सरकारी गाडीबाट गाँजा बरामद !
काठमाडौँ । इलाका प्रहरी कार्यालय धरानको टोलीले ६९० किलो गाँजा बरामद गरेको छ । टोलीले गए राति धनकुटाबाट धरानतर्फ आउँदै गरेको सरकारी गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो । धरान १३ अमरहाट भन्ने स्थानमा प्रहरीको चेकिङ छलेर भाग्ने क्रममा गाडी र चालक नियन्त्रणमा लिन ४ राउण्ड गोली समेत फायर गर्नुपरेको सुनसरी प्रहरीले जनाएको छ […]
२०८१ मंसिर २० गते, बिहीबार