खाद्य संस्थान खसी बोका बिक्री गर्दै
काठमाडौ २९ असोज । नेपाल खाद्य संस्थानले आजबाट दशैंलाई लक्षित गरी खसी बोका च्यांग्रा बिक्री गर्ने भएको छ । संस्थानले बजार मुल्य भन्दा सस्तो मूल्यमा च्याँग्रा र खसी बोका संस्थानको कार्यालय थापाथलीबाट बिक्री गरिने जनाएको छ । मुस्ताङबाट ७ सय च्यांग्रा र हेटौंडाबाट १ सय ४० खसी बोका आज काठमाडौं आइपुग्ने संस्थानको भनाइ छ । […]
२०७२ आश्विन २९ गते, शुक्रबार