समाज

आज लक्ष्मी पूजा

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ। आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाई गरी दीपावली गरिन्छ।लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण […]

२०८२ कार्तिक ४ गते, सोमबार

कबीर बाबा मन्दिरका पुजारीको हत्या

काठमाडौँ । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबीर बाबा मन्दिरका पुजारीको हत्या भएको छ । ७३ वर्षीय पुजारी रामदुलार साहको आज बिहान २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारीका परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिए ।गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए । अज्ञात समूहले पुजारीलाई सडकमा […]

२०८२ कार्तिक ३ गते, आईतवार

धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ।वनजंगलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाउन लागिएको हो।बिहान त्रयोदशी तिथि परेका दिन धनवन्तरी जयन्ती मनाउनुपर्ने भएकाले […]

२०८२ कार्तिक ३ गते, आईतवार

आज काग तिहार

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ ।बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए ।यमराजले लोकको खबर […]

२०८२ कार्तिक ३ गते, आईतवार

काठमाडौँमा राति ९ बजेपछि देउसी भैलोलगायतका कार्यक्रम गर्न निषेध

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले दीपावलीको अवसरमा राति ९ बजेपछि देउसी भैलोलगायतका कार्यक्रम नगर्न/नगराउन आग्रह गरेको छ।कार्यालयले मैनबत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन, आतिसबाजी, पटाका, भुइँचम्पा वा अन्य कुनै विस्फोटक तथा आगलागी हुने पदार्थको खरिद बिक्री, ढुवानी भण्डारण र प्रयोग नगर्न नगराउन सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ।दीपावलीको अवसरमा देउसीभैलोलगायतका कार्यक्रम गर्दा मर्यादित, […]

२०८२ कार्तिक २ गते, शनिबार

तिहार सुरु

काठमाडौँ । आजवाट यमपञ्चक अर्थात तिहार सुरु भएको छ । सामान्यतया पाँच दिनसम्म चल्ने यो पर्व यसपालि तिथिको भोग घटबढका कारण छ दिनको भएको छ। आज दिउँसो १ः२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ । यमदीपदान पनि आजैदेखि सुरु […]

२०८२ कार्तिक २ गते, शनिबार

आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस

काठमाडौँ । आज अक्टोबर १७ अर्थात् अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस । सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १७ का दिनलाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा मनाइँदै आएको छ। गरिबीको व्याख्या गर्दा संयुक्त राष्ट्रसंघले खाना, नाना र छानाको अभावमा रहेका नागरिक गरिब हुन् भनि व्याख्या गरेको छ । चरम गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी […]

२०८२ कार्तिक १ गते, शुक्रबार

ट्राफिक प्रहरीद्वारा ध्वनि प्रदूषण नियन्त्रण गर्न विशेष अभियान सुरु

काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण गर्न उपत्यका ट्राफिक प्रहरीले विशेष अभियान सुरु गरेको छ । चर्को आवाजमा हर्न बजाउने र मोटरसाइकलमा गैरकानुनी तरिकाले परिमार्जन गरिएको साइलेन्सर पाइप गरिएका सवारीसाधनका कारण उत्पन्न हुने ध्वनि प्रदूषणमाथि कडाइ गर्न यो अभियान सुरु गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।उपत्यका ट्राफिक प्रहरी कार्यालयका […]

२०८२ कार्तिक १ गते, शुक्रबार

मोटरसाइकल आपसमा ठोकिँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार दुई मोटरसाइकल आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ। अर्घाखाँचीको छत्रदेवमा गएराती भएको उक्त दुर्घटनामा अन्य दुई जना युवा घाइते भएका छन्। अर्घाखाँची छत्रदेव गाउँपालिका–१ सौरेखोला स्थित खर्ज्याङबाट दुर्गाफाँटतर्फ जाँदै गरेको लु ३३ प ६५४४ नम्बरको मोटरसाइकल र गुल्मी छत्रकोट गाउँपालिका–६ दौघाबाट जाँदै गरेको मोटरसाइकल आपसमा ठक्कर […]

२०८२ आश्विन ३० गते, बिहीबार

आज विश्व खाद्य दिवस

काठमाडौँ । आज अक्टोबर १६ अर्थात् ४५औं विश्व खाद्य दिवस मनाइदैछ । सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र सङ्घको २०औँ साधारण सभाले सङ्गठनको स्थापना भएको दिन अक्टोबर १६ मा खाद्य दिवस मनाउने प्रस्ताव पारित गरे अनुरूप सन् १९८१ देखि विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउँदै आइएको छ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन […]

२०८२ आश्विन ३० गते, बिहीबार