पर्यटन

गाडीको ठक्करबाट १७ वन्यजन्तुको मृत्यु

काठमाडौं, ९ साउन । चितवनको टिकौली र आँपटारीका वन क्षेत्रका राजमार्गमा गत आर्थिक वर्षमा १७ वटा वन्यजन्तु सवारीसाधनकोे ठक्करबाट मरेका छन् । जिल्ला वन कार्यालय चितवनका प्रमुख केदार पौडेलका अनुसार पूर्व–पश्चिम राजमार्गको टिकौलीमा १२ वटा जनावर सवारीसाधनको ठक्करबाट मरेका हुन् । मरेका जनावरमा मृग र बँदेल रहेका छन् । वरण्डाभार वन क्षेत्रको बीचमा राजमार्ग पर्छ […]

२०७४ श्रावण ९ गते, सोमबार

एक वर्षमा २५ गैँडा मरे

काठमाडौं, ४ साउन । चितवन राष्ट्रिय निकुञ्ज तथा आसपास क्षेत्रमा गएको एक वर्षमा विभिन्न कारणले २५ वटा गैँडा मरेका छन् । चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले दिएको जानकारीअनुसार २१ वटा गैँडा प्राकृतिक कारणले मरेका भएपनि चारवटा गैँडा भने मानवीय कारणले मरेका हुन् । अघिल्लो वर्षको साउनदेखि अहिलेसम्म मरेका २५ गैँडामध्ये […]

२०७४ श्रावण ४ गते, बुधबार

डोलेश्वरमा श्रावणी मेला लाग्ने

काठमाडौँ, ३१ असार । भक्तपुरको धार्मिक तथा पर्यटकीयस्थल केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा भोलिदेखि श्रावणी मेला लाग्ने भएको छ । भदौ ६ गतेसम्म लाग्ने ३८ दिने श्रावणी मेलाका लागि आवश्यक तयारी पूरा भइसकेको केदारनाथको शीर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सचिव एवं प्रचार–प्रसार उपसमितिका संयोजक मोहन बल्लले जानकारी दिए । यो वर्षको मेलामा २० […]

२०७४ असार ३१ गते, शनिबार

संरक्षणको अभावमा गोल्डेन गेट कुरुप बन्दै

काठमाडौ, २८ असार । भक्तपुर दरबार स्क्वायरस्थित सुनको ढोका (गोल्डेन गेट)मा रहेको कलात्मक मूर्ति कुरुप बन्दै गएको छ । मूर्तिमा भक्तजनले पूजा गर्ने क्रममा सिन्दूर अबिर लगाउँदा मूर्ति खिइएर प्वाल परेपछि मूर्ति कुरुप बनेको हो । गोल्डेन गेटको दायाँबायाँ रहेको कलात्मक मूर्तिले ढोकाको सुन्दरता झल्काउने गरेको छ । ढोकाको दायाँबायाँ रहेको भैरव र कालीको मूर्तिमा […]

२०७४ असार २८ गते, बुधबार

प्राधिकरणको अवरोधका कारण उडान स्थगित

काठमाडौं, २७ असार । नेपाल उड्डयन प्राधिकरणको अवरोधका कारण राष्ट्रिय ध्वजावाहक नेपाल बायुसेवा निगमले विभिन्न चार गन्तव्यमा उडान स्थगित गर्ने भएको छ । भाडामा ल्याउन लागिएको भुटान एयरलाइन्सको जहाज पुरानो भएको भन्दै प्राधिकरणले रोक लगाएपछि निगमले दुई महिनाका लागि दोहा, क्वालालम्पुर, बेंग्लोर र नयाँ दिल्लीको एक उडान स्थगित गर्ने भएको छ । यसबाट निगमले १ […]

२०७४ असार २७ गते, मंगलवार

गोही गणनामा ड्रोनको प्रयोग

काठमाडौं, २५ असार । संरक्षित क्षेत्रमा हुनसक्ने चोरी शिकार एवम् अवैध गतिविधि नियन्त्रण गर्न बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलोपटक मानवरहित विमान (ड्रोन)को प्रयोग गरी गोहीको गणना गरिएकोे छ । तालतलैया तथा सिमसार क्षेत्र सर्वेक्षण गर्दा बबई नदीमा घडियाल गोहीको सङ्ख्या ४६, मगर गोहीको सङ्ख्या ३१ रहेको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण प्रमुख रमेशकुमार थापाले बताए । निकुञ्ज […]

२०७४ असार २५ गते, आईतवार

घडियाल गोहीको अस्तित्व संकटमा

काठमाडौं, २३ असार । आहारा खाँदै नखाने, दुब्लाउने, अनि मर्ने । सरसर्ती हेर्दा निकुञ्जमा प्रजनन गराइएका घडियाल गोहीका बच्चाको मृत्युको लक्षण यस्तो देखिन्छ । हरेक वर्ष यस्तै रोगको लक्षणले बच्चा मर्दै आएका छन् । प्रजनन गराइएका गोहीको मृत्युदर कुनै कुनै वर्ष ५० प्रतिशतसम्म पुगेको चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रका प्रमुख तथा सहायक संरक्षण अधिकृत […]

२०७४ असार २३ गते, शुक्रबार

नेवानिलाई अन्तर्राष्ट्रिय आइसागो प्रमाणपत्र

काठमाडौँ, २० असार । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले पहिलो पटक अन्तर्राष्ट्रियस्तरको आइसागो प्रमाणपत्र प्राप्त गरेको छ । निगमले उत्कृष्ट ग्राउन्ड ह्यान्डलिङ (भूमि सेवा) बापत अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय प्रमाणपत्रले निगमको सेवा अन्तर्राष्ट्रिय मापदण्डको भएको बताउँदै निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले यसले व्यावसायिक सफलतामा थप टेवा पुग्ने बताउनुभयो । ‘आइएटिएज सेफ्टी […]

२०७४ असार २० गते, मंगलवार

कालीगण्डकीमा जलयातायात अवरुद्ध

काठमाडौं, १८ असार । मुलुककै सबैभन्दा ठूलो जलविद्युत् केन्द्र कालीगण्डकी ‘ए’ निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जलयातायात (स्टिमर)वर्षायामसँगै अवरुद्ध भएको छ । नदीमा पानीको बहाव बढेपछि दुर्घटना बढ्ने खतराले असारको पहिलो सातादेखि नै स्टिमर बन्द गरिएको हो । यातायात सेवा अवरुद्ध भएपछि पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाले चार घण्टा लामो यात्रा गर्नुपरेको […]

२०७४ असार १८ गते, आईतवार

पर्वतारोहण संघमा ‘नियमविपरीत खर्च’

काठमाडौं, १८ असार । महालेखा परीक्षक कार्यालयले लेखाप्रणाली नियमविपरीत रकम खर्च गरेको भन्दै नेपाल पर्वतारोहण संघले असुल गर्दै आएको रोयल्टी खोस्न सरकारलाई आग्रह गरेको छ । ३५ प्रतिशत रोयल्टी नियमविपरीत खर्चेको र खर्चबारे मन्त्रालयबाट अनुगमनसमेत नभएकाले हिमालको रोयल्टी उठाउने काम विभागबाटै गर्न महालेखाले सुझाएको हो । महालेखाले २०७३ चैत ३० गते राष्ट्रपतिसमक्ष बुझाएको ५४ औं […]

२०७४ असार १८ गते, आईतवार