पर्यटन

गोरु जुधाइ कार्यक्रममा १८ हल गोरुले प्रतिस्पर्धा गर्ने

काठमाडौँ, २७ पुस । बिगतका बर्षहरुमा जस्तै यस बर्षपनि नुवाकोटमा गोरु जुधाइ कार्यक्रम हुने भएको छ । ग्रामीण पर्यटनको विकास गर्ने उद्देश्यले माघ १ गते नुवाकोट जिल्लाको तारुकामा गोरु जुधाइ कार्यक्रम आयोजना गरिने भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजले विसं २०६२ देखि हरेक वर्ष नुवाकोटको तारुका–५ मा गोरु जुधाइ कार्यक्रमको आयोजना गर्दै आएको छ । […]

२०७३ पुष २७ गते, बुधबार

सिन्धुलीमा सामुदायिक होमस्टे

काठमाडौं, २६ पुस । सिन्धुली जिल्लामा पहिलो होम स्टे संचालनमा आउने भएको छ । होमस्टेको पूर्वाधार तयार गर्न समृद्ध सिन्धुली अभियानले सिन्धुली उद्योग बाणिज्य संघ र पर्यटन बोर्डसँग मिलेर स्थानीय बासिन्दालाई तालिम दिएको छ । ऐतिहासिक सिन्धुलीगढी घुम्न जाने पर्यटक लक्षित गरेर त्यसवरपरका क्षेत्रमा सामुदायिक होमस्टे संचालन गर्न लागिएको हो । संमृद्ध सिन्धुली अभियान र […]

२०७३ पुष २६ गते, मंगलवार

खिचरा महोत्सव पुस २८ देखि

काठमाडौं, २५ पुस । थारु संस्कृतिलाई जीवन्त दिन सहयोग पुगोस् भन्ने उद्देश्यले विगतका वर्षझैँ यस वर्ष पनि पुस २८ गतेदेखि निर्माणाधीन खैरहनी रङ्गशाला, गौचरनमा खिचरा महोत्सव हुने भएको छ । महोत्सवका सबै तयारी अन्तिम चरणमा पुगेको आयोजक थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ ले जनाएको छ । ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति भाषा […]

२०७३ पुष २५ गते, सोमबार

लोन्ली प्लानेटको छुटाउन नहुने गन्तव्यमा पुनहिल

काठमाडौं, १९ पुस । विश्वको प्रख्यात पर्यटन गाईड लोन्ली प्लानेटले नेपालमा घुम्नुपर्ने १० वटा गन्तव्यमा पहिलोपटक म्याग्दीको पर्यटकीयस्थल पुनहिल समावेश गरिएको छ । सन् २०१७ मा घुम्नु पर्ने विश्वका पाँचाौं उत्कृष्ट गन्तव्यमा नेपाल परेपछि नेपालभित्रका १० वटा गन्तव्यमा घार गाविसअन्तर्गत पर्ने घोरेपानी तथा पुनहिलमा एकपटक पुग्नैपर्ने भनी व्याख्या गरिएको छ । दक्षिण एसियाबाट नेपाल मात्रै […]

२०७३ पुष १९ गते, मंगलवार

सगरमाथा क्षेत्रमा पर्यटक ३३ प्रतिशत वृद्धि

काठमाडौं, १८ पुस । सगरमाथा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या सन् २०१५ को तुलनामा सन् २०१६ मा ३३.६६ प्रतिशतले वृद्धि भएको छ । सन् २०१५ मा २७ हजार ४६५ पर्यटकले सगरमाथा क्षेत्रमा भ्रमण गरेकोमा सन् २०१६ मा ३६ हजार ६९४ ले भ्रमण गरेको पर्यटन प्रहरी कार्यालय लुक्लाका प्रहरी सहायक निरीक्षक सरयुग महतोले जानकारी दिए । […]

२०७३ पुष १८ गते, सोमबार

पोखरामा सडक महोत्सव

काठमाडौं, १६ पुस । १८ औं पोखरा सडक महोत्सव सुरु सुरु भएको छ । महोत्सव ‘ सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं ‘भन्ने नाराका साथ लेक साइडमा सुरु भएको हो । साढे ३ किलोमिटर सडकमा सवारी साधन समेत निषेध गरी आयोजना गरिएको महोत्सवमा विदेशी पर्यटक त झुम्ने गरेकै छन् त्यसमाथि देशका विभिन्न जिल्ला तथा शहरबाट […]

२०७३ पुष १६ गते, शनिबार

ठोरीमा पर्यटकहरूको ओइरो

काठमाडौं , १५ पुस । जाडो मौसम बढेसँगै भारतीय एवं आन्तरिक पर्यटकहरूले ठोरीको पर्यटकीय स्थलहरू भरिभराउ हुन थालेका छन् । विशेष गरेर भारतीय एवं आन्तरिक पर्यटकहरू यस याममा वनभोज खान आउने गरेकाले राईधारा, रानीवन, बुलबुले, क्यामुना घारीलगायत वनभोज स्थल भरिभराउ भएको वनशक्ति युवा क्लबका अध्यक्ष धीरसिंह घिमिरेले जानकारी दिए । जाडो मौसम भए पनि यहाँको […]

२०७३ पुष १५ गते, शुक्रबार

कृषि होमस्टेमा पर्यटकको आकर्षण बढ्दो

काठमाडौं, १४ पुस । पाल्पाको खस्यौली–७ हिरापोखरामा रहेको कृषि होमस्टेमा पर्यटकको आकर्षण बढ्दै गएको छ । सिर्जना फार्म प्रालिद्वारा सञ्चालित कृषि होमस्टेमा पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटकको ह्वात्तै आकर्षण बढ्न थालेको हो । विगत चार वर्षअघिबाट सञ्चालनमा आएको यस होमस्टेमा गाउँमै उत्पादित कृषिजन्य वस्तुको स्वादिला परिकारको स्वादमा रमाउन आन्तरिक पर्यटकसँगै हिजोआज विदेशी पर्यटकको घुइँचो […]

२०७३ पुष १४ गते, बिहीबार

कोसी टापुमा पर्यटक निषेध

काठमाडौं, १३ पुस । पूर्वाञ्चलको प्रसिद्ध पर्यटक क्षेत्रका रुपमा रहेको कोसी टापु वन्यजन्तु आरक्षमा पर्यटक आगमनमा निषेध गरिएको छ । आरक्षको जङ्गल क्षेत्रबाट दैनिकरुपमा जङ्गली हात्ती आएर बितन्डा मच्चाउने गरेका कारण आन्तरिक पर्यटक आगमनमा निषेध गरिएको कोसी टापु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ । हात्ती आतङ्कका कारण यहाँ अवलोकन गर्न आउने पर्यटकमा मानवीय खतरा बढेकाले […]

२०७३ पुष १३ गते, बुधबार

पोखरामा सडक महोत्सव हुदै

काठमाडौं, १३ पुस । पर्यटकीय सहर पोखरामा आजदेखि १८ औ सडक महोत्सव हुदै छ । पोखराको फेवाताल किनारको कोमागाने पार्कमा आयोजना हुने महोत्सव आगामी पुस १७ गते सम्म सञ्चालन हुने छ । महोत्सवको आज सहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उक्त महोत्सव आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले […]

२०७३ पुष १३ गते, बुधबार