खेल

युरोकप २०२४ का लागि नेदरल्याण्डस, रोमानिया र स्वीजरल्याण्ड छनौट

काठमाडौँ । युरोकप २०२४ का लागि नेदरल्याण्डस, रोमानिया र स्वीजरल्याण्ड छनौट भएका छन्। गएराति सम्पन्न समूह बी अन्तर्गतको खेलमा नेदरल्याण्डसले आयरल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै युरोकपमा आफ्नो स्थान सुरक्षित गरेको हो। यो जितपछि नेदरल्याण्डको ७ खेलमा १६ अंक भएको छ र समुह बि मा दोस्रो स्थान पक्का गरेको छ।त्यस्तै स्वीजरल्याण्डले समुह आइ अन्तर्गतको खेलमा […]

२०८० मंसिर ३ गते, आईतवार

आईसीसी क्रिकेट विश्वकप : भारत र अष्ट्रेलिया भिड्दै

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकपको उपाधिका लागि आज भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । उक्त फाइनल खेल अहमेदवादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । भारतले पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै १२ वर्षपछि एकदिवसीय विश्वकपको फाइनलमा स्थान बनाएको हो । यस्तै अष्ट्रेलियाले दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई तीन […]

२०८० मंसिर ३ गते, आईतवार

फिफा विश्वकप फुटबलको छनौट : नेपाल युएईसँग पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबलको छनौट खेलमा नेपाल युएईसंग पराजित भएको छ । विश्वकप फुटबलका लागि एसियाली क्षेत्रको दोस्रो चरणको छनौटमा नेपाललाई युएईले ४–० ले हराएको हो । गएराति दुबईमा भएको खेलमा युएईले पहिलो हाफमै चार गोल गरेको थियो । युएईका लागि अली माब्खोउटले दुई गोल गर्दा खालिफा अल हमादी र फाबियो लिमाले एक एक […]

२०८० मंसिर १ गते, शुक्रबार

महिला टी–२० : नेपाल हङकङसंग भिड्दै

काठमाडौँ । चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल हङकङसित खेल्ने छ । उक्त खेल बिहान ११ः४५ बजे सुरु हुने छ । पहिलो खेलमा पराजित नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ । हङकङ भने पहिलो खेलमा बुधबार जापानसित विजयी भएको थियो । आजको खेल जितेमा हङकङले उपाधि भिडन्त पक्का गर्ने छ । […]

२०८० कार्तिक ३० गते, बिहीबार

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ कप्तानमा इन्दु बर्मा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तान परिवर्तन गरेको छ । क्यानले इन्दु बर्मालाई नयाँ कप्तानको जिम्मेवारी दिएको छ, यसअघि राष्ट्रिय महिला टोलीको कप्तानी रुविना क्षेत्रीले गर्दै आएकी थिइन् । रुविना टिममा परे पनि हङकङमा आयोजना हुने टी-२० सिरिजको कप्तानी इन्दुले गर्ने क्यानले जानकारी दिएको छ ।त्यस्तै टोलीमा उपकप्तान विन्दु रावल, […]

२०८० कार्तिक २४ गते, शुक्रबार

विश्वकप क्रिकेट: इङ्ल्यान्डद्वारा नेदरल्यान्ड्स पराजित

काठमाडौँ । आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा इङ्ल्यान्डले नेदरल्यान्ड्सलाई १ सय ६० रनको फराकिलो अन्तरले हराएको छ ।जितसँगै इङ्ल्यान्डले सन् २०२५ को च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना बढेको छ । हारसँगै नेदरल्यान्ड्सको विश्व कपमा सेमिफाइनल खेल्ने सम्भावना सकिएको छ । जितका लागि ३ सय ४० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ३७ ओभर २ बलमा १ सय ७९ […]

२०८० कार्तिक २३ गते, बिहीबार

विश्वकपमा छनोट भएका क्रिकेट खेलाडीलाई जनही १३ लाख

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अमेरिका र वेस्ट इन्डिजले आगामी वर्ष संयुक्त रुपमा आयोजना गर्ने विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । राखेप कार्यकारी समितिका संयोजक एवं सदस्य–सचिव टङ्कलाल घिसिङको अध्यक्षतामा बसेको बैठकले नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । बैठकले १५ […]

२०८० कार्तिक २२ गते, बुधबार

विश्वकप क्रिकेट: बंगलादेशद्वारा श्रीलंका पराजित

काठमाडौँ । भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले श्रीलंकालाई ३ विकेटले हराएको छ । दिल्लीमा टस हारेर पहिले व्याटिङ गरेको श्रीलंकाले अन्तिम ओभरमा अलआउट हुनुपूर्व २ सय ७९ रन बनायो । उसका लागि चरिथ असलंकाले १ सय ८ रन जोड्दा बंगलादेशका हसन सकिबले तीन विकेट लिए । जवाफमा २ सय ८० रनको लक्ष्य बंगलादेशले […]

२०८० कार्तिक २१ गते, मंगलवार

नेपाल टी–ट्वेन्टी विश्वकपका लागि छनौट

काठमाडौँ । नेपाल टी ट्वेन्टी क्रिकेट विश्वकपका लागि छनौट भएको छ। काठमाडौंको मूलपानी मैदानमा शुक्रबार भएको सेमिफाइनल खेलमा युएइलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपका लागि छनौट भएको हो । टस जितेर पहिले ब्याटिङ रोजेको युएइले २० ओभरमा सात विकेट गुमाउँदै नेपाललाई १३५ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १७ ओभरमा दुई विकेट […]

२०८० कार्तिक १७ गते, शुक्रबार

नेकपाका महासचिव विप्लव सी द्वारा नेपाली क्रीकेट टिमलाई बिजयको अग्रिम शुभकामना

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले नेपाली क्रीकेट टिमलाई बिजयको अग्रिम शुभकामना व्यक्त गरेका छन् ।महासचिव विप्लव सी ले शुक्रबार आफ्नो फेसबुक पेजमा एउटा स्टाटस लेख्दै आजको खेलमा नेपाली क्रीकेट टिमलाइ बिजयको अग्रिम शुभकामना दिएका हुन् । उनले लेखेका छन् – ‘आज नेपाली क्रिकेट टिमले इतिहास रच्नेदिन । आजको खेलबाट नेपाली क्रिकेट […]

२०८० कार्तिक १७ गते, शुक्रबार