पर्यटन

चार वटा पाटे बाघ मारिए

काठमाडौं, ६ पुस । बन्यजन्तु अपराध नियन्त्रण शाखाका डिएसपी प्रविण पोखरेलका अनुसार यस वर्ष बर्दियामा चार वटा पाटे बाघ मारिएको पुष्टि भएको छ । बाघको दिसा र छालाको आधारमा डीएनए परीक्षण गर्दा बर्दियाका विभिन्न स्थानमा चार वटा पाटे बाघ मारिएको तथ्य पत्ता लागेको हो । डिएसपी पोखरेलले मध्य तथा सुदूरपश्चिम क्षेत्रमा यस वर्ष आठ वटा […]

२०७२ पुष ६ गते, सोमबार

कर्णालीको डल्फिन संकटमा

काठमाडौँ । बर्दिया र कैलाली जिल्लाको सीमानामा पर्ने कर्णाली नदी अतिक्रमणको चपेटामा पर्दा विश्वकै एकमात्र उच्च स्थानमा पाइने कर्णालीको डल्फिन संकटको अवस्थामा पुगेको छ । कर्णाली नदी तटीय क्षेत्र अतिक्रमणका कारण उत्सर्जित फोहरले कर्णालीका जलचर गंगेटिभ डल्फिन मात्र होईन बर्दिया राष्ट्रिय निकुञ्जका थलचर वन्यजन्तुलाई समेत असर पुगेको छ । पश्चिम नेपालकै पर्यटकिय गन्तव्यको रूपमा परिचित […]

२०७२ पुष ५ गते, आईतवार

पोखरा सडक महोत्सब पुष १३ गतेबाट

काठमाडौँ । अगामी पुष १३ गतेबाट १७ औ संस्करणको पोखरा सडक महोत्सब हुने भएको छ । देशको विद्दमान परिस्थितिका वावजुत पोखराका पर्यटन व्यबसायी र आयोजक टिमले महोत्सबको तयारी भब्य रुपले गरिरहेको छ । “सकडकमै खाँउ, सडकमै नाचौं, सडकमै रमाऔं ” भन्ने मुल नाराका साथ अगामी पुष १३ गतेबाट पोखरामा संचालन हुने महोत्सवको तयारी लगभग लगभग […]

२०७२ पुष १ गते, बुधबार

प्याराग्लाइडिङ अनिश्चितकालका लागि बन्द

काठमाडौं, २८ मंसिर । नागरिक उड्डयन प्राधिकरण पोखरा र नेपाल हवाई खेलकुद संस्थाबीच उडान अनुमति शुल्कको विषयमा विवाद भएपछि पोखरामा सञ्चालित प्याराग्लाइडिङ अनिश्चितकालका लागि बन्द भएको छ । उडान अनुमतिको लागि व्यावसायिक पाइलटले यसअघि बुझाउँदै आएको मासिक ९ हजार ४० रुपैयाँ शुल्क नतिरेकाले उडान भर्नमा रोक लगाएको नागरिक उड्डयन कार्यालय पोखराले जनाएको छ । तर […]

२०७२ मंसिर २८ गते, सोमबार

अन्तुमा पर्यटन केन्द्र निर्माण

काठमाडौँ । इलाम जिल्लाको प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित अन्तुमा पर्यटकलाई लक्ष्यित गरी अन्तु पर्यटन केन्द्रको निर्माण गरिएको छ । पर्यटक आकर्षणका लागि पर्यटन केन्द्रअन्तर्गत भ्यूटावर, कोसेली घर, उद्यान, शौचालय निर्माण सम्पन्न गरिएको छ । पर्यटन क्षेत्रमा काम गर्दै आएको मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको करिब ३५ लाखको लागतमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको समितिका […]

२०७२ मंसिर २६ गते, शनिबार

विश्वकाे उत्कृष्ट गन्तब्य सूचीमा नेपाल पनि

काठमाडौं । पर्यटनसम्बन्धी बिश्वप्रसिद्ध प्रकाशन ‘नेसनल जियोग्राफिक ट्राभलर’ले सन् २०१६ मा घुम्नैपर्ने ठाउँको सूचीमा नेपाललाई पनि राखेको छ ।सन् २०१६ मा छुटाउनै नहुने ‘कुल’ गन्तब्यको सूचीमा नेपाल छैटौ नम्बरमा परेको छ । ‘महाभूकम्पका कारण नेपाल जाने पर्यटकको संख्यामा ८५ प्रतिशतले कमी आए पनि यो देश घुम्नका लागि सुरक्षित र ब्यबसायका लागि खुला छ’ म्यागेजिनले भनेको […]

२०७२ मंसिर २३ गते, बुधबार

आज अन्तर्राष्ट्रिय उड्डयन दिवस

काठमाडौ, २१ मंसिर । आज डिसेम्बर ७ , अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । प्रत्येक वर्षको डिसेम्बर ७ तारिखमा विश्वभर मनाइने यो दिवस नेपालमा पनि मनाउने गरिएको छ । हवाइ यात्रालाई सुरक्षित बनाउन सबैलाई जागरुक गर्दै हवाइ यात्राको पहुँच विस्तार गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । हवाई […]

२०७२ मंसिर २१ गते, सोमबार

लमजुङमा मह सिकार महोत्सव हुन सकेन

काठमाडौं, २१ मंसिर । पाँच वर्षसम्म निरन्तर आयोजना गरिएको ‘हनी हन्टिङ’ मह सिकार महोत्सव यस वर्ष भने हुन सकेको छैन । लगातारको तराई बन्दका कारण इन्धन अभाव भएपछि लमजुङका गाउँ गाउँमा हुने मह सिकार महोत्सव हुन नसकेको हो । गत वर्षहरुमा कात्तिक महिनामा हुने मह सिकार महोत्सव मङ्सिर सकिन लाग्दासमेत हुन सकेको छैन । कहाली […]

२०७२ मंसिर २१ गते, सोमबार

भूतपोखरीको अनुसन्धान गर्न माग

काठमाडौँ । ताप्लेजुङको पापुङस्थित तोक्पेगोलामा रहेको भूतपोखरीको अनुसन्धान गर्न स्थानीयले माग गरेका छन् । भूतपोखरी पछिल्लो समय पर्यटक र अनुसन्धानकर्ताका लागि आकर्षक स्थल बन्न थालेपछि स्थानीयले यस्तो माग गरेका हुन् । सदरमुकामदेखि दुई दिनको पैदल यात्रामा मात्र पुग्न सकिने यो पोखरीको बीचको पुरै भाग कालो रहेको छ भने बाहिरबाट आएको पानीको निकास समेत नभई यहि […]

२०७२ मंसिर २० गते, आईतवार

संरक्षणको पर्खाइमा सूर्यकुण्ड

काठमाडौँ । श्रीस्वस्थानी व्रतकथासँग धार्मिक महत्व जोडिएको ऐतिहासिक सूर्यकुण्डको अझै पनि संरक्षण हुन सकेको छैन । अतिक्रमणको चपेटामा रहेको तानसेन नगरपालिका– ११ प्रभाषमा अवस्थित सूर्यकुण्ड वरिपरि निजी क्षेत्रका भवन निर्माण हुँदा यसको क्षेत्रफल साँघुरिदै गई धार्मिक महत्व अस्ताउँदै गएको छ । कमलपोखरीको आडमा रहेको सूर्यकुण्ड २४ रोपनी क्षेत्रफलमा फैलिएको छ । हिन्दू धर्मग्रन्थअनुसार श्रीस्वस्थानीको मुख्य […]

२०७२ मंसिर १९ गते, शनिबार