पर्यटन

पाटे बाघ नियन्त्रणमा !

काठमाडौँ । बर्दिया राष्ट्रिय निकुञ्ज तथा एनटीएनसी बर्दिया र वन कार्यालयको सयुक्त टोलीले पाटे बाघ नियन्त्रणमा लिइएको छ । बर्दिया मधुवन नगरपालिका वडा नम्वर १ सूर्यपटुवाको गणेशपुर सिसनिया सामुदायिक वन उपभोक्ता समूहबाट बाघ नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिईएको बाघ निकुञ्जमा लगिएको छ । खाता जैविक मार्गम यस भन्दा पहिले पनि एउटा बाघ समातिएको थियो […]

२०७९ जेष्ठ २७ गते, शुक्रबार

रेसुङ्गा विमानस्थल निर्माण कार्य अन्तिम चरणमा

काठमाडौँ । रेसुङ्गा विमानस्थल सहायक आयोजना प्रमुख दिनेश परियाले गुल्मीस्थित रेसुङ्गा विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताएका छ । २०६३ सालदेखि निर्माण सुरु भएको विमानस्थलको टर्मिनल भवन र धावनमार्गको काम लगभग सकिएको छ भने टावर निर्माणको काम अझै बाँकी छ । हाल विमास्थलमा वरिपरि टेवा पर्खाल, धावन मार्गको कालोपत्रे, वाह्य ढल निर्माण, टर्मिनल भवन […]

२०७९ जेष्ठ २२ गते, आईतवार

पाँच महिनामा दुई लाख पर्यटक भित्रिए !

काठमाडौं । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२२ को पाँच महिनामा झण्डै दुई लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । बोर्डले अध्यागमन विभागलाई उद्धृत गर्दै उपलब्ध गराएको तथ्याङ्कअनुसार पाँच महिनामा एक लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका हुन् । पछिल्लो मे महिनामा ५३ हजार ६०८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । […]

२०७९ जेष्ठ २० गते, शुक्रबार

हेलिकोप्टरमा दुई पाइलट अनिवार्य !

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ ।एउटा मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि प्रस्ताव तयार पारेर सात दिनभित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जीनियर प्रदीपकुमार अधिकारीले […]

२०७९ जेष्ठ १८ गते, बुधबार

पोखरा विमानस्थल अबरुद्ध

काठमाडाैँ । जहाजमा तेल हाल्ने ‘रिफ्युलर’ ट्याङ्कर पल्टिँदा पोखरा विमानस्थलबाट हुने सबै उडान रोकिएको छ । पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले बिहान हवाईजहाजमा तेल हाल्न जाने क्रममा ट्याङकर पल्टिएपछि विमानस्थलबाट हुने सबै उडान प्रभावित बनेको जानकारी दिए । आयल निगमको डिपोबाट तेल हाल्न जाने क्रममा विमानस्थलमै ‘रिफ्युलर’ ट्याङ्कर पल्टिएको हो । अहिले क्रेनको सहायताले उठाउने […]

२०७९ जेष्ठ १७ गते, मंगलवार

गङ्गा–दशहरा पर्व : भक्तजन गोसाइँकुण्डतर्फ

काठमाडौं । आजदेखि सुरू भएको गङ्गा–दशहराको विशेष मेला भर्नका लागि २०० भन्दा बढी भक्तजन गोसाइँकुण्डतर्फ प्रस्थान गरिसकेको प्रहरीले जनाएको छ । गङ्गा–दशहरा पर्वअन्तर्गत रसुवा जिल्लामा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्ड स्नानका लागि भक्तजन निलाद्री पर्वत उक्लन थालेका हुन् । पवित्र कुण्डमा स्नान र पूजा आराधना गर्नाले आफ्नो मनोकाङ्क्षा पूरा हुने र शरीरका रोगव्यादसमेत हट्ने विश्वास रही […]

२०७९ जेष्ठ १७ गते, मंगलवार

‘तिजी’ पर्व सुरु

काठमाडौं । मुस्ताङको लोमान्थाङमा शुक्रबारदेखि ऐतिहासिक र सांस्कृतिक महत्वको ‘तिजी’ पर्व मनाउन सुरु भएको छ । लोमान्थाङ दरबारमा बौद्ध धर्मगुरु पदम्सम्वा रिम्पोचेको तस्बिर अङ्कित ठूलो आकारको थाङ्का प्रदर्शनी र धार्मिक विधिअनुसार पूजाआजा गरेर तिजी पर्व मनाउन थालेका हुन् । दुई तले घर बराबरको उचाइ भएको थाङ्का वर्षको एक दिन मात्र दरबारबाट बाहिर निकालेर सर्वसाधारणलाई पूजाआजा […]

२०७९ जेष्ठ १४ गते, शनिबार

जजिराको विमानमा चरा ठोक्कियो !

काठमाडौं । जजिरा एयरको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा चरासँग ठोक्किएको छ । सोमबार बिहान २ बजे कुवेतबाट आएको विमान विमानस्थल परिसरमा चरासँग ठोक्किएको विमानस्थल स्रोतले जानकारी दिएको छ । हाल विमान यात्रु ओरालेर एप्रोनमा छ । १२१ यात्रु लिर आएको विमानमा ५२ जना कारागारकाे हिरासतमा रहेका कैदी थिए । उनीहरूलाई उद्वार गरेर नेपाल […]

२०७९ जेष्ठ ९ गते, सोमबार

हप्तामा २ दिन बिदाले पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा छ । कोरोना सङ्क्रमणका कारण थलिएको पर्यटन क्षेत्र पुनः पूर्ववत् अवस्थामा फर्किने आशा व्यवसायीले गरेका छन् । विगतका दिनमा सँगै दुई दिन बिदा हुँदा एकरात बस्न आउने पर्यटकको सङ्ख्या बढी हुने […]

२०७९ जेष्ठ ५ गते, बिहीबार

४८० जनाद्वारा सगरमाथाको आरोहण

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा जारी पर्वतारोहणतर्फ मङ्गलबारसम्म झन्डै ४८० जनाले सगरमाथाको आरोहण गरेका छन् । आरोहणका लागि यस वर्षको सुरुवाती मौसमले साथ दिएका कारण यतिको सङ्ख्याका आरोहीले आरोहण गरेको पर्यटन विभागले जनाएको छ । अहिलेकै जस्तो मौसमले साथ दिए अबको एक हप्ताभित्र यो सिजनको आरोहण सकिनेसमेत विभागको अनुमान छ । विभागका पर्वतारोहण शाखा […]

२०७९ जेष्ठ ४ गते, बुधबार