समाज

उजुरीमा पीडित नै उदासिन

काठमाडौँ, २ चैत । बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोगले तेस्रोपटक उजुरी दिने म्याद थप गरे पनि सशस्त्र युद्धबाट सबैभन्दा बढी प्रभावित रोल्पा जिल्लामा भने पीडित नै उदासिन देखिएका छन् । तेस्रोपटक गत फागुन १५ गते एक महिनाका लागि उजुरी दिने गरी सूचना जारी गरिएको भए पनि हालसम्म एक जना बेपत्ता परिवारले मात्र उजुरी […]

२०७३ चैत्र २ गते, बुधबार

अदालदतका कर्मचारीले मुद्दा फाल्ने गरेको खुलासा

काठमाडौं, २ चैत । प्रधानान्यायाधिश सुशीला कार्कीले सर्वोच्च अदालदतका कर्मचारीले मुद्दा निकालेर फाल्ने गरेको खुलासा गरेकी छन् । कानुन व्यवसायी क्लब तथा शंकरलाल केडिया फाउन्डेशनले मंगलबार गरेको सम्मान तथा पुरस्कार कार्यक्रममा प्रधानान्यायाधिश कार्कीले अदालतका कर्मचारीले मुद्दाको फाइल झिक्ने गरेको बताएकी हुन् । ‘एउटै मुद्दा ४० पटक हटेको रहेछ,’ कार्कीले भनिन्, ‘कसरी हट्यो भनेर बुझ्दा अदालतका […]

२०७३ चैत्र २ गते, बुधबार

पृथ्वी जयन्तीमा बिदा नपरेपछि …

काठमाडौं, १ चैत । गृह मन्त्रालयले ल्याएको सार्वजनिक छुट्टीसम्बन्धी प्रस्तावमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती छुटेपछि केही मन्त्रीहरुले विरोध गर्दा उक्त प्रस्ताव मन्त्रिपरिषदमा अस्वीकृत भएको छ । गृहमन्त्रालयको प्रस्ताव परिमार्जन गरी पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने गरी प्रस्ताव नल्याएसम्म पारित गर्न नसकिने अडान केही मन्त्रीले लिएपछि उक्त प्रस्ताव मन्त्रिपरिषदबाट अस्वीकृत भएको […]

२०७३ चैत्र १ गते, मंगलवार

तराईमा होली पर्व मनाईंदै

काठमाडौं, ३० फागुन । तराईका जिल्लामा आज हर्षोल्लासका साथ फागु अर्थात होली पर्व मनाईंदै छ । आपसमा रङ र अबीर दलेर खुशीयाली साटासाट गर्ने क्रम बिहानै देखि सुरु भएको छ । काठमाडौं उपत्यकासहित पहाडि क्षेत्रमा हिजो मनाइएको भए पनि तराईका जिल्लामा आज मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री […]

२०७३ फाल्गुन ३० गते, सोमबार

आज फागु पुर्णिमा

काठमाडौं,२९ फागुन । आज फागु पुर्णिमा अर्थात होली पर्व । काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा उल्लासपूर्वक मनाईंदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि […]

२०७३ फाल्गुन २९ गते, आईतवार

अपरकर्णालीविरुद्ध अर्को मुद्दा

काठमाडौँ, २७ फागुन । गैरकानुनी, गैरसंवैधानिक ढंगले माथिल्लो कर्णाली जलविद्युत आयोजना पीडीएको म्याद थपिएको भन्दै खारेजीको माग गरी सर्वोच्चमा मुद्दा दायर भएको छ । कर्णाली जलधार क्षेत्रका जन्मदेवसहित पाँचको तर्फबाट डम्बरबहादुर रावलले आयोजना विकास सम्झौता (पीडीए) सम्बन्धी कार्यहरु राष्ट्रहित विपरित भएको भन्दै खारेजीको मागसहित रिट दायर गरेका हुन् । सरकार र जीएमआरबीच २०७१ असोज ३ […]

२०७३ फाल्गुन २८ गते, शनिबार

जिविस, गाविस र नागरपालिका खारेज हुदै

काठमाडौं, २७ फागुन । आउदो आइतबारदेखि नयाँ सं‌विधानअनुसारको संचरना लागु हुने भएको छ । नयाँ संरचना कायम भएकै दिनदेखि गाविस, नगरपालिका र जिविस विघटन हुनेछन् । नयाँ संरचनामा ७ सय ४४ वटा स्थानीय तह (गाउँपलिका र नगरपालिका) हुनेछन् । संविधानअनुसार स्थानीय तह पुनसंरचना कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरका […]

२०७३ फाल्गुन २७ गते, शुक्रबार

खानेपानी संस्थानले २० लिटरको जार ल्याउने

काठमाडौँ, २६ फागुन । खानेपानी संस्थानले २० लिटरको खानेपानीको जार दुई हप्ताभित्र बजारमा ल्याउने भएको छ । काभ्रेपलाञ्चोकको पनौतीमा उत्पादन गरी प्रशोधन गरिएको पानीको जारको मूल्य रु ५२ कायम गरिएको संस्थानका कामु प्रबन्धक भूपेन्द्र प्रसादले राससलाई जानकारी दिनुभयो । संस्थानले पानी उत्पादन गरी वितरण गर्न सम्पूर्ण तयारी पूरा गरेको छ । सबै सरकारी कार्यालयमा पानी […]

२०७३ फाल्गुन २६ गते, बिहीबार

सडकमा सवारी अवरोध गर्नेलाई तीन वर्ष जेल

काठमाडौं, २६ फागुन । सडक ढाकेर जुलुस, र्‍याली वा अन्य कार्यक्रम गर्दै हुनुहुन्छ ! सावधान, जेल पर्नुहोला । सरकारले सडक आवागमन अवरोध पुर्‍याउनेलाई कारबाहीका लागि ऐन निर्माण तयारी अघि बढाएको छ । व्यवस्थापिका संसद्ले तयार पारेको ‘फौजदारी कसुरसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७१’ मा सडक अवरोध वा आवागमन बाधा पुर्‍याउनेलाई तीन वर्षसम्म […]

२०७३ फाल्गुन २६ गते, बिहीबार

अपहरण गर्न खोज्ने चारजना पक्राउ

काठमाडौं, २४ फागुन । दुईपिपल–७ महादेवखर्क घर भई दुईपिपल–८ कोल्पुटार बस्ने अर्जुनप्रसाद दाहाललाई अपहरण गरी रकम फिरौती माग्न खोज्ने चारजनालाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । निर्माणाधीन घरका लागि महादेवखर्कबाट दुईवटा मिनीट्रकमा काठ लिएर आउँदै गर्दा सोमबार बिहान चेपिनेबाट अपहरण गरी रु १५ लाख फिरौती माग्ने प्रयास गरेका दुईपिपलका सन्तबहादुर तामाङ, कृष्णराज श्रेष्ठ, मकवानपुर टिस्टुङका […]

२०७३ फाल्गुन २४ गते, मंगलवार