पर्यटन

पर्यटन मन्त्रालयमा वर्षमै पाँच मन्त्री फेरिएपछि…

काठमाडौँ, १७ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक वर्षमा पाँच र पाँच वर्षमा १२ मन्त्री फेरिएका छन् । अन्य मन्त्रालयका तुलनामा पर्यटन मन्त्रालय सबैभन्दा चाँडो मन्त्री फेरिनेमा अग ्रपङ्क्तिमा छ । यसले मन्त्रालयको योजना, नीति र कार्यक्रमको प्रभावकारिता र निरन्तरतामा असर पार्ने गरेको छ । मन्त्रालय तथा मातहत निकायको विकास र योजना […]

२०७४ असार १७ गते, शनिबार

पर्सा वन्यजन्तु आरक्षलाई निकुञ्ज घोषणा

काठमाडौं, १२ असार । सरकारले पर्सा वन्यजन्तु आरक्षलाई निकुञ्ज घोषणा गरेपछि प्रदेश नम्बर २ का नागरिक हर्षित भएका छन् । रोजगारीका अवसर बढ्ने, आन्तरिक र बाह्य पर्यटकले मधेसका सांस्कृतिक, धार्मिक, ऐतिहासिक पर्यटकीय स्थललाई नजिकैबाट नियाल्ने अबसर बढ्ने भन्दै नागरिक हर्षित बनेका हुन् । अब निकुञ्जमा आउने पर्यटकले बारा, पर्सा, सर्लाही, धनुषा, सिरहासम्मका ऐतिहासिक तथा धार्मिक […]

२०७४ असार १२ गते, सोमबार

शुक्लाफाँटा निकुञ्जमा कृष्णसार हेर्न आउनेको भीड

काठमाडौं, १० असार । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा छ वर्षअघि स्थानान्तरण गरेर ल्याइएका कृष्णसारको सङ्ख्या ६० पुगेको छ । वासस्थान र आहारमा सुधार गरिएपछि कृष्णसारको सङ्ख्यामा वृद्धि भएको हो । निकुञ्जको पूर्वी सेक्टर अर्जुनीका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीका अनुसार कृष्णसारका वयस्क भाले १८, पोथी १६, अर्ध वयस्क भाले आठ, पोथी दुई र एक […]

२०७४ असार १० गते, शनिबार

सालक संरक्षणका लागि क्यामेरा ट्रयापिङ

काठमाडौ, ८ असार । सङ्कटापन्न तथा लोपोन्मुख सालक संरक्षणका लागि काभ्रेपलाञ्चोकको एउटा सामुदायिक वनमा क्यामेरा ट्रयापिङ सुरु भएको छ । जिल्लाको पाँचखाल नगरपालिका ज्याम्दीस्थित बासखर्क सामुदायिक वन उपभोक्ता समितिको क्षेत्रमा सालकको वास्तविक अवस्था पहिचान गर्न क्यामेरा ट्रयापिङ सुरु भएको प्राकृतिक सम्पदा नेपालकी अनुसन्धानकर्ता प्रतिभा कसपालले जानकारी दिए । जिल्ला वन कार्यालय, धुलिखेलको समन्वयमा सुरु भएको […]

२०७४ असार ८ गते, बिहीबार

संरक्षणको पर्खाइमा ज्यामरुककोट

काठमाडौं, ५ असार । पाँच सय ७४ वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–२ मा अवस्थित पर्यटकीय, जैविक र सांस्कृतिक सम्भावनाले युक्त ऐतिहासिक र पुरातात्विकस्थल सरकारी उपेक्षा र स्थानीयको उदासीनताका कारण ओझेलमा परेको छ । सदरमुकाम बेनीबजारदेखि करिब चार किलोमिटरको दूरीमा रहेको ज्यामरुककोटमा पर्यटकलाई आकर्षित गर्नसक्ने प्रशस्त सम्भावना रहेका छन् । ज्यामरुककोटको कोटडाँडोबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ«ेलगायत […]

२०७४ असार ५ गते, सोमबार

देवी नाचको संरक्षण गर्न माग

काठमाडौ, ३ असार । देवी नाच प्रवद्र्धन तथा संरक्षण समितिले काठमाडौं महानगरपालिकाका मेयर, उपमेयरसहित चार वटा वडाका नवनिर्वाचित प्रतिनिधिलाई बधाई तथा शुभकामना दिएको छ । समितिले काठमाडौंमा कार्यक्रम गरी महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर १८, २०, २४ र २५ का जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिएको हो । समितिले जनप्रतिनिधिलाई बधाईसँगै […]

२०७४ असार ३ गते, शनिबार

चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल बढ्यो

काठमाडौं, २ असार । दुर्लभ वन्यजन्तुको वासस्थान रहेको चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफलमा वृद्धि भएको छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार निकुञ्जको क्षेत्रफल २०दशमलव ६३ वर्गकिलोमिटर बढेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए । यसअघि उक्त निकुञ्जको क्षेत्रफल ९३२ वर्गकिमी रहेकामा ३८ वर्षपछि क्षेत्रफल थपिएर अहिले ९५२दशमलव६३ वर्गकिमी भएको सूचना अधिकारी अर्यालको भनाइ छ । निकुञ्ज स्थापनापछि […]

२०७४ असार २ गते, शुक्रबार

सगरमाथाको उचाई नाप्न सुरु

काठमाडौँ, १ असार । नापी विभागले सगरमाथाको उचाई पुनः नाप्न शुरु गरेको छ । सन् १८५५ मा सर्वे अफ इण्डियाले नापेको उचाईलाई विभागले पुनः नाप्न लागेको हो । उदयपुरको बाँसघारीदेखि उचाइ मापन कार्य शुरु भएको विभागले जनाएको छ । एक सय ६२ बर्ष अघि सगरमाथाको उचाइ मापन गरिएको थियो । सोहीअनुसार हालसम्म (८,८४८ मिटर अर्थात् […]

२०७४ असार १ गते, बिहीबार

२५० औं सिन्धुलीगढी विजयोत्सवलाई भब्य बनाउने जनप्रतिनिधिको प्रतिवद्धता

काठमाडौं , २८ जेठ ।सिन्धुलीगढीमा तत्कालीन ब्रिटिस सैनालाई सिन्धुलीगढीमा गोर्खाली सेनाले परास्त गरेको सम्झनाको २ सय ५० औं विजयोत्सव भब्य रुपमा मनाउने स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । उनीहरुले ऐतिहासिक सिन्धुलीगढीको प्रबर्धनमा गर्दै आएको प्रयासलाई मन, बचन र कर्मले सघाउने प्रतिवद्धता जनाएका छन् । समृद्ध सिन्धुली नागरिक अभियानले राजधानीमा सिन्धुलीका स्थानीय तहका पदाधिकारीलाई […]

२०७४ जेष्ठ २८ गते, आईतवार

‘पर्यटन विकासले हुम्लालाई आत्मनिर्भर बनाउँछ’

काठमाडौं, २७ जेठ । पूर्वमन्त्री हुम्ला जिल्ला कर्णालीकै लागि पर्यटन विकासका लागि नमूना भएको बताएका छन् । हुम्लालाई विकासबाट कसैले रोक्न नसक्ने बताए । कर्णाली करिडोरमा सडक निर्माण गरेर जिल्लालाई पर्यटन क्षेत्रमा विकासको थप उचाईमा उठाउन हुम्लीहरु एकजुट हुनुपर्नेमा जोड दिए । शनिबार राजधानीको अनामनगरस्थित संवाद डबलीमा ‘हुम्ला जिल्लाको पर्यटन विकास र प्रवद्र्धन विषयक’ अन्तरक्रिया […]

२०७४ जेष्ठ २८ गते, आईतवार