समाज

कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो !

काठमाडौं, १९ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ७ सय ४० जना संक्रमित थपिएका हुन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या १५ हजार २ सय ५९ पुगेको छ । मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरूमा सय महिला र सय पुरुष छन् । कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुनेको […]

२०७७ असार १९ गते, शुक्रबार

वडाअध्यक्षले महिलामाथि चुम्बनकाे प्रयास गरेपछि..

काठमाडौं , १९ असार । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष राम नाथले एक महिलामाथि अँगालाे हाल्दै चु’म्बन खाने प्रयास गरेका छन । उनले गए राति ८: २० बजे ब्रह्मदेवमा पसल गर्दै आएकी महिलालाई चुम्बन खाने प्रयास गर्दै दु’र्व्यवहार गरेका हुन् । बिहीबार दिउँसोदेखि पीडित महिलाकै पसलमा मदिरा सेवन गरिरहेका वडाध्यक्षले अबेर […]

२०७७ असार १९ गते, शुक्रबार

सलह किरा प्रतिकिलो ५० रुपैंया !

काठमाडाैँ, १८ असार । टोखा नगरपालिकाले सलह किरा सङ्कलन गरेर आफ्नो वडामा बुझाउने व्यक्तिलाई प्रतिकिलो रु ५० प्रोत्साहन भत्ता दिने भएको छ । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सलह किराले ठूलो क्षेत्रमा कृषिबाली नष्ट गर्न थालेपछि यसको नियन्त्रणका लागि प्रोत्साहनस्वरुप रकम उपलब्ध गराउने घोषणा गरिएको बताए । टोखाले सलह किरा नियन्त्रणका लागि किराको बासस्थान पहिचान गरी […]

२०७७ असार १८ गते, बिहीबार

निजामति विधेयक विभेदकारी : राष्ट्रिय कर्मचारी महासंघ

काठमाडौँ , १८ असार । राष्ट्रिय कर्मचारी महासंघ, नेपालले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतका नाममा पास भएको संघीय निजामती सेवा ऐनको गठन, संचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक निर्माण गर्दा निजामती कर्मचारीले पाउदै आएकका सेवा सुविधालाई कुन्ठित गर्दै राजपत्रांकित र राजपत्र अंनकित कर्मचारीलाई विभेद गरी ल्याइएको विधेयकप्रति खेद प्रकट […]

२०७७ असार १८ गते, बिहीबार

आज हरिशयनी एकादशी

काठमाडौँ , १७ असार । आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशी । हिन्दू धार्मिक मान्यताअनुसार आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने भएकाले यस एकादशीलाई हरिशयनी एकादशी भनिन्छ । आजको दिन तुलसी रोप्ने प्रचलन रहँदै आएको छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ । घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी […]

२०७७ असार १७ गते, बुधबार

देशभक्त ,प्रगतिशिल र बौद्धिक समूदायद्धारा एमसिसि खारेजीको माग

काठमाडौँ , १६ असार । देशभक्त ,प्रगतिशिल र बौद्धिक समूदायले राष्ट्रिय हित र सुरक्षा विपरीतको एमसीसी खारेजीका लागि संयुक्त अपिल गरेका छन । उनीहरुद्वारा जारी अपिलमा ‘ राष्ट्रिय हित र सुरक्षा विपरित सम्झौता गरिएको एमसीसी जस्तो घातक सम्झौतालाई कुनै पनि हालतमा पारित नगर्न आफैले चुनेर पठाएका सांसदज्यूहरूलाई अनुरोध गरौँ, दबाब दिऔँ र साथै यसलाई पूरै […]

२०७७ असार १६ गते, मंगलवार

वडा अध्यक्ष डाँगीलाई सामाजिक कारबाही !

काठमाडौँ , १६ असार । नेपाल कम्युनिष्ट पार्टीले दाङ्ग शान्तिनगर गाउँ पालिका वडा नं २ वडा का वडा अध्यक्ष फर्साराम डाँगीलाई जनताको अनुरोधमा सामाजिक कारबाही गरिएको बताएको छ । नेपाल कम्युनिष्ट पार्टी दाङ्ग शान्तिनगर गाउँपालिकाका कमिटी सेक्रेटरी कमल सिंहले आज एक बिज्ञप्ती जारी गर्दै वडा अध्यक्ष फर्साराम डाँगीलाई जनताको अनुरोधमा सामाजिक कारबाही गरिएको बताएक छन […]

२०७७ असार १६ गते, मंगलवार

आज असार १५, राष्ट्रिय धान दिवस

काठमाडौं, १५ असार । आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । नेपालमा वि.सं. २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि संयुक्त राष्ट्रसंघले समेत सन् १९६६ लाई धानबाली बर्षका रूपमा मनाएको थियो । ‘मुठी खाएर मुरी उब्जाउने’ महिनाका रुपका लिइने असार १५ का दिन भने नेपालभर […]

२०७७ असार १५ गते, सोमबार

कालीकोटमा एमसीसीविरुद्ध प्रदर्शन : अमेरिकी साम्राज्यवादविरुद्ध राष्ट्रिय स्वाधीनताको लडाइँ लड्ने उदघोष

काठमाडौँ , १४ असार । नेपाल कम्युनिस्ट पार्टी कालीकोटले एमसीसी सम्झौता र अमेरिकी सैन्य हस्तक्षेपका विरुद्ध शनिबार जिल्लाका विभिन्न ठाउँमा जनप्रदर्शन गरेको छ । कालीकोटका सबै एरियाहरूमा भव्य जनप्रदर्शन सम्पन्न गरिएको नेकपा कालीकोटले जनाएको छ । कालीकोट पचालझरनामा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी रणदीपले राष्ट्रघाती एमसीसी सम्झौता खारेज नगरे र अमेरिकी सैन्य हस्तक्षेप […]

२०७७ असार १४ गते, आईतवार

सलह किरा नेपाल प्रवेश !

काठमाडौं, १३ असार । कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले बाराको निजगढ नगरपालिका वडा नम्बर १३ मा सलह देखिएको भन्दै फेसवुकमा तस्वीर तथा फोटो सार्वजनिक गरेका छन् । केही स्थानीयले पनि सलहको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेर सचेत रहन आग्रह गरेका छन् । भारतको बिहार हुँदै सलहको एउटा समूह नेपाल छिरेको छ । बारा […]

२०७७ असार १३ गते, शनिबार