समाज

मेलम्चीको पानी अर्को दसैंमा

काठमाडौं, २६ साउन । यही दसैंबाट मेलम्चीको पानी पाउने आसमा रहेका उपात्याकावासीले अर्को दसैंसम्म कुर्नुपर्ने भएको छ । दुई हजार दुई सय मिटर सुरुङ खन्नेदेखि सुन्दरीजलमा खानेपानी प्रशोधन, बाँध र पाँचतले कन्ट्रोल अपरेसन हाउस बनाउनेसम्मका काम वर्ष दिनभित्र नसकिँदा राजधानीवासीले मेलम्चीको पानी पिउन दसैंसम्म कुर्नुपर्ने अवस्था आएको हो । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ मा रहेको मुहान […]

२०७४ श्रावण २६ गते, बिहीबार

आज गाईजात्रा

काठमाडौँ , २४ साउन । हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै आज काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका मुख्य मुख्य शहरमा धुमधामका साथ गाईजात्रा पर्व मनाइँदैछ । गाईजात्रा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो । भक्तपुरमा गाईजात्राको औपचारिक शुरुवात जनैपूर्णिमाको साँझ नै गरिन्छ । गाईजात्राको पूर्व सन्ध्यामा जनैपूर्णिमाको साँझ गुठी […]

२०७४ श्रावण २४ गते, मंगलवार

आज चन्द्रग्रहण

काठमाडौ, २३ साउन । श्रावण शुक्ल पूर्णिमा , आज राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । भरे राति ११ बजेर सात मिनेटदेखि ग्रहण लाग्न शुरु भएर रातको एक बजेर ४ मिनेटमा सकिने पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । एक घण्टा ५७ मिनेट लाग्ने ग्रहण नेपालबाट पनि देखिनेछ । […]

२०७४ श्रावण २३ गते, सोमबार

प्रहरी भ्यान एम्बुसमा , चार जना घाइते

काठमाडौं, २२ साउन । सप्तरीको सुरुङ्गा नगरपालिका–५ श्रीपुरमा इलाका प्रहरी कार्यालय कडोरवनाको एउटा भ्यान एम्बुसमा पर्दा चार जना प्रहरी घाइते भएका छन् । बा.१ झ ७३९२ नम्बरको प्रहरी भ्यान एम्बुसमा पर्दा प्रहरी निरीक्षक राजेन्द्र यादवसहित चार जना घाइते भएका हुन् । गस्तीमा रहेको भ्यानमा १२ जना प्रहरी सवार रहेका थिए । घाइतेहरुको लहानमा उपचार भइरहेको […]

२०७४ श्रावण २२ गते, आईतवार

यस्ता छन् सडक विस्तारका अवरोध

काठमाडौ, २१ साउन । सडक विभागका पाँचवटा डिभिजनले काठमाडौं उपत्यकामा विस्तार गरिरहेको सडकको काम रोकिनुमा अदालतको आदेशपछि स्थानीयको अवरोध मात्र होइन, अन्तरनिकाय समन्वय अभाव पनि देखिएको छ । सडकमा अवरोध किन ? काठमाडौं उपत्यका सडक विस्तार आयोजना प्रमुख दीपक केसीका अनुसार विद्युत्का पोल, ट्रान्सफर्मर, टेलिफोन क्याबिनेट, टेलिफोन म्यानहोल, स्ट्रिट लाइट, रूख, घरटहरा, पर्खाल, खानेपानी ट्यांकी […]

२०७४ श्रावण २१ गते, शनिबार

स्मार्ट फोन सम्बन्ध विच्छेदको कारक

काठमाडौ, २० साउन । रोल्पामा सम्बन्ध विच्छेदका घटना दिनप्रतिदिन बढ्दै गएको देखिएको छ । जिल्ला अदालत रोल्पामा दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दामा आएको बढोत्तरीसँगै यस्तो अवस्था देखिएको हो । सम्बन्ध विच्छेदका घटनामध्ये अधिकांशका श्रीमान् वैदेशिक रोजगारीमा रहेको पाइएको रोल्पा जिल्ला अदालतका मुद्दा फाँटका कर्मचारी दामोदर दाहालले बताए । सम्बन्ध विच्छेद गर्दा श्रीमान्बाट अधिकांश महिलाले नगद […]

२०७४ श्रावण २० गते, शुक्रबार

कतार जाने कामदारको संख्यामा कमी

काठमाडौं, १९ साउन । पछिल्लो समय कतारमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्यामा कमी आएको छ । नेपालका लागि मलेसियापछिको दोस्रो ठूलो रोजगार गन्तव्यका रुपमा रहेको कतारमा गहिँरिदै गएको संकटको प्रत्यक्ष असर नेपाली कामदारमा परेको छ । सामान्यतया जेठ÷असारमा वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्या कम हुने गर्छ । आर्थिक वर्ष २०७२/०७३ मा १ लाख […]

२०७४ श्रावण १९ गते, बिहीबार

अवैध कल वाइपास गर्ने प्रहरी फन्दामा

काठमाडौं, १८ साउन । प्रहरीले काभ्रेको बनेपा नगरपालिका–७ गोदामचोकबाट कल वाइपासमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरका केशवराज पौडेल, काभ्रेको रोशी गाउँपालिका–३ शिखर अम्बोटेका विकाश लामा, काभ्रे रोशी–८ सिपाली चिलाउनेका बिनोद कुमार मैनाली, काभ्रे चौरी देउराली–४ का सुजन तामाङ र दोलखाको फस्कु गाउँपालिका–८ रातमाटेका अबि थापा छन् । […]

२०७४ श्रावण १८ गते, बुधबार

एक वर्षमा ६१७ हत्या, ११३९ बलात्कार

काठमाडौ, १७ साउन । देशको शान्तिसुरक्षाको अवस्था खस्कँदै गएको प्रहरी तथ्यांकले देखाएको छ । विगतमा भन्दा पछिल्लो वर्ष हत्या, बलात्कार, अपहरण, लागुऔषध कारोबार चोरी डकैतीजस्ता गम्भीर प्रकृतिका अपराध बढेका छन् । आजको नयाँ पत्रिकामा खबर छ । गत वर्ष करिब ८ प्रतिशतले अपराधका घटना बढेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष […]

२०७४ श्रावण १७ गते, मंगलवार

हत्यामा संलग्न प्रहरी हवल्दारलाई सर्वस्वसहित जन्मकैद

काठमाडौँ, १६ साउन । भेरी नगरपालिका–४ की राधिका सुनारको हत्यामा संलग्न प्रहरी हबल्दार कमल सुनारलाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । गोविन्द महरको जाहेरीले जबर्जस्ती करणीसहित कर्तव्य ज्यान मुद्दा लागेका कमल सुनारलाई आइतबार जिल्ला न्यायाधीश लीलाराज अधिकारीको इजलासले सर्वस्वसहित जन्म कैदको फैसला गरेको हो । कमल सुनारले जबर्जस्ती करणी अभियोगबाट सफाइ पाएको भए […]

२०७४ श्रावण १६ गते, सोमबार