पर्यटन

काठमाडौमा चन्द्रमाको चट्टान प्रदर्शनी

काठमाडौ,१३ भदौ – काठमाडौमा पहिलोपटक आजदेखि चन्द्रमाको चट्टान प्रदर्शनमा राखिने भएको छ । एभरेष्ट साइन्स सेन्टरले अमेरिकी अन्तरिक्ष संस्था नासाको सहयोगमा राष्ट्रिय सभा गृहमा ३ अर्ब ७५ करोड वर्ष पुरानो चट्टान सहितको विज्ञान प्रदर्शनी गर्न लागेको हो । प्रदर्शनी एक महिनासम्म चल्ने आयोजक संस्थाले जनाएको छ । अन्तरिक्षमा पहिलो पटक पाइला टेक्ने अमेरिकी अन्तरिक्षयात्री निल […]

२०७० भाद्र १३ गते, बिहीबार

रातो माछा लोप हुँदै

खोटाङ, ११ भदौ – खोटाङको बराहपोखरीमा पाइने रातो माछा लोप हुँदै गएको छ ।बराहपोखरी गाविसको पोखरीमा पाइने संसारकै दुर्लभ रातो माछा संरक्षणको अभावमा लोप हुँदै गएको हो । स्थानीय वासिन्दाले साँझको समयमा लुकीछिपी माछा मार्ने गरेको र पानी हाँसले पनि खाने गरेका कारण बराहपोखरीमा भएका रातो माछा हराउँदै गएको हो । दुर्लभ रातो माछा संरक्षणकालागि […]

२०७० भाद्र ११ गते, मंगलवार

विग्रिएको नगरा आजदेखि बजाईंदै

काठमाडौं, ९ भदौ – काठमाडौंको हनुमानढोका अगाडि रहेको दुईवटा ठूला नगरा अर्थात दमाहा आजदेखि बजाईंदैछ ।दैनिक पूजा वा विशेष अवसरमा घण्टासँगै बजाइने नगरा बिग्रिएका कारण एकवर्षदेखि बजाउन सकिएको थिएन । आजदेखि घण्टा र दमाहा बजाउने परम्पराले निरन्तरता पाउने हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।आजदेखि हरेक दिन विहान ९ बजेदेखि घण्ट […]

२०७० भाद्र ९ गते, आईतवार

सुनको ढोका प्रदर्शनीमा

काठमाडौ, ९ भदौ । काठमाडौको इटुंबहालमा सुनको ढोका प्रदर्शनीमा राखिएको छ ।चार दिनसम्म प्रदर्शनमा राखिने उक्त ढोकाको ऐतिहासिक महत्व रहेको इटुंबहालका पुजारी रवी शाक्यले जानकारी दिए ।राजाहरुको राज्यभिषेकका अवसरमा उक्त ढोका हनुमानढोका लगिने र राज्याभिषेकअघि त्यस ढोकाबाट छिरेर बाहिर निस्कनुपर्ने प्रचलन रहेको इटुंबहालस्थित केशवचन्द्र आजु द्यः गुठीका गुठीयार सानु शाक्यले जानकारी दिए ।उनका अनुसार श्वेतकाली, […]

२०७० भाद्र ९ गते, आईतवार

पर्यटक आगमनमा सामान्य वृद्धि

काठमाडौं, २० साउन । जुलाई महिनामा हवाई मार्ग भएर नेपाल आउने पर्यटकको संख्यामा सामान्य बृद्धि आएको आएको छ । यस वर्षको जुलाई महिनामा जम्मा ३८ हजार ५ सय ६० जना पर्यटक हवाईमार्ग भएर नेपाल आएको त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयको तथ्यांक रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार गत वर्षको जुलाई महिनाको तुलनामा यस […]

२०७० श्रावण २० गते, आईतवार

घडिअर्वा पोखरीको कान्तबिजोग

काठमाडौँ । वीरगन्ज नगरको मुख्य पर्यटकीयस्थलको रूपमा चिनिने घडिअर्वा पोखरी परिसर दिनप्रतिदिन जर्ीण्ा बन्दै गएको छ । मुलुककै पहिलो र एक मात्र म्युजिकल फाउन्टेनका कारण चिनिने वीरगन्जको घडिअर्वा पोखरी परिसर आठ महिनादेखि अन्धकारमय भएको छ । घडिअर्वा पोखरीको मुख्य आकर्षा म्यूजिकल फाउन्टेन आठ महिनादेखि चलेको छैन । फाउन्टेनको रंगिन पानी त परै जाओस् पोखरीको पानीमा […]

२०७० श्रावण १९ गते, शनिबार

बौद्धमा रोपाइँजात्राको तयारी

काठमाडौँ । बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रको मौलिक पर्व गाईजात्रा एवं रोपाइँजात्रालाई भव्यरूपमा सम्पन्न गर्न तयारी थालेको छ ।बौद्ध स्तूप परिसरको रोडहाउस क्याफेमा पत्रकार सम्मेलन गरी गाईजात्रा तथा रोपाइँजात्रा मूल समारोह समितिले भदौ ७ गते मनाइने जात्राका कार्यक्रमबारे जानकारी गरायो । बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष तथा गाईजात्रा तथा रोपाइँजात्रा मूल समारोह समितिका संयोजक […]

२०७० भाद्र १ गते, शनिबार

महाभारतकालिन पुरातात्विक वस्तु फेला

बैतडी , ३१ साउन – बैतडी सदरमुकामा नजिकै दक्षिणपट्टी रहेको देवलहाँटमा हजारौँ वर्ष पुराना पुरातात्विक महत्वका वस्तु फेला परेका छन् । परापूर्वकालमा निर्माण गरिएका देवलको जीर्णोद्धार गर्नेक्रममा सुन, चाँदी, तामा, माटो, फलाम, पित्तललगायतका धातुका दर्जनौँ भाडावर्तन फेला परेका हुन् । आजभन्दा करिब पाँच हजार वर्ष पहिला महाभारतमा कौरव पाण्डव युद्धको पौराणिक कथाको इतिहाससँग जोडिएको देवलहाँटस्थित […]

२०७० श्रावण ३१ गते, बिहीबार

चमेरा संरक्षण अभियान सुरु

काठमाडौ , ३० साउन – चमेरा दिनानुदिन लोप हुन थालेकाले कपिलवस्तु नगरपालिका ४, देबानगढीयाको एक हेक्टरलाई संरक्षण क्षेत्र घोषणा गरिएको छ । देबानगढीयास्थित राधादेवी रायमाझीको स्वामित्वमा रहेको पोखरीको डिलमा रहेका १ दर्जन रूखमा ५ सय हाराहारी चमेरा बसेका छन् ।ठूलो संख्यामा चमेरा पाइएकाले संरक्षण क्षेत्र घोषणा गरिएको बरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए । डब्लूडब्लूएफ […]

२०७० श्रावण ३० गते, बुधबार

बढ्यो बाघको संख्या

काठमाडौं, १४ साउन – चौथो अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर सौराहामा सार्बजनिक गरिएको तथ्याङ्क अनुसार चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा १ सय २०, बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा ५०, शुक्लाफाँटा बन्यजन्तु आरक्ष र आसपासको क्षेत्रमा १७ पर्सा बन्यजन्तु आरक्ष र आसपासको क्षेत्रमा ७ र बाँके राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा ४ गरि नेपालभर […]

२०७० श्रावण १४ गते, सोमबार