समाज

चक्रपथ अन्तराष्ट्रियस्तरको बनाइने

काठमाडौं ,३ पुस। आउदो तीन बर्षभित्र काठमाडौंको चक्रपथलाइ अन्तराष्ट्रियस्तरको बनाइने भएको छ ।तीव्र गतिमा सवारी चलाउन मिल्ने गरी चार लेनको सडक तथा ७/७ मिटर चौडाइका दुई-दुई लेनको सर्भिस ट्याक्क र सडकको दुवैतर्फ साइकल लेन, अनि दायाँ-बायाँ मनग्ये हरियाली बनाइने भएको छ ।पहिलो चरणमा कलंकीदेखि कोटेश्वरसम्म निर्माण सम्पन्न हुने ८ लेनको चक्रपथको तस्वीर हो यो । […]

२०७० पुष ३ गते, बुधबार

आजवाट उधौँली सुरु

काठमाडौं, २ पुस । किराँत समुदायको प्रमुख सांस्कृतिक चाड उधौँली आजबाट सुरु हुँदैछ । उधौँलीको अवसरमा आज सार्वजनिक विदा समेत दिइएको छ । सरकारले २०६५ सालदेखि उधौँली पर्वमा राष्ट्रिय विदा दिन थालेको हो । ललितपुरको हात्तीवनमा चारै किराँत समुदायका पूजारीले सामूहिक पुजाआजा गरेपछि यो पर्व सुरु हुन्छ ।किराँत समुदायमा मंशिरे पूर्णिमामा उधौँली र वैशाखे पूर्णिमामा […]

२०७० पुष २ गते, मंगलवार

आज योमह्र्री पुन्ही’

काठमाडौं, २ पुस । आज मार्गशुक्ल पूणिर्मा अर्थात धान्यपूर्णिमा पर्व मुलुकभर मनाइँदैछ । नेवार समुदायमा यसलाई योमह्र्री पुन्ही’ नामले मनाइने गरिन्छ । नेपाल सम्वत् अनुसार थिंलाथ्व पुन्ही अर्थात मार्ग शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई नेवार भाषामा योमी पुन्ही भनिन्छ । नेवार समुदायमा योमरी पुन्हीको विशेष महत्व छ । योमरी अर्थात सबैलाई मनपर्ने रोटी । […]

२०७० पुष २ गते, मंगलवार

निशुल्क पार्किङको योजना रोकियो

काठमाडौ, १ पुस – काठमाडौमा गर्न लागिएको निःशुल्क पार्किङको व्यवस्था पुनरावेदन अदालत पाटनको कारण तत्कालका लागि स्थगित भएको छ ।पार्किङबाट शुल्क उठाउँदै आएका क्लब, संघसंस्थाले दायर गरेको रिटमा पुनरावेदन अदालत पाटनले अर्को निर्णय नभएसम्म निःशुल्क पार्किङको व्यवस्था नगर्न आदेश दिएपछि स्थगित भएको हो । अदालतले स्पष्टीकरणका लागि महानगरपालिकालाई पुस ८ गते बोलाएको छ । अदालतको […]

२०७० पुष १ गते, सोमबार

दोलखा भीमसेनलाई पसिना आयो

दोलखा, ३० मंसिर ।दोलखा भिमसेनको शिरमा पसिना आएको छ। भिमसेनलाई अपरान्ह ३ बजेदेखि पसिना आएको हो। दिउँसोको राजपूजा गर्दा गर्दै पसिना आएपछि मन्दिरमा स्थानियहरुको भीड लागेको छ।दोलखा भीमसेनको मूर्तिमा पसिना आए देशमा अनिष्ट हुने जनविश्वास रहेको छ । यसअघि २०५८ सालमा राजपरिवार हत्याकाण्ड हुनुभन्दा एक महिनाअघि, २०६२/६३ सालको जनआन्दोलन भन्दा २६ दिन पहिले र १९९० […]

२०७० मंसिर ३० गते, आईतवार

ताप्लेजुङमा हावाहुरी

ताप्लेजुङ,३० मंसिर । ताप्लेजुङमा लगातारको हावाहुरीले नोक्सानी गर्न थालेपछि ताप्लेजुङबासी त्रसित बनेका छन् । गएराति २ बजेबाट आएको हावाहुरीले ताप्लेजुङको थुकिमा र नाल्बु गाविसका एक सयभन्दा बढी घरको छाना उडाउनुको साथै केही घर भत्काएको छ । थुकिमा गाविसमा मात्र ५० भन्दा बढी र नाल्बु गाविसमा ४० भन्दा बढी घरको छाना उडाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले […]

२०७० मंसिर ३० गते, आईतवार

ताप्लेजुङमा हिउ पर्यो

ताप्लेजुङ, २९ मंसिर । वर्षासँगै ताप्लेजुङमा हिमपात सुरु भएको छ । ताप्लेजुङको उत्तरी भेगका क्षेत्र ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला र फले लगायतका स्थानमा बाक्लो हिमपात भए पछि यहाँको जनजीवन प्रभावित वनेको छ ।स्थानियवासीहरुका अनुसार दुई फिट सम्म हिउँ जमेको छ भने पापुङ, खोक्लिङ लगायतका गाविसका उच्च भेगमा समेत हिमपात भएको छ । हिमपातकै कारण […]

२०७० मंसिर २९ गते, शनिबार

माडीमा रोकिएन हात्ती आतंक

काठमाडौं ,२७ मंसिर। चितवनको माडी अयोध्यापुरीमा हात्तीको आतंक अझै पनि रोकिएको छैन । अयोध्यापुरी ९ बाँदरझुलामा गएराति पुनः निकुञ्जबाट आएको हात्तीले दुई जनाको घर भत्काइदिएको छ । पदम बहादुर बि.क र प्रकाश सुनारको घर हात्तीले भत्काइ दिएको हो । तर मानवीय क्षति भने नभएको स्थानीय राजमान गुरुङ्गले जानकारी दिनुभयो । गाउँहरुको सक्रियतामा हात्तीलाई धपाउन सफल […]

२०७० मंसिर २७ गते, बिहीबार

अख्तियारको आखा ट्याक्सीमा

काठमाडौ, २६ मंसिर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्याक्सी व्यावसायीहरूले मिटर बिगारी बढी भाडा असुल गर्ने, मिटर नचलाई मनलागी रकम लिनेहरूमाथि कडा कारबाही गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिएको छ ।सर्वसाधारणसँग बढी रकम असुल गर्ने तथा निश्चित स्थान र समयपछि सेवा दिन इन्कार गर्ने सेवाग्राहीको गुनासो सम्बोधन गर्दै चालकहरूका त्यस्ता गतिविधि रोक्न आयोगले नेपाल गुणस्तर तथा […]

२०७० मंसिर २६ गते, बुधबार

महिला हिंसा विरुद्धको १६ दिने अभियान आज सकिँदै

काठमाडौं, २५ मंसिर – महिला माथि हुने हिंसा विरुद्ध सुरु गरिएको १६ दिने अभियान मंगलबार सकिँदैछ ।घर शान्ति नै विश्व शान्तिको आधार हो, महिला हिंसा विरुद्ध शून्य सहिष्णुता कायम गरौं नाराका साथ नोभेम्बर २५ तारिखदेखि सुरु गरिएको अभियान अन्तर्गत १६ दिन भरि नै विभिन्न जनचेतनामूलक कार्यक्रम गरिएका छन् ।सरकारी र गैरसरकारी क्षेत्रले हरेक वर्ष विभिन्न […]

२०७० मंसिर २५ गते, मंगलवार