समाज

पत्रकार महासंघका पदाधिकारीले आज पदभार ग्रहण गर्ने

काठमाडौ, २८ वैशाख । नेपाल पत्रकार महासंघका २४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीले आज पदभार ग्रहण गर्न भएका छन् । आज विहान ९ बजे संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रमुख आतिथ्यमा पुरानो कार्यसमितिले नवनिर्वाचित समितिलाई पदभार गराउने भएको हो । कांग्रेस निकट पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनको प्यानललाई पराजित गर्दै अधिकांश पद जितेको प्रगतिशील पत्रकारहरूको समूहले महासंघको […]

२०७१ बैशाख २८ गते, आईतवार

बस पल्टिंदा २१ घाइते

काठमाडौं, २७ वैशाख। नवलपरासीको दाउन्नेमा यात्रुबहाक बस पल्टिंदा २१ जना घाइते भएका छन् । उनीहरु मध्ये ११ जनाको अबस्था चिन्ताजनक छ । बसमा ४० यात्रु थिए ।घाइतेेमध्ये अधिकांशको बुटवल अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।ईलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक बामदेब गौतमका अनुसार गएराति काठमाण्डौवाट सुर्खेततर्फ जाँदै गरेको ना४ख ४८१९ नम्बरको बस अनियन्त्रित भइ […]

२०७१ बैशाख २७ गते, शनिबार

आज कानुन दिवस

काठमाडौ, २६वैशाख ।नेपालमा सर्वप्रथम २००९ सालमा प्रधान न्यायालय ऐन २००८ जारी भएको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन कानुन दिवस मनाउने गरिन्छ ।यो ऐनले प्रधान न्यायालयबाट भएका आदेश तथा फैसला अकाट्य तथा अन्तिम हुने कानुनी ब्यवस्था गरेको थियो । आजको दिनलाई नेपालको न्यायिक इतिहासमा प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्र न्यायपालिकाको प्रस्थानविन्दुको रुपमा लिइन्छ । कानुनसँग […]

२०७१ बैशाख २६ गते, शुक्रबार

तेल चोरलाई कारबाहीको माग गर्दै प्रदर्शन

काठमाडौ, २५ वैशाख । नेकपा एमाले बुटवलले तेल चोरीमा संलग्नहरुलाई कारबाही गर्न र पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन माग गर्दै विरोध प्रदर्शन गरेको छ । अभियुक्तलाई जोगाउने उद्देश्यले व्यवसायीहरुले तेल ढुवानी बन्द गरेपछि पेट्रोलियम पदार्थको हाहकार भएको भन्दै एमालेआवद्ध विभिन्न संगठनले प्रदर्शन गरेका हुन् । तेल चोरीमा संलग्न गिरोहलाई तुरुन्त गिरफ्तार गरी कडा कारबाही गर्न […]

२०७१ बैशाख २५ गते, बिहीबार

आपसी विवादमा गोली चल्यो, १० जना घाइते

काठमाडौं, २३ बैशाख।सर्लाहीको हरकठ्वामा आपसी बिवादमा गोली चल्दा १० जना घाईते भएका छन् । घाईते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । स्थानीय रामआश्रय साह र देवी सिंहबीच भएको विवादमा गएराती गोली हानाहान भएको हो । गोली लागेर स्थानिय बिजयकुमार सिंह, रामबाबु सिंह, राहुलकुमार सिंह, मिलनप्रसाद सिंह र रितेशकुमार सिंह गम्भीर घाईते […]

२०७१ बैशाख २३ गते, मंगलवार

पृथ्वी राजमार्गमा पहिरो, सयौं सवारी अलपत्र

काठमाडौं, २२ बैशाख। आइतबारदेखि परेको अविरल वर्षापछि पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा र चितवनको फिस्लिङमा पहिरो गएको छ । पहिरोले काठमाडौंका लागि आएका र काठमाडौंबाट छुटेका सवारी सधान बीच बाटोमा अलपत्र परेका छन् । अवरोध हटाउने प्रयास जारी रहेको छ । जोगिमाराको जवाङ खोलामा गएको पहिरोलाई हटाउन जेसिबी गइसकेको र एक घन्टाभित्र एकतर्फी सवारी खुल्ने […]

२०७१ बैशाख २२ गते, सोमबार

पत्रकार महासङ्घको चुनावी प्रक्रिया सुरु हुँदै

काठमाडौ, २१ बैशाख । नेपाल पत्रकार महासङ्घको २४ औ महाधिवेशनमा आज बिहानदेखि चुनावी प्रक्रिया सुरु भएको छ । अहिले निर्वाचन प्रक्रिया अनुसार उम्मेदवारी दर्ता चलिरहेको छ । महासङ्घका नेतृत्वका लागि डा महेन्द्र विष्ट र पोषण केसीको दुई छुट्टाछुट्टै समूह चुनावी मैदानमा उत्रिएका छन् । चुनावी प्रतिस्पर्धामा चौतारी, क्रान्तिकारी पत्रकार सङ्घ, र क्रान्तिकारी पत्रकार महासङ्घबीच तालमेल […]

२०७१ बैशाख २१ गते, आईतवार

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौ, २० बैशाख । आज मे ३ , विश्वभर विभिन्न कार्यक्रम गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ ।यसैबिच नेपाल पत्रकार महासङ्घको २४ औं महाधिवेशन आजदेखि राजधानीमा सुरु भएको छ ।“संविधानसामार्फत् एक वर्षभित्र लोकतान्त्रिक संविधान, स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हितमा हाम्रो अभियान” भन्ने नारासहित हुन लागेको यो महाधिवेशनले महासङ्घको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन […]

२०७१ बैशाख २० गते, शनिबार

रत्नपार्कलाई आकर्षक बनाइने

काठमाडौं ,२० बैशाख। काठमाडौंको मुख्य केन्द्रविन्दुमा रहेको ‘रत्नपार्क’लाई काठमाडौं महानगरपालिकाले व्यवस्थित गर्ने भएको छ ।करिब ५० लाख रुपैयाँभन्दा बढी खर्च गरी पार्क सुधार गरिनेछ । रत्नपार्कलाई नयाँ ढंगले विकास गर्न उसले त्यसको ‘डिजाइन’समेत तयार पारेको छ । ‘तर, डिजाइन स्वीकृत हुन बाँकी छ,’ महानगरपालिका वातावरण महाशाखा प्रमुख रविनमान श्रेष्ठले भने, ‘आगामी सार्क सम्मेलनअघि नै रत्नपार्कलाई […]

२०७१ बैशाख २० गते, शनिबार

आज अक्षय तृतीया

काठमाडौ, १९ बैशाख । आज सातु र सर्वत दान गरी अक्षय तृतीया मनाइँदैछ । वैशाखशुक्ल तृतीयाका दिन कैलाशवासी महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ ।सत्ययुगको प्रारम्भ पनि यसै दिनबाट भएको मानिन्छ । विवाहका लागि लगन तथा साइत हेर्नु नपर्ने मान्यता र शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा […]

२०७१ बैशाख १९ गते, शुक्रबार