पर्यटन

दुर्लभ वन्यजन्तु ‘चौका’ भेटियो

काठमाडौं, २७ माघ । नेपाल र भारतमा मात्र पाइने दुर्लभ वन्यजन्तु चौका लमहीको नारायणपुर टिकुलीगढको वनमा भेटिएको छ । अंग्रेजीमा फोर हर्न एन्टिलोप नामले चिनिने सो जनावर नेपालको संरक्षित स्तनधारी जनावरमध्ये एक हो । एन्टिलोप समूहमा पर्ने चौकाको दुई जोडी सिङ हुने बताइएको छ । सोमध्ये पछाडिको सिङ अगाडिभन्दा लामो हुन्छ । नेपालमा हालसम्म यसको […]

२०७४ माघ २७ गते, शनिबार

बेसीशहर महोत्सव माघ २९ देखि

काठमाडौँ, २६ माघ । लमजुङको बेसीशहरमा माघ २९ देखि फागुन ८ गतेसम्म बेसीशहर महोत्सव हुने भएको छ । महोत्सवका लागि बेसीशहर बजारलाई ध्वजापताकाहरुले सजाईएको छ । महोत्सव सफल बनाउनका लागि ३५१ सदस्यीय मूल आयोजक समिति, १३ सदस्यीय कार्यसम्पादन समिति र ३१ वटा उपसमितिमार्फत काम गरिएको छ । महोत्सव आयोजक समितिका संयोजक प्रदिप बस्नेतले तयारी अन्तिम […]

२०७४ माघ २६ गते, शुक्रबार

मुस्ताङमा पर्यटकको संख्या बढ्यो

काठमाडौं, २५ माघ । हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङको भ्रमण गर्ने बाह्य पर्यटकको संख्या वृद्धि भएको छ । सन् २०१७ मा १३ हजार ४ सय ५८ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ईलाका संरक्षण क्षेत्र कार्यालय जोमसोमले जनाएको छ । यो संख्या सन् २०१६ को तुलनामा ३४ प्रतिशतले बढी भएको कार्यालयले […]

२०७४ माघ २५ गते, बिहीबार

‘रामदतिवन जलेश्वर धाम’ ओझेलमा

काठमाडौं, २१ माघ । कपिलवस्तुको वाणगंगा–९ मा रहेको ऐतिहासिक रामदतिवन धाम प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै आएको छ । पर्यटन प्रवद्र्धनको राम्रो वातावरण भएपनि उचित संरक्षण र प्रचारप्रसार नहुँदा सो धाम ओझेलमा पर्दै आएको हो । पूर्व–पश्चिम राजमार्ग वनगाई खार्खानदीदेखि सात किलोमिटर उत्तर विशाल जंगलभित्र अबस्थित ऐतिहासिक र पुरातात्विक महत्वको पवित्र तीर्थस्थलबाट बग्ने नदीलाई ‘श्रीराम दतिवन […]

२०७४ माघ २१ गते, आईतवार

लाटोकोसेरो तथा हुचिल उत्सव शुरु

काठमाडौं, १९ माघ । युवा सञ्जाल जिरी र प्रकृतिका साथी काठमाडौंको संयुक्त आयोजनामा दोलखाको जिरीमा दुई दिने नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०७४ शुरु भएको छ । संरक्षणको कमिका कारण संकटमा परेको लाटोकोसेरो तथा हुचिलको संरक्षणका लागि सो उत्सव शुरु गरिएको हो । यसले लाटोकोसेरो मात्र नभई अन्य जंगली जनवार तथा पंछीको समेत संरक्षणमा टेवा […]

२०७४ माघ १९ गते, शुक्रबार

६ महिनामा १७ गैँडा मरे

काठमाडौँ , १७ माघ । राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ६ महिनामा १७ वटा गैँडा मरेका छन् । कालगतिबाट मरेका गैँडामध्ये दुई बच्चासहित चार गैँडा बाढीपहिरोका कारण मरेका छन् । चोरी शिकारी भएको भए पनि बाढीसँगै जुँधेर, बुढो भएर र बच्चा जन्माउन नसकेर मरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए । निकुञ्ज क्षेत्रमा ३ र […]

२०७४ माघ १७ गते, बुधबार

तातोपानी कुण्डमा बिरामीको ओइरो !

काठमाडौं, १५ माघ । म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा नुहाउन पुग्ने बिरामीको भिड लागेको छ । जाडो सिजन सुरु भएसँगै बिरामीको चाप बढ्ने गरे पनि यो वर्ष गत वर्षको भन्दा दोब्बरले चाप बढेको हो । अघिल्लो हप्ता मात्रै तातोपानी कुण्डमा ६ सयभन्दा बढीले स्नान गरेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले जानकारी दिए । […]

२०७४ माघ १५ गते, सोमबार

फेवातालको संरक्षणका लागि ‘ अर्जुनदृष्टि’

काठमाडौं, ११ माघ । कास्की निर्वाचन क्षेत्र नं ३ (ख) का प्रदेशसभा सदस्य राजीव पहारीले फेवातालको संरक्षणका लागि आफ्नो अर्जुनदृष्टि रहने बताएका छन् । बुधबार आयोजित पत्रकार भेटघाटमा उनले स्थानीय, प्रदेश एवं केन्द्र सरकारको संयुक्त प्रयास एवं सरोकारवाला निकायको सहभागितामा फेवाताललाई पूर्ववत् अवस्थामा फर्काउने बताए । दिनप्रतिदिन फेवाताल साँघुरिँदै जानुका साथै प्राकृतिक एवं मानवीय अतिक्रमणको […]

२०७४ माघ ११ गते, बिहीबार

छ प्रजातिका चरा घटे

काठमाडौं, ८ माघ । चितवनको सिमसार क्षेत्रमा हालै गरिएको चरा गणनामा ६ प्रजातिका चरा घटेको पाइएको छ । पानीमा आश्रित चराको अवस्था पत्ता लगाउन यहाँ पुस अन्तिम साताबाट जलपक्षी (पानीचरा) को गणना शुरु गरिएको थियो । चरा गणनाको प्रतिवेदनबारे जानकारी दिँदै चरा विज्ञ तथा बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु विँडारीले हाँस प्रजातिका चरा फेला […]

२०७४ माघ ८ गते, सोमबार

काठमाडौंमा जाजरकोट महोत्सव

काठमाडौँ, ६ माघ । राजधानी काठमाडौंमा जाजरकोट महोत्सव हुने भएको छ । स्थानीय लोक संस्कृति, पर्यटनकीय स्थलको जानकारी दिन मेलाको आयोजना हुने लागेको हो । शुक्रबार काठमाडौँको संवाद डबलीमा आयोजित कार्यक्रममा मेलाबारे आयोजित अन्तरक्रिया कार्यक्रममा अगुवाहरुले जाजरकोट नराम्रो प्रचारबाट पीडित भएको बताए । उनीहरुले जाजरकोटको सम्भावनाबारे कहिल्यै छलफल नभएको गुनासो गरेका थिए । उनीहरुले गलत […]

२०७४ माघ ६ गते, शनिबार