समाज

अवैध रूपमा अमेरिका छिरेका ८ जना नेपाली फिर्ता

काठमाडौँ । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ। अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले राससलाई जानकारी दिए। ‘अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको छ’, उनले […]

२०८० फाल्गुन ११ गते, शुक्रबार

गृह मन्त्रालयद्वारा सरकारी जग्गा हडपेको विवरण सङ्कलन गर्न निर्देशन

काठमाडौँ। गृह मन्त्रालयले सार्वजनिक एवं सरकारी स्वामित्वको जग्गा कसैले हडपेको भए त्यसको यकिन विवरण मन्त्रालयसमक्ष पेस गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सरकारी जग्गा अतिक्रमण हुन नदिन देशभरका प्रशासन कार्यालयलाई उक्त निर्देशन दिइएको जानकारी दिए। उनले पूर्ववत् सरकारी, सार्वजनिक, सन्धिसर्पन, ऐलानी कायम गर्ने प्रयोजनका लागि सोसम्बन्धी सत्य […]

२०८० फाल्गुन ११ गते, शुक्रबार

हल गोरु पाल्ने किसानलाई पाँच हजार अनुदान

काठमाडौँ । स्याङ्जाको वालिङ–५ वडा कार्यालयले हल गोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएकाले ‘हल गोरु पालन प्रोत्साहन एवं प्रवद्र्धनामत्मक’ कार्यक्रमअन्तर्गत किसानलाई पाँच हजार रूपैयाँ अनुदान उपलब्ध गराउने वडाअध्यक्ष छविलाल आलेले बताए ।हाते ट्र्याक्टर तथा प्रविधिको बढ्दो प्रयोगका कारण पुस्तौँदेखि चल्दै आएको हाम्रो परम्परा पनि हराउँदै गएकाले […]

२०८० फाल्गुन १० गते, बिहीबार

तमोर कोरिडोर चीनसँग जोडियो

काठमाडौँ । निर्माणाधीन तमोर कोरिडोर सडकले छिमेकी देश चीनलाई जोडेको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेप–ओलाङ्चुङगोला खण्डमा बाँकी रहेको ट्र्याक निर्माणको काम सम्पन्न भएसँगै तमोर कोरिडोरले चीनलाई जोडेको हो । तमोर कोरिडोर नेपालसँग छिमेकी देश चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दुरी भएको सडकका रूपमा लिने गरिएको छ ।तमोर कोरिडोर अन्तर्गत लेलेप–ओलाङ्चुङगोला सडक खण्डको जङ्गिन […]

२०८० फाल्गुन १० गते, बिहीबार

सम्पर्कमा नरहेका प्रहरीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन

काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्शालले सार्वजनिक सूचनामार्फत सम्पर्कमा नरहेका १८ जना प्रहरीहरुलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएको भन्दै सार्वजनिक सूचना जारी गरेर ७ दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिंदै अन्यथा सेवाबाट हटाइने चेतावनी समेत दिएको छ ।

२०८० फाल्गुन १० गते, बिहीबार

काठमाडौं महानगरपालिकाद्वारा ललिता निवास क्षेत्र ७ दिनभित्र खाली गर्न निर्देशन

काठमाडौँ । काठमाडौं महानगरपालिकाले ७ दिनभित्र ललिता निवास क्षेत्रको सरकारी जग्गा खाली गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ । महानगरपालिकालेआज एक सार्वजनिक सूचना जारी गर्दै ७ दिनभित्र ललिता निवासको जग्गाबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको हो ।विशेष अदालत, काठमाडौँको उक्त फैसलाबाट जफत सरकारी भएको काठमाडौँ महानगरपालिका वडा नं। ४ बालुवाटारस्थित ललिता निवास […]

२०८० फाल्गुन ९ गते, बुधबार

विष्णुमती करिडोरका अवैध संरचना हटाउन सुरु

काठमाडौँ । टोखा नगरपालिकाले विष्णुमति नदी करिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि त्यस आसपासमा निर्माण गरिएका अस्थायी संरचना डोजर लगाएर हटाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सार्वजनिक जग्गा मिचेर नदीको किनारामा निर्माण गरिएका संरचना डोजर लगाएर हटाइएर्को जानकारी दिए। टोखाले सार्वजनिक जग्गा संरक्षण गर्नका लागि वडा नं ४ का वडाअध्यक्ष धर्मेन्द्र श्रेष्ठको […]

२०८० फाल्गुन ८ गते, मंगलवार

जन्ती बोकेको बोलेरो दुर्घटना: दुई जनाको मृत्यु, १६ जना घाइते

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय तनहुँले जन्ती बोकेको बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु र १६ जना घाइते भएको जनाएको छ। मृत्यु हुनेमा आबुखैरेनी गाउँपालिका-६ का ७२ वर्षीय आशवीर गुरुङ र ब्यास नगरपालिका-९ गजौडी १७ वर्षीया तुलसी गुरुङ रहेका छन्। मिर्लुङबाट छापस्वारातर्फ जन्ती लिएर जाँदै गरको बा१८च ५९२१ नम्बरको बोलेरो आबुखैरेनी गाउँपालिका-१ थिराउनचौरस्थित बरादी हिलेखर्क […]

२०८० फाल्गुन ७ गते, सोमबार

केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु लागेको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम […]

२०८० फाल्गुन ७ गते, सोमबार

किसानले सडकमै पोखे दूध

काठमाडौँ । चितवनका दूध उत्पादक किसानहरुहरुले दूधको रकम भुक्तानी र विक्रीवितरण सहजीकरणको माग गर्दै भरतपुरको केन्द्रीय बसपार्क चोकमा दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । उत्पादित दूधले बजार नपाएको र विक्री भएको दूध तथा दुग्धजन्य पदार्थको भुक्तानी नपाएको भन्दैं किसानहरुले दूध सडकमै पोखेर विरोध जनाएका हुन् । चितवन जिल्ला दूध उत्पादक सहकारी संघको आह्वानमा जिल्लाका विभिन्न […]

२०८० फाल्गुन ६ गते, आईतवार