खेल

आज युएफा च्याम्पियन्स लिगको फाइनल खेल

काठमाडौं । पोर्चुगलको लिस्बनमा आज राती नेपाली समय अनुसार सवा १ बजे सुरु हुने युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनल खेलमा बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन (पिएसजी) भिड्दै छन । जर्मन फुटबल क्लब बायर्न म्युनिख छैटौं पटक उपाधि जित्ने अभियानमा छ । उता फ्रान्सको पिएसजी भने पहिलो पटक युरोपको च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ […]

२०७७ भाद्र ७ गते, आईतवार

युरोपा लिगको उपाधि सेभियाको पोल्टामा

काठमाडौं । गएराती जर्मनीको कोलोनमा भएको फाईनल खेलमा इटालीको इन्टर मिलानलाई ३–२ ले हराउँदै स्पेनिस फुटबल क्लब सेभियाले युरोपा लिग फुटबलको उपाधि छैठो पटक जितेर किर्तीमान बनाएको छ । खेलमा सेभियालाई विजयी गराउन लुक डे योङले दुई गोल गरे । इन्टर मिलानका लुकाकुले एक आत्माघाति गोल गरेका थिए । पराजित टोली इन्टरका लागि लुकाकु र […]

२०७७ भाद्र ६ गते, शनिबार

नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अभिषेक भारतीय क्लबमा आबद्ध

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अभिषेक रिजाल आइलिगको दोस्रो डिजिभन र कोलकाला लिग खेल्दै आएको भारतीय क्लब मोहम्मेदनसंग तीन वर्षका लागि अनुबन्धित भएका छन । उनको सम्झौता २०२० अगस्ट २० देखि लागू हुने सम्झौता गराउन भूमिका निर्वाह गरेका रविन चन्दले जानकारी गराए । मोहम्मदनले अभिषेकलाई एसियन कोटामा क्लबमा आबद्ध गराएको हो । कोलकाताको […]

२०७७ भाद्र ४ गते, बिहीबार

बार्सिलोनाले स्वारेज, ग्रिजमेनसहित ६ खेलाडी बेच्ने,

काठमाडौं । बार्सिलोनामा खेलाडी किनबेचको चर्चा चलेको छ । बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले बार्सिलोनालाई शुक्रबार भएको खेलमा ८-२ ले पराजित गर्यो । च्याम्पियन्स लिगको क्वाटर फाइनलमा बायर्न म्युनिखसँग ठूलो गोल अन्तरले भएसँगै बार्सिलोनाका प्रशिक्षक किके सेटिन बर्खास्त भै सकेका छन् । यसका साथै बार्सिलोनाले आफ्नो टोलीमा व्यापक परिवर्तन गर्ने उदेश्याले केही खेलाडी बेच्ने चर्चा चलेकाे […]

२०७७ भाद्र २ गते, मंगलवार

स्पेनिस क्लबका प्रशिक्षक सेटिएन बर्खास्त

काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोनाले गत जनवरी महिनामा अर्नेष्टो भालभर्देको स्थानमा नियुक्त भएका प्रशिक्षक किके सेटिएनलाई बर्खास्त गरेको छ । यसै साता युएफा च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्यूनिखसँग लज्जास्पद हार व्यहोरेपछि बार्सिलोनाले प्रशिक्षक सेटिएनलाई हटाउने निर्णय गरेको हो । बायर्नसँग ८–२ ले पराजित भएपछि बार्सिलोनाले च्याम्पियन्स लिगको इतिहासमै खराब किर्तमान आफ्नो नाममा […]

२०७७ भाद्र १ गते, सोमबार

धोनीद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौँ । भारतीय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका क्रिकेटर महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । धोनीले शनिबार साँझ इन्स्टाग्राममा एउटा पोस्ट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।उनले लेखेका छन्, ‘अहिलेसम्मको माया र समर्थनका लागि धन्यवाद । ७ : २९ बजेपछि मलाई रिटायर्ड खेलाडीका रुपमा लिनुहोला ।’ तर उनले कुन […]

२०७७ श्रावण ३२ गते, आईतवार

बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

काठमाडौं । गएराति भएको च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनल खेलमा बार्सिलोनाले बायर्न म्युनिखसंग लज्जास्पद हार व्यहोरेको छ । खेलमा बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखसंग ८–२ को लज्जास्पद हार ब्यहोरेको हो । बायर्नको जितमा थोमर मुलर र फिलिप कोटिन्होले समान २-२ गोल गरे । मुलरले चौथो र ३१ औँ तथा कोन्टिन्होले ८५ र ८९ औँ मिनेटमा गोल […]

२०७७ श्रावण ३१ गते, शनिबार

१३ औं सागमा भएको अनियमितताको छानविन हुने

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का विभिन्न खेल र खेलाडीको सामान खरिदमा भएको अनियमितताको छानबिन गरि कारबाही गर्न निर्देशन दिएको छ । मन्त्रालयमा शुक्रबार बसेको राखेपका उपलब्ध पदाधिकारीको बैठकमा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले साग खेलकुदको दौरान खेल र खेलाडी लागि खरिद गरिएको जुत्ता, म्याट लगायतका आधारभुत सामग्रीको दाखिला […]

२०७७ श्रावण ३१ गते, शनिबार

राष्ट्रिय फुटबल टिमका खेलाडीमा कोरोना संक्रमण !

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विश्वकप छनोट र एसियन कप छनोट खेल्ने ३४ खेलाडीको गरेको कोरोना परीक्षणमा एक जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ३३ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको बताइएको छ।फिफा विश्वकप छनोट र एसियन कप छनोटको प्रशिक्षण थाल्नु अघि एन्फाले कोरोना परीक्षण गराएको थियो । तर, टिमको प्रशिक्षण सुरु […]

२०७७ श्रावण ३० गते, शुक्रबार

लेप्जीग च्याम्पियन्स लिगको सेमिफाईनलमा

काठमाडौं । गएराति भएको क्वाटरफाईनल खेलमा स्पेनको एथ्लेटिको मड्रिडलाई २–१ ले हराउँदै जर्मन फुटबल क्लब आर.बी लेप्जीग च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । खेलमा लेप्जीगका लागि ड्यानियल ओल्माने र टाईलर एडम्सले एक एक गोल गरे । पराजित टोली एथ्लेटिकोका हुवाँ फेलिक्सले पेनाल्टीमर्फत एक गोल फर्काएका थिए ।लेप्जीगले अब सेमिफाईनलमा फ्रेन्च क्लब पेरिस […]

२०७७ श्रावण ३० गते, शुक्रबार