ने गिरोहलाई पक्राउ गरेकोे पर्सा प्रहरी प्रमुख रेवती ढकालले जानकारी दिए । उनीहरुलाई वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भेडियाहीस्थित नेशनल […]

२०७५ जेष्ठ २९ गते, मंगलवार

गुण्डा नाईके अशोक लामामाथि गोली प्रहार

काठमाडौं, २८ जेठ । प्रहरीले गुन्डा नाइके अशोक लामामाथि गोली प्रहार गरेको छ । अशोक लामासहितको समूहलाई पक्राउ गर्न गएको महानगरीय अपराध महाशाखाको टोलीमाथि लामाले गोली हानेपछि जवाफी कारवाहीका क्रममा लामामाथि गोली चलाइएको प्रहरीले जनाएको छ । प्रहरीले चलाएको गोली लामाको खुट्टामा लागेको छ । लामालाई उपचारका लागि वीर अस्पताल लगिएको छ । लामाको साथबाट […]

२०७५ जेष्ठ २८ गते, सोमबार

एक लाख रुपैयाँसहित ११ जना जुवाडे पक्राउ

काठमाडौं, २७ जेठ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले एक लाख छ हजार नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ । पोखरा लेखनाथ महानगरपालिका–१२ माटेपानी बस्ने ५२ वर्षीय राज गुरुङको घरबाट शनिबार छ बुक ताससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका–११ रानीपौवाका ६२ वर्षीय […]

२०७५ जेष्ठ २७ गते, आईतवार

मनसुन भित्रियो, सरदर नै वर्षा हुने अनुमान

काठमाडौं, २६ जेठ । यस वर्षको मनसुन पूर्वी नेपाल हुँदै प्रवेश गरेको छ । गत वर्षको भन्दा यस वर्ष चार दिनअघि नै मनसुन प्रवेश गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले हिजो साँझदेखि पूर्वी क्षेत्रमा प्रवेश गरेको मनसुन पश्चिमतिर सरिरहेको जनाएको हो । गतवर्ष जुन १२ मा मनसुन नेपाल प्रवेश गरेको थियो […]

२०७५ जेष्ठ २६ गते, शनिबार

त्रिशुलीमा ट्रक खस्यो, दुई जना बेपत्ता

काठमाडौं, २६ जेठ । पृथ्वी राजमार्गमा पर्ने बेनिघाट रोराङ गाउँपालिकास्थित जोगीमाराको तिक्राङ खानी भन्ने ठाउँबाट त्रिशुली नदीमा ट्रक खस्दा दुई जना बेपत्ता भएका छन् । भैरहवाबाट काठमाडौंतर्फ सिमेन्ट लिएर आउँदै गरेको ना ५ ख ३४१५ नम्बरको ट्रक सडकबाट करिव पन्ध्र मिटर तल खसेर त्रिशुली नदीमा डुवेको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्रक चालक सिन्धुपाल्चोकका २७ […]

२०७५ जेष्ठ २६ गते, शनिबार

चट्याङ लागेर २ जनाको मृत्यु, ४ घाइते

काठमाडौं, २३ जेठ । मकवानपुरको बकैया गाउँपालिका–९ च्याउच्याउमा परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । हावाहुरीसँगै गएराति परेको चट्याङ लागेर ५५ वर्षीया छलिमाया थिङ र उनका १५ महिने नाती देव थिङको मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका उनीहरुको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर ४ […]

२०७५ जेष्ठ २३ गते, बुधबार

जनप्रतिनिधिको ठाडो आदेशमा काटिए सालको रुख, स्थानीयद्वारा कारवाहीको माग

काठमाडौं, २३ जेठ । ब्यापक काठ तस्करी भइरहेको घटनाहरु सेलाउन नपाउँदै देउखुरीको राप्ती गाउँपालिकाको एक सामुदायिक वनबाट जनप्रतिनिधिकै ठाडो आदेशमा सालको रुख काटिएका छन् । सम्बन्धित सामुदायिक वन उपभोक्ता तथा स्थानीयबासीहरुको अनुमति बिना नै महिला भवन निर्माण गर्ने नाममा जनप्रतिनिधिको आदेशमा करिब ३१.१२ क्यूफुट बढी सालको रुख काटिएको हो । राप्ती गाउँपालिका—१ स्थित राप्ती सामुदायिक […]

२०७५ जेष्ठ २३ गते, बुधबार

श्रीमतीको गरगहना धरौटी राखी सडक निर्माण !

काठमाडौं, २२ जेठ । बझाङ जिल्लाको तलकोट गाउँपालिकाअन्तर्गतको रुपातोला—तलकोट—खौला सडकखण्ड निर्माण गर्दा आफ्ना श्रीमतीका नाक कानका गरगहना बैंकमा धरौटी राखी यहाँका स्थानीयले सडक निर्माण गरी गाडी गुडाएका छन् । विगत २०६० सालमा सो क्षेत्रका तलकोटी राजा (रजवार) नारायण सिंहले सो सडक खण्डको परिकल्पना गरी २०६५ सालदेखि सडक निर्माण कार्य शुरु भएको हो । शुरुवाती सडक […]

२०७५ जेष्ठ २२ गते, मंगलवार

विर्तामोडमा ‘मेयर विषादीमुक्त नगर’ अभियान

काठमाडौं, २१ जेठ । झापाको बिर्तामोड नगरपालिकाले विषादी मिसिएको तरकारी उत्पादन हुन थालेपछि ‘मेयर विषादीमुक्त नगर’ कार्यक्रम सुरु गरेको छ । नगरभित्रै कम समयमा धेरै आम्दानी गर्ने लोभमा विषादी मिसिएको तरकारी उत्पादन हुन थालेपछि नगरपालिकाले अभियानकै रुपमा ‘मेयर विषादीमुक्त नगर’ कार्यक्रम सुरु गरेको हो । विषादीको प्रयोग गर्नेलाई निरुत्साहित गर्दै विषादी मुक्त नगर बनाउने कार्यक्रममा […]

२०७५ जेष्ठ २१ गते, सोमबार