समाज

अकोराबको सम्मेलन सम्पन्न

काठमाण्डौ, १३ असोज । सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) नेपालको बार्षिक साधारणसभा तथा रेडियो सम्मेलन सम्पन्न भएको छ । सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता मजबुद बनाउने प्रतिवद्धता जारी गर्दै गएराती संघले १३ बुँदे सौराहा घोषणापत्र जारी गर्दै सो सम्मेलन सम्पन्न भएको छ । जारी नेपालको संविधान २०७२ जारी भएकोमा खुसी व्यक्त गर्दै सभाले त्यसको […]

२०७२ आश्विन १३ गते, बुधबार

देशभर हिन्दी च्यानल प्रशारण बन्द

काठमाडौ , १२ असोज । भारतले अघोषित नाकाबन्दी गर्दै नेपालमाथि गरेको हस्तक्षेपको विरोधमा आजबाट देशभर अनिश्चितकालका लागि हिन्दी च्यानल प्रशारण बन्द हुने भएको छ । केबल टेलिभिजन सञ्चालकहरुले आज बिहान १० बजेबाट देशैभर हिन्दी च्यानलको प्रशारणमा रोक लागउने भएका हुन् । नेपाल केबुल टेलिभिजन महासंघ र नेपाल केबुल टेलिभिजन एसोसिएसनको हिजो बसेको बैठकले भारतीय हस्तक्षेपको […]

२०७२ आश्विन १२ गते, मंगलवार

आजदेखि सोह्र श्राद्ध

काठमाडौं ,११ असोज । आज आश्विन कृष्ण प्रतिपदा अर्थात् पितृपक्ष , आजवाट सोह्र श्राद्ध सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । चाडपर्व यज्ञयज्ञादी तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू […]

२०७२ आश्विन ११ गते, सोमबार

आज तराई बन्द फिर्ता : मधेसी मोर्चा

काठमाडौं, ८ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले एक महिनाभन्दा लामो समयदेखि गर्दै आएको तराईका जिल्ला बन्द आह्वान शुक्रबारका लागि फिर्ता लिएको छ । मोर्चाले मुस्लिम समुदायको चाड बकर ईद मनाउन सर्वसाधारणलाई सहज होस् भन्नका लागि एक दिन बन्द फिर्ता लिएको जनाएको छ । मोर्चाले बिहीबार बर्दियामा पत्रकार सम्मेलन गरी शुक्रबार यातायात तथा बजार सुचारु […]

२०७२ आश्विन ८ गते, शुक्रबार

आज बकर इद

काठमाडौं, ८ असोज ।आज बकर इद (इद उलल जोहा) पर्ब इस्लाम धर्मावलम्बी भव्यताका साथ मनाउदै छन । बकर इदका अवसरमा इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बलि दिने र बलिको तीन भाग लगाई एक भाग गरिबलाई, एक भाग पाहुनालाई र एक भाग आफ्नै परिवारका लागि छुट्याउने चलन छ । नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनका अनुसार […]

२०७२ आश्विन ८ गते, शुक्रबार

बन्द र कर्फ्युले तराईको जनजीवन अस्तव्यस्त

काठमाडौं, ७ असोज । आन्दोलनरत समूहले झन्डै डेढ महिनादेखि लगातार बन्द आह्वान गर्दै आएपछि तराईका जिल्लाको जनजीवन अत्यन्तै कष्टकर बनेको छ । बन्दको मार सबैभन्दा बढी सर्वसाधारणलाई परेको छ । त्यसैगरी नजिकिँदो दसैंका कारण यातायात व्यवसायीलाई समेत बन्दको मार परेको छ । विभिन्न संगठनले बन्द जारी राख्दा केही जिल्लामा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले […]

२०७२ आश्विन ७ गते, बिहीबार

थारुवानका नेता चौधरी सहित ५८ जनालाई ज्यान मुद्दा

काठमाडौं, ६ असोज । थारुहट/थारुवान संयुक्त संघर्ष समितिका केन्द्रिय संयोजक तथा थारु कल्याणकारी सभाका अध्यक्ष धनीराम चौधरी सहित ५८ जना बिरुद्ध जिल्ला अदालत कैलालीमा कर्तव्य ज्यान मुद्धा दर्ता भएको छ । फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य लक्ष्मण थारु र थारु कल्याणकारी सभा कैलालीका अध्यक्ष लाहुराम चौधरी बिरुद्ध पनि कर्तव्य ज्यान मुद्धा दर्ता भएको छ ।

२०७२ आश्विन ६ गते, बुधबार

नेपालमाथि नाकाबन्दी गर्ने भारतको धम्की

काठमाडौ ५ असोज । नेपालमा आफूले चाहेजस्तो संविधान जारी हुन नसकेपछि क्रुद्ध बनेको भारतले नेपालमाथि नाकाबन्दी गर्नसक्ने चेतावनी दिएको छ । नेपालमा नयाँ संविधान जारी भएकोमा स्वागत समेत नगरी निकै बेखुस देखिएको भारतले संविधान जारी भएपछि दोस्रोपटक वक्तव्य निकालेर नेपालमाथि कूटनीतिक दबाब सृजना गरेको होे । नयाँ संविधान जारी भएको भोलिपल्ट नयाँदिल्ली पुग्नु भएका भारतीय […]

२०७२ आश्विन ५ गते, मंगलवार

महाबौद्धमा आगलागी, लाखौको क्षति

काठमाडौ ५ असोज । काठमाडौको महाबौद्ध स्थित एक नौ तले घरमा आगलागी भएको छ । आज बिहान भएको सो आगलागीवाट लाखौको क्षति भएको बताइएको छ । महानगरपालिकाको वडा नं. ३० महाबौद्ध स्थित श्यामभक्त श्रेष्ठको नौ तलेको छैटो तलमा रहेको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ । आज बिहान कारिब साँढे सात बजेबाट सुरु भएको आगो […]

२०७२ आश्विन ५ गते, मंगलवार

आज अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइदै

काठमाडौ, ४ असोज । आज अन्तर्राष्ट्रिय शान्ति दिवस ,नेपालमा पनि मनाइँदैछ । ‘शान्तिका लागि सहकार्य सबैका लागि सम्मान’ भन्ने नाराका साथ शान्ति दिवस मनाउन लागेको हो । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २१ तारिखमा यो दिवस मनाउने गरिएको छ । संविधान जारी भएसँगै नेपालमा शान्ति प्रक्रिया निस्कर्षमा पुगेकाले आज थप उल्लासका साथ यो दिवस […]

२०७२ आश्विन ४ गते, सोमबार