समाज

दलित मुक्ति मोर्चा भक्तपुरको अध्यक्षमा भाइराजा

काठमाडौँ । दलित मुक्ति मोर्चा, नेपाल भक्तपुरको पाँचौ जिल्ला सम्मेलनले अध्यक्षमा भाइराजा बाबु नेपाली, उपाध्यक्ष दीपक नेपाली, सचिव कृष्ण नेपाली, कोषाध्यक्ष नक्कलबहादुर नेपाली, सचिव लीला नेपाली, सदस्यहरू सुनीता सुनार, नर विक, कुमार नेपाली, शंकर नेपाली, बद्री नेपाली र कल्पना बयलकोटी चयन गरेको छ । दलित मुक्ति मोर्चाका ज्येष्ठ सदस्य भाइराजा बाबु नेपालीको अध्यक्षतामा बसेको बैठकले […]

२०७८ कार्तिक १४ गते, आईतवार

बेनी–जोमसोम सडक दैनिक १० घण्टा बन्द

काठमाडौं । म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम–कोरला जोड्ने सडकखण्ड स्तरोन्नति गर्न अर्को सूचना जारी नहुदाँसम्म विहान र दिउँसो गरी दैनिक १० घण्टा सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सडक स्तरोन्नतिका लागि मुस्ताङको सिमानामा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दानाको काभ्रेभीरमा मर्मतको काम र सवारीसाधन एक साथ चलाउँदा जोखिम हुने भएपछि आवागमन बन्द […]

२०७८ कार्तिक १२ गते, शुक्रबार

युवा संगठन धादिङको अध्यक्षमा किशोर रेग्मी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीनिकट युवा संगठन धादिङको चौथो जिल्ला सम्मेलनले किशोर रेग्मीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति चयन गरेको छ । भ्रष्टाचार, दलाल र माफियाका विरुद्ध सशक्त जुझारु युवा आन्दोलन, जनमत संग्रहमार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि चौथो जिल्ला सम्मेलन, भन्ने मुल नाराका भएको उक्त सम्मेलन समन्न भएको हो। सम्मेलनका प्रमुख अतिथि पार्टीका जिल्ला सेक्रेटरी […]

२०७८ कार्तिक ११ गते, बिहीबार

नेपाल–भारत सीमा छुट्टयाउन सुस्ताबासीको माग

काठमाडौं । सुस्ता बचाउ अभियानकर्मीले नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नेपाल भारतको सीमा छुट्याई जङ्गे पिलर कायम गर्न माग गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणसँग मंगलबार मन्त्रालयमा भेट गरी उनीहरुले उक्त माग गरेका हुन् । अभियान टोलीले मन्त्री खाँणलाई चार बुँदे ज्ञापनपत्रसमेत बुझाएको छ । ज्ञापनपत्रमा २०२२ सालदेखि सुस्ताबासीको जोतभोगमा रहेको जग्गा जमिनको नापी नक्सासमेत गरी […]

२०७८ कार्तिक १० गते, बुधबार

काठमाडौंमा एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाइदै

काठमाडौं । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार आजदेखि कार्तिक ११ गतेसम्म तिन दिनका लागि कीर्तिपुर, चन्द्रागिरी, नागार्जुन, कागेश्वरी, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिकामा एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाइनेछ । पहिलो डोज एस्ट्राजेनेका लगाएका ब्यक्तिहरुले दोश्रो मात्रा लगाउन पाउने भएका हुन् । काठमाडौ महानगरपालिकामा भने भोली देखि खोप लगाइने छ । वीर, परोपकार प्रसूती तथा स्त्री […]

२०७८ कार्तिक ९ गते, मंगलवार

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । स्वास्थ्य मन्त्रालयले आजदेखि बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै छ । ६ महीनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मकालाई भिटामिन ‘ए’ र जुका दुवैको औषधि खुवाउन लागिएको हो ।मन्त्रालयले आफूलाई पायक पर्ने खोप केन्द्र वा वडा कार्यालयमा गएर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकहरुलाई आग्रह […]

२०७८ कार्तिक ७ गते, आईतवार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न बुद्धमूर्ति ल्याइयो

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति बिहीबार नेपाल आइपुगेको छ । बहुमूल्य धातु ‘ह्वाइट जेड’बाट बनेको बुद्धमूर्ति म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा भन्सार कार्यालयमा आइपुगेको हो । करिब रु दुई अर्ब ५० करोडको लागतमा बहुमूल्य धातुबाट बनेको बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेशनले नेपाल सरकारलाई हस्तान्तरण गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा […]

२०७८ कार्तिक ५ गते, शुक्रबार

पहिरोका कारण सयौ परिवार विस्थापित

काठमाडौं । देशका विभिन्न स्थानमा गएको पहिरोमा पुरिएर ३२ जना बेपत्ता भएका छन् भने तीन सय ४० जनाको परिवार विस्थापति भएको छ । बझाङमा पहिरा जाँदा २३ जना बेपत्ता छन् । थलारा गाउँपालिका–४ को डिख्लामा हिजो बिहान पहिरो जाँदा चार परिवारका २३ जना बेपत्ता भएका छन् भने ३ सय परिवार विस्थापित भएका छन् ।यसैगरी, हुम्लाको […]

२०७८ कार्तिक ३ गते, बुधबार

आज कोजाग्रत पूर्णिमा

काठमाडौं । आज कोजाग्रत पूर्णिमा । नेपालीले महान चाड बडादसैं आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै आज दसैं समाप्त हुँदैछ ।शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।विजयादशमीदेखि […]

२०७८ कार्तिक २ गते, मंगलवार

भीमदत्त राजमार्ग अवरुद्ध

काठमाडौं । गएराति देखिको लगातारको वर्षाका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । सुदूरपश्चिम पश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त राजमार्गको भासु भीरमा ठूलो पहिरो आउँदा बिहानैदेखि यातयात अवरुद्ध भएको हो । पहिरो पन्छ्याउनका लागि सडक डिभिजन कार्यालयको डोजरले बिहानैदेखि काम गरिरहे पनि वर्षा नरोकिएका कारण पहिरो पन्छ्याउन सकिएको छैन् । राजमार्ग अवरुद्ध भएपछि अहिले […]

२०७८ कार्तिक १ गते, सोमबार