प्रधानसेनापति शर्मा चीन भ्रमणमा जाँदै
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा चीन जाँदैछन्। प्रधानसेनापति शर्मा बेइजिङ–सियाङसान फोरममा सहभागी हुन अक्टोबर २७ देखि नोभेम्बर २ (कात्तिक १० देखि १६) गतेसम्म बेइजिङको भ्रमण गर्ने नेपाली सेनाका सहायकरथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए। ।उनी चीनको बेइजिङमा कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने दसौँ बेइजिङ स्याङ्गसन फोरमको उद्घाटन समारोहमा सहभागी हुन त्यसतर्फ जाने भएका हुन्।
२०८० कार्तिक ४ गते, शनिबार