समाज

आज बालाचतुर्दशी ,सतविज छरी मनाईंदै

काठमाडौ, १७ मंसिर – आज परिवारका मृतक व्यक्तिका नाममा बत्ती बाली र सतविज छरी बालाचतुर्दशी पर्व मनाईंदैछ ।आमा बाबु दिवंगत भएका छोराछोरीले काठमाडौंको पशुपति क्षेत्रको कैलाश र श्लेषमान्तक वनमा गई मृतक बाबुआमाका नाममा धान गहुँ जौ, मास मुगी, कागुनु सामा आदि अन्न मिलाइएको सप्तधान्ययुक्त सतबिज छर्ने चलन छ ।काठमाडौ बाहिरका शिव मन्दिरहरुमा पनि सोमबार सतविज […]

२०७० मंसिर १७ गते, सोमबार

डडेधुरामा बस दुर्घटना, १० जनाको घटना स्थलमै मृत्यु

डडेलधुरा, १६ मंसिर । डडेधुराको मेल खर्कमा बस दुर्घटना हुँदा १० जना मृत्यु भएको छ । बाजुराबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको बस डडेल्धुराको मेलखर्क भन्ने ठाउँमा दुर्घटना हुँदा १० जनाको घटना स्थलमै मृत्यु भएको हो ।मालिका यातायातको ना ५ ख ७८९ नम्बरको सो बस दुर्घटनामा ३० जना घाइते भएका छन् । जसमध्ये ७ जनाको अवस्था […]

२०७० मंसिर १६ गते, आईतवार

दलका दैलो चाहार्दै राजदूतहरु

काठमाडौँ । संविधानसभा निर्वाचनको पर्ूण्ा परिणाम आउँदा नआउँदै भारत, चीन, अमेरिकी र युरोपेली युनियनमा आबद्ध राष्ट्रका राजदूतहरु काँग्रेस, एमाले र एमाओवादीका नेताहरुको दैलो चाहर्न थालेका छन् । विभिन्न मुलुकका राजदूतहरु काँग्रेस, एमाले र एमाओवादीका नेताहरुलाई दैलो-दैलोमा गएर दर्शन भेट गर्न व्यस्त छन् । संविधानसभाको निर्वाचन परिणामपछि भारत र चीनसहित अमेरिकी र युरोपेली युनियनमा आबद्ध राष्ट्रका […]

२०७० मंसिर १५ गते, शनिबार

बस जुध्दा २३ घाईते

भक्तपुर, १४मंसिर – भक्तपुरको सल्लाघारीमा यात्रुबाहक बस एक आपमसमा ठोकिँदा २३ जना घाईते भएका छन् । कमल विनायकबाट काठमाडौं आउँदै गरेको बा ३ ख ६९७ बस र बा २ ख ८३०३ नम्बरको बस ठक्कर खादा २३ जना घाईते भएका हुन । बा ३ ख ६९७ नम्बरको बसका चालकलाई बसले च्यापेको र १५ मिनेटपछि उद्दार गरिएको […]

२०७० मंसिर १४ गते, शुक्रबार

सवारी दुर्घटनावाट २ जनाको मृत्यु, ४४ जना घाईते

नवलपरासि, १४मंसिर : नवलपरासिमा सवारी दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । ४४ जना घाईते भएका छन् । घाईते मध्ये ७ जनाको अवस्था गम्भिर छ । बाँकेको नेपालगञ्जबाट मनकामना मन्दिर दर्शनका लागि आउदै गरेको ना ४ ख ६३६८ नम्बरको बस पुर्वपश्चिम राजमार्ग अन्तर्गत तम्सरीया ४ मा आज बिहान ३ बजेतिर दुर्घटना भएको ईलाका […]

२०७० मंसिर १४ गते, शुक्रबार

हस्तकला व्यापार मेला सुरु

काठमाडौं, १२ मंसिर । हस्तकला व्यवसायीले हस्तकलाजन्य वस्तुहरुको निकासी बढाउन व्यवसायीको प्रतिस्पर्धात्मक क्षमता अभिबृद्धि गराउने खालको सुविधा दिन माग गरेका छन् । अन्तराष्ट्रिय बजारमा नेपाली हस्तकलाको प्रतिष्पर्धि क्षमता बढाउन व्यवसायीलाई १० प्रतिशत अनुदान र ४ प्रतिशतको सहुलियत दरमा ऋण उपलब्ध गराउन माग गरेका छन् । आजदेखि राजधानीमा सुरु भएको ११औं हस्तकला व्यापार मेला तथा नवौं […]

२०७० मंसिर १२ गते, बुधबार

गाग्री छोएको निहुँमा दलित महिलामाथी कुटपिट

पोखरा, ११ मंसिर – सार्वजनिक धारामा गाग्री छोएको निहुँमा दुर्व्यवहार गरेको आरोपमा कास्कीको लेखनाथमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । लेखनाथ नगरपालिका वडा नम्बर २ रिठ्ठेपानीकी सविता विश्वकर्मालाई कुटपिट र दुव्र्यवहार गर्ने स्थानीय रमा कुमाललाई प्रहरीले पक्रेको हो । सोमबार विहान सार्वजनिक धारामा पानी भर्ने क्रममा आफ्नो भाँडा छोएको भन्दै कुमालले विकमाथि कुटपिट गरेकी […]

२०७० मंसिर ११ गते, मंगलवार

लायन्सको अन्तर्राष्ट्रिय सम्मेलन मङ्सिर २० देखि

काठमाडौं, १० मंसिर । लायन्स क्लब इन्टरनेसनल मल्टिपल डिस्ट्रिक ३२५ को आयोजनामा काठमाडौंमा मङ्सिर २० देखि २३ सम्म क्षेत्रीय मञ्चको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । लायन्सको क्षेत्रमा भारत, दक्षिण एसिया, अफ्रिका तथा मध्यपूर्वका देशहरू संलग्न इसाम आरिया फोरम नाम दिएको सो सम्मेलनमा उक्त क्षेत्र अन्तर्गत पर्ने ६३ मुलुकसहित अन्य आमन्त्रितसमेत गरी १०० भन्दा बढी […]

२०७० मंसिर १० गते, सोमबार

दमकको दुम्सेमा आगलागी

झापा, ३ मंसिर। झापाको दमक-५ स्थित दुम्सेको नयाँ बस्तीमा गए राति आगलागी हुँदा नौ घर जलेर नष्ट भएको छन् । विद्युत् सर्ट भई आगलागी हुँदा सो बस्तीका नौ घर पूर्णरुपमा नष्ट भएको थियो । आगलागी भएको सो सुकुम्बासी बस्तीको अन्नपात, लत्ताकपडा तथा अन्य सरसामान सबै जलेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । आगलागीबाट करिब […]

२०७० मंसिर ३ गते, सोमबार

सामाचखेवा पर्व भब्य रुपमा मनाइदै

काठमाडौं, २८ कात्तिक । महोत्तरीलगायतका मिथिला क्षेत्रका गाउँनगर बस्तीमा अहिले यहाँको लोक सांस्कृतिक पर्व सामाचखेवाको कर्णप्रिय भाखा गुञ्जँदो छ । आफ्ना दाजुभाइको गुणगान समेटेर मिथिलानी (मिथिलाका नारी)ले गाएका कर्णप्रिय गीतले अहिले मिथिलाको परिवेश नै सामाचखेवा पर्वमा रमेको देखिँदो छ । हमर भैया’क् कोठीमे धान, चुगला कोठीमे भुस्सा… हमर भैया’क् मुहमें पान, चुगला मुहमे कोइला । […]

२०७० कार्तिक २८ गते, बिहीबार