समाज

आज काग तिहार

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ ।बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए ।यमराजले लोकको खबर […]

२०८२ कार्तिक ३ गते, आईतवार

काठमाडौँमा राति ९ बजेपछि देउसी भैलोलगायतका कार्यक्रम गर्न निषेध

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले दीपावलीको अवसरमा राति ९ बजेपछि देउसी भैलोलगायतका कार्यक्रम नगर्न/नगराउन आग्रह गरेको छ।कार्यालयले मैनबत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन, आतिसबाजी, पटाका, भुइँचम्पा वा अन्य कुनै विस्फोटक तथा आगलागी हुने पदार्थको खरिद बिक्री, ढुवानी भण्डारण र प्रयोग नगर्न नगराउन सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ।दीपावलीको अवसरमा देउसीभैलोलगायतका कार्यक्रम गर्दा मर्यादित, […]

२०८२ कार्तिक २ गते, शनिबार

तिहार सुरु

काठमाडौँ । आजवाट यमपञ्चक अर्थात तिहार सुरु भएको छ । सामान्यतया पाँच दिनसम्म चल्ने यो पर्व यसपालि तिथिको भोग घटबढका कारण छ दिनको भएको छ। आज दिउँसो १ः२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ । यमदीपदान पनि आजैदेखि सुरु […]

२०८२ कार्तिक २ गते, शनिबार

आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस

काठमाडौँ । आज अक्टोबर १७ अर्थात् अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस । सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १७ का दिनलाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा मनाइँदै आएको छ। गरिबीको व्याख्या गर्दा संयुक्त राष्ट्रसंघले खाना, नाना र छानाको अभावमा रहेका नागरिक गरिब हुन् भनि व्याख्या गरेको छ । चरम गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी […]

२०८२ कार्तिक १ गते, शुक्रबार

ट्राफिक प्रहरीद्वारा ध्वनि प्रदूषण नियन्त्रण गर्न विशेष अभियान सुरु

काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण गर्न उपत्यका ट्राफिक प्रहरीले विशेष अभियान सुरु गरेको छ । चर्को आवाजमा हर्न बजाउने र मोटरसाइकलमा गैरकानुनी तरिकाले परिमार्जन गरिएको साइलेन्सर पाइप गरिएका सवारीसाधनका कारण उत्पन्न हुने ध्वनि प्रदूषणमाथि कडाइ गर्न यो अभियान सुरु गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।उपत्यका ट्राफिक प्रहरी कार्यालयका […]

२०८२ कार्तिक १ गते, शुक्रबार

मोटरसाइकल आपसमा ठोकिँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार दुई मोटरसाइकल आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ। अर्घाखाँचीको छत्रदेवमा गएराती भएको उक्त दुर्घटनामा अन्य दुई जना युवा घाइते भएका छन्। अर्घाखाँची छत्रदेव गाउँपालिका–१ सौरेखोला स्थित खर्ज्याङबाट दुर्गाफाँटतर्फ जाँदै गरेको लु ३३ प ६५४४ नम्बरको मोटरसाइकल र गुल्मी छत्रकोट गाउँपालिका–६ दौघाबाट जाँदै गरेको मोटरसाइकल आपसमा ठक्कर […]

२०८२ आश्विन ३० गते, बिहीबार

आज विश्व खाद्य दिवस

काठमाडौँ । आज अक्टोबर १६ अर्थात् ४५औं विश्व खाद्य दिवस मनाइदैछ । सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र सङ्घको २०औँ साधारण सभाले सङ्गठनको स्थापना भएको दिन अक्टोबर १६ मा खाद्य दिवस मनाउने प्रस्ताव पारित गरे अनुरूप सन् १९८१ देखि विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउँदै आइएको छ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन […]

२०८२ आश्विन ३० गते, बिहीबार

बझाङमा ४.९ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति एक बजेर ८ मिनेट जाँदा बझाङमा ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला क्षेत्र आसपास रहेको केन्द्रले जनाएको छ । मध्यरात भूकम्प जाँदा स्थानीयबासीमा त्रास फैलिएको थियो । भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको थियो । स्थानीय प्रहरीले भूकम्पका कारण क्षति […]

२०८२ आश्विन २९ गते, बुधबार

मेयर बालेनलाई स्टाटस हटाउन र किसानसँग माफी माग्न चेतावनी

काठमाडौँ । अखिल नेपाल किसान महासंघले काठमाडौं महानगरका मेयर बालेन साहलाई अभिलम्ब आफ्नो स्टाटस हटाउन र किसानसँग माफीमाग्न चेतावनी दिदै अन्यथा साहको विरुद्धमा महासंघले थप कदम उठाउने बताएको छ ।महासंघले काठमाडौं महानगरका मेयर बालेन साहले आफ्नो फेसबुक स्टाटसमा किसानलाई अपमानित गर्ने गरी ‘किसानझैँ फोहर’ भनि दिइएको अभिव्यत्तिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएउदै सो चेतावनी दिएको हो।महासंघले […]

२०८२ आश्विन २८ गते, मंगलवार

भाइटीकाको उत्तम साइत बिहान ११ : ३९ बजे

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिले कात्तिक ६ गते बिहीबार बिहान ११ : ३९ बजे भाइटीकाको साइत उत्तम रहेको जानकारी दिएको छ ।यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरू हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै […]

२०८२ आश्विन २८ गते, मंगलवार