समाज

खानेपानी संस्थानले २० लिटरको जार ल्याउने

काठमाडौँ, २६ फागुन । खानेपानी संस्थानले २० लिटरको खानेपानीको जार दुई हप्ताभित्र बजारमा ल्याउने भएको छ । काभ्रेपलाञ्चोकको पनौतीमा उत्पादन गरी प्रशोधन गरिएको पानीको जारको मूल्य रु ५२ कायम गरिएको संस्थानका कामु प्रबन्धक भूपेन्द्र प्रसादले राससलाई जानकारी दिनुभयो । संस्थानले पानी उत्पादन गरी वितरण गर्न सम्पूर्ण तयारी पूरा गरेको छ । सबै सरकारी कार्यालयमा पानी […]

२०७३ फाल्गुन २६ गते, बिहीबार

सडकमा सवारी अवरोध गर्नेलाई तीन वर्ष जेल

काठमाडौं, २६ फागुन । सडक ढाकेर जुलुस, र्‍याली वा अन्य कार्यक्रम गर्दै हुनुहुन्छ ! सावधान, जेल पर्नुहोला । सरकारले सडक आवागमन अवरोध पुर्‍याउनेलाई कारबाहीका लागि ऐन निर्माण तयारी अघि बढाएको छ । व्यवस्थापिका संसद्ले तयार पारेको ‘फौजदारी कसुरसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७१’ मा सडक अवरोध वा आवागमन बाधा पुर्‍याउनेलाई तीन वर्षसम्म […]

२०७३ फाल्गुन २६ गते, बिहीबार

अपहरण गर्न खोज्ने चारजना पक्राउ

काठमाडौं, २४ फागुन । दुईपिपल–७ महादेवखर्क घर भई दुईपिपल–८ कोल्पुटार बस्ने अर्जुनप्रसाद दाहाललाई अपहरण गरी रकम फिरौती माग्न खोज्ने चारजनालाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । निर्माणाधीन घरका लागि महादेवखर्कबाट दुईवटा मिनीट्रकमा काठ लिएर आउँदै गर्दा सोमबार बिहान चेपिनेबाट अपहरण गरी रु १५ लाख फिरौती माग्ने प्रयास गरेका दुईपिपलका सन्तबहादुर तामाङ, कृष्णराज श्रेष्ठ, मकवानपुर टिस्टुङका […]

२०७३ फाल्गुन २४ गते, मंगलवार

‘सद्‍भाव विथोल्न मेची-महाकाली अभियानको नाटक ‘

काठमाडौं, २४ फागुन । थारुहट तराई पार्टी नेपालले ‘सद्‍भाव विथोल्न मेची-महाकाली अभियानको नाटक रचिएको बताएको छ । उसले अधिकारको लागि सडकमा निस्केका निहत्था मधेसीहरुको अावाजलाई बन्दुकका नालले दबाउन सप्तरीको घटना घटाएको ठोकुवा गरेको छ । सरकारले संविधान संशोधन गरेर मधेसी तथा थारुहरुको माग सम्बोधन नगरेर स्थानीय तह निर्वाचनको घोषणा गरेर मुठभेड निम्त्याएको थारुहटको भनाइ छ […]

२०७३ फाल्गुन २४ गते, मंगलवार

होली सुरु

काठमाडौं, २२ फागुन । काठमाडौंको बसन्तपुर डबलीमा आज बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा होलीको चीर ठड्याएसँगै उपत्यकामा विधिवतरुपमा होली सुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुन्छ । यसवर्ष काठमाडौं उपत्यका लगायतका पहाडी जिल्लाहरु यही फागुन २९ गते तथा तराईका जिल्लाहरुमा फागुन ३० […]

२०७३ फाल्गुन २२ गते, आईतवार

प्रदूषण बढ्दो क्रममा

काठमाडौ, २१ फागुन । प्रदूषण मापनका लागि राजधानीको रत्नपार्कमा राखिएको मेसिनको तथ्यांक दुई महिनादेखि बढ्दो क्रममा छ । प्रदूषण मापनका लागि राखिएको प्यारोमिटरले यो साता पार्टीकुलेट म्याटर (पीएम) १० को धुलो ५० माइक्रोन, २।५ का ४४ र पीएम १ को धुलो ४१ माइक्रोन नापेको छ । यो नतिजा दुई महिनाअघिकै बराबर हो । अर्थात गत […]

२०७३ फाल्गुन २१ गते, शनिबार

फागु पूर्णिमामा इच्छा विपरीत रङ खेले कारबाही

काठमाडौँ, २० फागुन । गृह मन्त्रालयले फागु पूर्णिमा पर्वमा अर्काको इच्छा विपरीत जबर्जस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने, फोहर छ्याप्ने तथा महिला, बालबालिकालगायत बाटामा हिँड्ने व्यक्तिलाई दुःख, हैरानी तथा कष्ट दिने कार्य नगर्न सबैसँग अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीद्वारा आज जारी विज्ञप्तिमा त्यस्तो काम कोही कसैले नगर्न, नगराउन र वातावरण तथा जनस्वास्थ्यमा […]

२०७३ फाल्गुन २१ गते, शनिबार

‘कालो दिवस’ मनाउँदै कालीमाटी तरकारी बजार

काठमाडौं, २० फागुन । कालीमाटीस्थित फलफूल तथा तरकारी बजार आज बन्द गरिएको छ । पाँच वर्षअघि त्यस क्षेत्रमा आजकै दिन आगलागी भई ६ जनाको मृत्यु भएका कारण सो घटनाको स्मरणमा बजार बन्द भएको हो । कालीमाटीस्थित फलफूल तथा तरकारी बजार विकास समितिले उक्त घटनापछि प्रत्येक वर्ष फागुन २० गते कालो दिवसका रुपमा बजार बन्द गर्दै […]

२०७३ फाल्गुन २० गते, शुक्रबार

दुई पटक भूकम्पको धक्का

काठमाडौं, १६ फागुन । आज विहान बिहान ९ बजेर २२ मिनेट र १० बजेर ६ मिनेटमा भूकम्प गएको छ । रामेछाप केन्द्रविन्दु भएर ४ दशमलव ६ म्याग्निच्यूड र लगत्तै ४ दशमलव ७ म्याग्निच्यूडको अर्को पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पराकम्पको धक्का काठमाडौं उपत्यकासहित रामेछाप, सोलुखुम्बु, ओखलढुंगा, सिन्धुली, दोलखा, काभ्रे, सिन्धुपाल्चोकलगायत क्षेत्रमा […]

२०७३ फाल्गुन १६ गते, सोमबार

ग्याल्बो ल्होसार मनाइदै

काठमाडौँ, १६ फागुन  । नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायले ग्याल्बो ल्होसार (नयाँ वर्ष) आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार आइतबार बाँदर वर्ष पूरा भई सोमबारदेखि चरा वर्ष लाग्ने शेर्पा संस्कृतिविद् टीका शेर्पाले बताए  । […]

२०७३ फाल्गुन १६ गते, सोमबार