शुक्लाफाँटामा गैंडा गणना सुरु
काठमाडौं, ४ वैशाख । कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा आजदेखि गैंडा गणना सुरु भएको छ ।शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले भन्नुभयो,“हप्ता, दश दिनमा गणना गरिसक्छौँ, गणनाका लागि स्थानीय कर्मचारी टोली नै खटिन्छ ।” गणना कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष र विश्व वन्यजन्तु कोष, तराई भू–परिधि कार्यक्रमको सहकार्य रहेको आरक्ष कार्यालयले जनाएको छ […]
२०७२ बैशाख ४ गते, शुक्रबार