समाज

चिसोले जनजीवन प्रभावित

काठमाडौ । केही दिनयता बढ्दै गएको चिसोले देशभरको जनजीवन प्रभावित भएको छ । तराईमा शीतलहर परेको छ भने उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको छ भने राजधानीलगायत अधिकांश ठाउँमा हिजो वर्षा भयो । आज पश्चिमी क्षेत्रका केही ठाउँमा हल्का वर्षा हुनेछ भने पश्चिमी उच्च क्षेत्रमा सामान्य हिमपात पनि हुन सक्ने जनाइएको छ । राजधानीमा […]

२०७१ मंसिर २९ गते, सोमबार

देशभर चिसो बढ्यो

काठमाडौं । पश्चिमी वायुको प्रभावले मौसम बदली हुँदा मुलुकभर चिसो बढेको छ । अरब सागरबाट पाकिस्तान, जम्मु कश्मिर हुँदै नेपाल छिरेको पश्चिमी वायुको असरले मौसम परिवर्तन भएको र नेपालको पश्चिमी भेगबाट प्रवेश गरेको वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु पूर्वसम्म विस्तार भईरहेको र रातिसम्म देशैभर पुरै […]

२०७१ मंसिर २८ गते, आईतवार

चिसो ह्वातै बढ्‍यो

काठमाडौ । देशभरको तापक्रम झनै तल झरेको छ। पश्चिमी वायुको प्रभाव र अरेबियन समुद्रमा आएको मौसम प्रणालीका कारण दुई दिन देशभर पानी पर्ने देखिन्छ। जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारदेखि पानीका कारण चिसो बढ्ने जनाएको छ। विहान ७ बजे काठमाडौं उपत्‍यकाको तापक्रम ७ डीग्री सेल्‍सियस मापन गरिएको छ। मौसमविद् मीनकुमार अर्यालका अनुसार अरब समुद्रबाट आएको […]

२०७१ मंसिर २७ गते, शनिबार

शनिबार र आइतबार वर्षाको सम्भावना

काठमाडौ। देशभरको तापक्रम केही दिनयता लगातार तल झरिरहेको छ, शनिबारदेखि झनै तल झर्ने मौसमविद् मीनकुमार अर्यालको भनाइ छ। पश्चिमी वायुको प्रभाव र अरेबियन समुद्रमा आएको मौसम प्रणालीका कारण दुई दिन देशभर पानी पर्ने देखिन्छ। मौसम मापन तथा भूउपग्रह यन्त्रहरूले शनिबार र आइतबार पानी पर्ने र सोमबारदेखि मौसम सुधार हुने प्रक्षेपण गरेका छन्। जलवायु तथा मौसम […]

२०७१ मंसिर २६ गते, शुक्रबार

आज अन्तर्राष्ट्रिय मानवअधिकार दिवस

काठमाडौं। आज डिसेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय मानवअधिकार दिवस । ६६औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस नेपालमा पनि मानवअधिकारका क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी संघ–संस्थाहरुले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।राष्ट्रिय मानवअधिकार आयोगले यस वर्ष ‘घर–घरमा मानवअधिकार, शान्ति र विकासको आधार’ भन्ने सन्देशका साथ यो दिवस मनाउँदेछ । आयोगले यस अवसरमा विशेष कार्यक्रम पनि गर्दैछ । दोस्रो विश्वयुद्धको […]

२०७१ मंसिर २४ गते, बुधबार

सुर्खेत बस दुर्घटनामा १७ जनाको मृत्यु

काठमाडौँ । सुर्खेतको पोखरीका“डा गाविसमा भएको बस दुर्घटनामा परी कम्तिमा १७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । कालिकोटको जितेगाडाबाट कैलालीको टीकापुरका लागि हि“डेको ना ४ ख ६८५५ नम्बरको मध्यपश्चिम यातायात समितिको बस पोखरीका“डामा भिरबाट कम्तिमा ५ सय मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सा“झ ७ […]

२०७१ मंसिर २२ गते, सोमबार

यातना दिनेलाई पाँच वर्ष कैद

काठमाडौ।सरकारले यातनालाई फौजदारी कसुर परिभाषित गरी यातना दिने व्यक्तिलाई पाँच वर्ष कैद सजायसहितको विधेयक ल्याएको छ । विधेयकमा अपराध अनुसन्धान तथा पर्पक्षका क्रममा हुने यातना र अमानवीय व्यवहारलाई समेटिएको छ । सरकारका तर्फबाट उपप्रधान मन्त्री एवं गृहमन्त्री वामदेव गौतमले यातना तथा अमानवीय क्रियाकलाप निमूलसम्बन्धी विधेयक मंसिर ५ मा संसद् सचिवालयमा दर्ता गरेका छन् । विधेयक […]

२०७१ मंसिर १८ गते, बिहीबार

आज अपाङ्गता दिवस

काठमाडौं। ‘दिगो विकासका लागि प्रविधिमा प्रतिबद्धता’ भन्ने नाराका साथ आज अपाङ्गता दिवस मनाईंदैछ । राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीले नयाँ बन्ने संविधानमा अपाङ्गता भएका नागरिकको सवाललाई पहिचानसहित पहिलो प्राथमिकतामा राखी मौलिक हकको छुट्टै धारामा अनिवार्य समावेश गरिनुपर्ने, अपाङ्गता भएका व्यक्तिको राजनीतिक अधिकारको प्रतिनिधित्व र सहभागिताको अनिवार्य व्यवस्थाको सुनिश्चितता हुनुपर्ने माग गरेका छन् । यसै […]

२०७१ मंसिर १७ गते, बुधबार

बर्डफ्लुबाट सतर्क हुन आग्रह

काठमाडौं । बर्डफ्लु बाट बच्न आफूले पालेका पंक्षीलाई खुला रुपमा नछोड्न, घरपालुवा पंक्षीलाई जंगली चराको सम्पर्कमा आउन नदिन र मरेका पंक्षी तथा संक्रमित बस्तु जथाभावी नफाल्न सरकारले सबैमा अनुरोध गरेको छ ।छिमेकी राष्ट्र भारतमा बर्डफ्लु रोग देखिएकोले सतर्कता अपनाउन सरकारले यस्तो आग्रह गरेको हो । सार्वजनिक सूचना निकालेर पशु स्वास्थ्य निर्देशानलयले हाँस तथा कुखुरालाई मिसाएर […]

२०७१ मंसिर १६ गते, मंगलवार

विश्व एड्स दिवस मनाइदै

काठमाडौं । आज विश्व एड्स दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । एचआईभीको नयाँ संक्रमण, भेदभाव र एड्सबाट हुने मुत्युलाई शून्यमा पुर्‍याऔं भन्ने सन्देशका साथ नेपालमा पनि २७ औ विश्व एड्स दिवस मनाइदैछ । दिवसका अवसरमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाउने राष्ट्रिय एचआईभी एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जानकारी दिएको छ । समुदायसँग सहकार्य गदै […]

२०७१ मंसिर १५ गते, सोमबार