समाज

निकुञ्ज विस्थापित आन्दोलित

काठमाडौं, २ फागुन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापितले आइतबारदेखि कञ्चनपुरको भीमदत्तनगरमा आन्दोलन थालेका छन् । शुक्लाफाँटा निकुञ्ज जग्गा अधिग्रहण र मुआब्जा उपलब्ध गराउने सम्बन्धित गठित कार्यदलले काम सुरु गरेसँगै विस्थापितले कार्यदलको कार्यालयमा पुगेर आन्दोलन थालेका हुन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले आयोगको प्रतिवेदन अनुसार देखिन आएका एक हजार ४८० परिवारको अद्यावधिक […]

२०७३ फाल्गुन २ गते, सोमबार

राजधानीमा गुन्डाको बिगबिगी

काठमाडौं, १ फागुन । प्रहरी नेतृत्व फेरिएसँगै काठमाडौंका गुन्डा सलबलाउन थलेका छन् । प्रहरी मुठभेडमा दुई (दिनेश अधिकारी ‘चरी’ र कुमार श्रेष्ठ ‘घैंटे’) गुन्डा नाइके मारिएपछि गुमनामजस्तै रहेका गुन्डाहरु सक्रिय भएका हुन् । डरले भागेका गुन्डा नाइकेहरु हाल आएर आपसमै भिड्न थालेका छन् । काठमाडौंमा शुक्रबार सुरक्षित र संवेदनशील मानिएको दरबारमार्गमा काभ्रेली समूह र राम […]

२०७३ फाल्गुन १ गते, आईतवार

सुन तस्करको परिचय खुल्यो

काठमाडौं, माघ २९ । सुन तस्करी प्रकरणमा तानिने डरले व्यवसायीले घर छाड्न थालेका छन् । केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार सुन तस्करीमा जोडिएका व्यवसायीले घर छाडेका छन् । पक्राउ परेकाको बयानका आधारमा पाँचजना व्यवसायीको नाम खुलेको छ तर उनीहरुलाई लगातार पछ्याइरहेपनि समाउन सकिएको छैन । ३३ केजी सुन सहित समातिएका भरिया र उनहरुसँग जोडिएकाबारे […]

२०७३ माघ २९ गते, शनिबार

स्वस्थानी ब्रत सकिदै

काठमाडौं, २८ माघ । पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी ब्रतकथा आज सम्पन्न गरिँदैछ । ब्रत बस्ने प्रत्येकले महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेमा पुण्य मिल्ने तथा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहानुसार निराहार बसेर स्वस्थानीको ब्रत […]

२०७३ माघ २८ गते, शुक्रबार

एसएसपी खत्रीलाई थप १० दिन हिरासतमै राख्न आदेश

काठमामाडौं, २७ माघ । सुनकान्डमा पक्राउ परेर पाँच दिनदेखि प्रहरी हिरासतमा राखिएका निलम्बित प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्रीलाई अरु १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ । हिरासतमै राखेर अनुसन्धानका गर्न प्रहरीलाई काठमाडौं जिल्ला अदालतले विहीबार समय दिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को हिरासतमा रहेका खत्रीलाई यसअघि काठमाडौं जिल्ला […]

२०७३ माघ २७ गते, बिहीबार

विद्युतको पोलमै करेन्ट प्रवाह ,एकजनाको मृत्यु

काठमाडौं,२७ माघ । सिन्धुपाल्चोक जिल्लाकोे बाँसखर्कमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । बुधबार घर जानेक्रममा सडक नजिकै रहेको फलामको विद्युतीय पोलमा छुँदा करेन्ट लागेर बाँसखर्क–७ का ३० वर्षीय निहमा ग्याल्बो बोम्जनकोे घटनास्थमै मृत्यु भएको हो । फलामको पोलमा ११ हजार भोल्टेजको करेन्ट चुहावट भएर मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज […]

२०७३ माघ २७ गते, बिहीबार

डिजे बाजाले ज्यान लियो

काठमाडौं, २६ माघ । महोत्तरी जिल्लाको सुगा गाउँमा डिजे बाजाका कारण एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–१५ का १२ वर्षीय अमिरुल अन्सारी रहेको परिवारजनले जनाएको छ । सोमबार राति गाउँमा दुईओटा बिहेमा ठूलो आवाजमा डिजे बाजा बजाएर नाचगान गरिरहेकोबेला सोही नाचगान हेर्न घरबाहिर निस्केका बालक अन्सारीको चर्को आवाजले हृदयघात भएर मृत्यु […]

२०७३ माघ २६ गते, बुधबार

शंखरापुरलाई छुट्टै नगरपालिका बनाउन माग

काठमाडौं, २६ माघ । स्थानीयबासिन्दाले शंखरापुरलाई छुट्टै नगरपालिका बनाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । शंखरापुर नगर नागरिक समाजको आह्वानमा स्थानीयले बिहान ५ बजदेखि १० बजेसम्म बजार बन्द गरी प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरी र स्थानीयबीच झडपसमेत भएको छ । झडपका क्रममा तीन जना स्थानीय घाइते भएका छन् । प्रदर्शनमा उत्रिएका १२ जनालाई […]

२०७३ माघ २६ गते, बुधबार

सिंहदरबार पुनःनिर्माण गर्न समिति गठन

काठमाडौँ, २६ माघ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सिंहदरबारको मुलभवनको पश्चिमतिरको भाग पुनःनिर्माण गर्न कार्यकारी सदस्य डा हरिराम पराजुलीको संयोजकत्वमा समिति गठन गरेको छ । प्राधिकरणमा बसेको कार्यकारी समितिको बैठकले सिंहदरबारको पश्चिमतिरको भागको यथाशीघ्र प्रवलीकरण गरी पुनःनिर्माण गर्ने कार्य अघि बढाउन पराजुलीको संयोजकत्वमा समिति गठन गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताउनुभयो । समितिमा पुरातत्व विभागका प्रतिनिधि, […]

२०७३ माघ २६ गते, बुधबार

‘सोह्र वर्षसम्म जुत्तै नलगाएको मान्छे हुँ म’

काठमाडौं,२५ माघ । “भोजपुर जिल्लाको नागीमा जन्मिएर चखेवा भञ्ज्याङमा हुर्के । त्यही ठाउँमा गाईभैँसी, भेडा गोठाला गरेँ । अहिले सशस्त्र प्रहरीको उच्च पदमा पुगेको छु ।” सशस्त्र प्रहरी बल हलेसी गुल्म खोटाङको उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले भने-“सोह्र वर्षसम्म जुत्तै नलगाएको मान्छे हुँ म । मेरो पालामा जुत्तै पाइँदैनथ्यो । मेरो खुट्टा पनि […]

२०७३ माघ २५ गते, मंगलवार