खेल

राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवका लागि दरखास्त आह्वान

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिव पदका लागि विज्ञापन निकालेको छ । युवा तथा खेलकुद मन्त्रालयले शनिबार उक्त विज्ञापन प्रकाशित गर्दै राखेपको सदस्य सचिवका लागि दरखास्त आह्वान गरेको हो । तोकिएको न्यूनतम योग्यता पुगेका व्यक्तिले विज्ञापन प्रकाशित भएको मितिले एक हप्ताभित्र दरखास्त दिन सक्नेछन् । योग्य उम्मेदवारहरुमध्ये उत्कृष्टताका आधारमा राष्ट्रिय खेलकुद विकास ऐन, […]

२०७८ मंसिर ४ गते, शनिबार

क्यानको साधारण सभा पुस १४ देखि

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)को मंगलबार बसेको बोर्ड बैठकले पुस १४ र १५ गते साधारण सभा गर्ने निर्णय गरेको छ। बैठकले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षक छनोटका लागि संघका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा पाँच सदस्यीय छनोट समितिसमेत गठन गरेको छ। ओमानमा सेप्टेम्बरमा सम्पन्न विश्व क्रिकेट लिग दुईअन्तर्गत अमेरिका र ओमानविरुद्धको श्रृंखलापछि तत्कालीन […]

२०७८ मंसिर १ गते, बुधबार

कर्णालीे प्रदेशद्वारा सुर्खेतमा रङ्गशाला निर्माण सुरु

काठमाडौँ । कर्णालीे प्रदेश सरकारको लगानीमा सुर्खेतमा रङ्गशाला निर्माण सुरुवात गरिएको छ । रङ्गशाला निर्माणार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार मुख्यमन्त्री जीवनबहादुुर शाहीका उपस्थितिमा कर्णाली प्रदेश खेलकुद परिषद् र निर्माणको जिम्मा लिएको कम्पनी एमएसी÷जिएसएल जोइन्ट भेन्चुर कान्तिपथ काठमाडौँबीच आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा मुख्यमन्त्री शाहीले मुलुक विकासको मेरुदण्डका रुपमा कार्यरत प्राविधिक जनशक्तिले […]

२०७८ कार्तिक २९ गते, सोमबार

बंगलादेशमा मैत्रीपूर्ण क्रिकेट खेल्न गएका महिला क्रिकेट टोली बसबाट फर्कदै

काठमाडौँ । बंगलादेशको ढाकाबाट नेपाल फर्किने क्रममा विमान चढ्न नपाएपछि नेपाली महिला क्रिकेट टोली बस चढेर नै नेपाल फर्किन लागेको छ । बंगलादेशमा मैत्रीपूर्ण क्रिकेट खेल्न गएको नेपाली राष्ट्रिय महिला टोली कोभिड परीक्षणबिनै स्वदेश फर्किन ढाका विमानस्थल पुगेपछि विमान चढ्न नपाएका हुन् । पूर्वनिर्धारित हिमालय एयरलाइन्सको उडानबाट बिहीवार नेपाल फर्किन लागेको नेपाली महिला क्रिकेट टोलीलाई […]

२०७८ कार्तिक २६ गते, शुक्रबार

विश्वकप क्रिकेट : अष्ट्रेलिया र पाकिस्तान भिड्दै

काठमाडौं । आईसीसी टी–ट्वेन्टी विश्वकपको दोस्रो सेमिफाइनल खेलमा आज अस्ट्रेलिया र पाकिस्तान भिड्दैछन्। यी दुई टोलीबीचको खेल दुबईमा राति पौने ८ बजे सुरु हुनेछ। अस्ट्रेलिया समूह १ को उपविजेता हो भने पाकिस्तान समूह २ को विजेता हो। यी दुई टोलीबीचको विजेताले विश्वकपको उपाधिका लागि न्यूजिल्याण्डको सामना गर्नेछ। गएराति भएको खेलमा न्यूजिल्याण्डले इङ्ल्याण्डलाई ५ विकेटले पराजित […]

२०७८ कार्तिक २५ गते, बिहीबार

विश्वकप क्रिकेट : इङ्ल्याण्ड र न्यूजिल्याण्ड भिड्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज हुँदै छ।​ अबुधाबीमा हुने पहिलो सेमिफाइनलमा इङ्ल्याण्ड र न्यूजिल्याण्ड भिड्दैछन्। खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ। इङ्ल्याण्ड समूह वानको विजेता र न्युजिल्याण्ड समूह टु को उप-विजेताको हो।न्यूजिल्याण्डले भने समूह चरणमा पाकिस्तानसँग पराजित बनेपनि बाँकी टिमलाई हराएको थियो। इङ्ल्याण्डले यसअघि समेत टी–ट्वान्टी विश्वकप […]

२०७८ कार्तिक २४ गते, बुधबार

विश्वकप क्रिकेटको सेमिफाइनल खेल भोलि र पर्सि

काठमाडौं । टी–ट्वेन्टी विश्वकप क्रिकेटका सेमिफाइनलका खेल भोलि र पर्सि हुने भएका छन्। समूह चरणका खेल गएराति सकिएसँगै अब भोलि र पर्सि सेमिफाइनलका खेल हुने भएका हुन्। भोलि राति पौने ८ बजे अबुधाबीमा हुने पहिलो सेमीफाइनल खेलमा इङल्याण्ड र न्यूजिल्याण्ड भिड्नेछन्। त्यस्तै पर्सि राति दुबईमा हुने खेलमा अस्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप […]

२०७८ कार्तिक २३ गते, मंगलवार

विश्वकप क्रिकेटको सेमिफाइनलमा इंग्ल्याण्ड र अष्ट्रेलिया

काठमाडौँ । इंग्ल्याण्ड र अष्ट्रेलिया विश्वकप टी ट्वान्टी क्रिकेटको सेमिफाइनलमा पुगेका छन् । गएराति भएको खेलमा दक्ष्णिा अफ्रीकासँग १० रनले हारेपनि इंग्ल्याण्ड समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७९ रन मात्रै जोड्न सक्यो । जितका लागि […]

२०७८ कार्तिक २१ गते, आईतवार

क्रिकेटको मुख्य प्रशिक्षकका लागि ६० जनाको आवेदन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको जनाएको छ । आवेदन दिएका व्यक्तिहरूको छनोट समितिले केही दिनमा अन्तर्वार्ता लिइने छ । क्यानले यही कात्तिक १ गते मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको थियो ।मुख्य प्रशिक्षक डेभ वाट्मोरले राजीनामा दिएपछि अहिले नेपाली क्रिकेट टोली प्रशिक्षकविहीन छ । ओमानमा […]

२०७८ कार्तिक १५ गते, सोमबार

गणतान्त्रिक खेलकुद महासंघ रुपन्देहीको अध्यक्षमा थारु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीनिकट नेपाल गणतान्त्रिक खेलकुद महासंघ रुपन्देहीको प्रथम भेलाले रामबहादुर थारुको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति गठन गरेको छ । जसको उपाध्यक्ष श्याम दगामी, सचिव सुनिता बोगटी, सहसचिव अपिल थापा, कोषाध्यक्ष अरुण थारु र सदस्यहरुमा सागर विक, सन्दिप विक, योजित क्षेत्री, रवि विक, दर्शन विक, बिशाल भण्डारी, जमुना बोगटीलगायत रहेका छन् । […]

२०७८ कार्तिक १० गते, बुधबार