पर्यटन

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुला

काठमाडौँ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले निकुञ्ज खुला गरिएको जानकारी दिएका छन । पर्यटकीय गतिविधिका लागि निकुञ्ज खुला गरिएकोउनले बताए । विश्वव्यापी सङ्क्रमणका रूपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरसको भयावह परिस्थितिलाई मध्यनजर गर्दै वैशाखदेखि बन्द गरिएका पर्यटकीय गतिविधि निकुञ्जमा खुला गरिएका हुन् । हात्ती सफारीबाहेकका पर्यटकीय गतिविधिका लागि निकुञ्जमा नियमानुसार […]

२०७८ आश्विन १५ गते, शुक्रबार

तातोपानी कुण्डमा नुहाउनेको भीड

काठमाडौँ । कोरोना संक्रमणमा कमि आएसंगै हालै खुलेको म्याग्दीको तातोपानी कुण्डमा नुहाउनेको भीड लागेको छ । कोरोनाको नेगेटिभ रिपोर्ट देखाएर मात्रै प्रवेश अनुमति दिइने गरेको जिल्ला प्रसासन कार्यालय म्याग्दीले जनाएको छ । हाल दैनिक डेडसय देखि दुई सय जनासम्म उपचारका लागि कुण्डमा जाने गरेका छन् । विरामीहरुलाई आलोपालो गरेर डुब्ने व्यवस्था मिलाइएको तातोपानी कुण्ड व्यवस्थापन […]

२०७८ आश्विन १४ गते, बिहीबार

मेघौली र सुनौलीमा पर्यटकीय बससेवा

काठमाडौं । बाबा एड्भेन्चर बससेवा प्रालिले आजदेखि काठमाडौँ–मेघौली बस सेवा सुरु गरेको छ । प्रालिका अध्यक्ष प्रल्हाद लोहनीले कोरोनाबाट थलिएको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न पहिलोपटक काठमाडौँ–मेघौली पर्यटक बस सेवा सञ्चालन गर्न लागेको जानकारी दिए । “आन्तरिक पर्यटन प्रवद्र्धनका लागि स्वास्थ्य मापदण्डलाई पालना गर्दै नयाँ गन्तव्यस्थलमा पर्यटकीय बस सेवा विस्तार गरेका हौँ”, उनले भने ।यस्तै उक्त […]

२०७८ आश्विन १३ गते, बुधबार

पोथी गैँडा मृत भेटियो !

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ । सोमबार मध्याह्न १२ बजे निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले फलामको रड घोपिएको […]

२०७८ आश्विन १२ गते, मंगलवार

विश्व पर्यटन दिवस मनाइदै

काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४२औँ विश्व पर्यटन दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाईदै छ । यस वर्षको पर्यटन दिवसको नारा ‘टुरिज्म फर इन्क्लुसिभ ग्रोथ’ रहेको छ । कोरोना संक्रमण घटेको मौका पारेर सरोकारवाला सरकारी निकाय र पर्यटनसंग सम्वद्ध विभिन्न संघ संस्थाले भौतिक रूपमै दिवस मनाउँदैछन् । पर्यटन मन्त्रालयका सचिव […]

२०७८ आश्विन ११ गते, सोमबार

अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल

काठमाडौं । निषेधाज्ञाका कारण बन्द रहेको अन्नपूर्ण पदमार्गमा पर्यटक भित्रन थालेका छन् । उक्त पदमार्ग पर्यटक आवागमनका लागि हालै मात्र खुला गरिएपछि पर्यटक आवागमन हुन थालेको हो । मनाङ र मुस्ताङ जिल्लाले पर्यटक आवागमनका लागि खुला गरेपछि अहिले छिटफुट विदेशी पर्यटक भित्रिएका हुन् । स्थानीय बासिन्दा र कर्मचारी बाहेकलाई ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा खोप लगाएको कार्ड […]

२०७८ आश्विन ९ गते, शनिबार

अन्नपूर्ण बेसक्याम्प खुल्यो !

काठमाडौं । अन्नपूर्ण बेसक्याम्प आजदेखि खुलेको छ । कोरोना संक्रमणको दर कम हुँदै गएपछि अन्नपूर्ण क्षेत्रका सबै होटल पनि पूर्ण रुपमा खुलेका हुन् । बेसक्याम्प सञ्चालन हुने भएसँगै होटल व्यबसायिहरुले कामदारलाई फिर्ता बोलाएका छन् । हाल छोमरोङदेखि अन्नपूर्ण बेसक्याम्प सम्म ६२ वटा होटल छन् । तत्काल बाह्य पर्यटक नआएपनि आन्तरीक पर्यटक आउने व्यवसायिहरुको विश्वास छ […]

२०७८ आश्विन ५ गते, मंगलवार

भक्तपुरकाे सिद्धपाेखरीमा इन्द्रदहमा मेला

काठमाडौँ । भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखि मेला लागेको छ। हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ। इन्द्र दहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आरधना गर्न भक्तजन घुइँचो लागेको हो। देवराज इन्द्रले स्नान गरेको दह हुनाले आजको दिन इन्द्र दहको स्नान गरी इन्द्रायणी देवीको पूजाआराधना गरेमा पूण्यप्राप्ति […]

२०७८ आश्विन ४ गते, सोमबार

आज इन्द्रजात्रा

काठमाडौं । आज भाद्र शुक्ल द्वादशी अर्थात् इन्द्राजात्रा । अघिल्लो वर्ष कोरोना महामारीका कारण सुनसान बनेको बसन्तपुर-हनुमानढोका क्षेत्रमा आज भने उत्लास छ । काठमाडौं उपत्यकाका विभिन्‍न टोलटोलबाट नेवार समुदायका मानिसहरु आएका छन् । उनीहरूसँग रम्चाउन अन्य समुदायका मानिसहरूको उपस्थिति उस्तै छ । । हनुमानढोकामा ३६ हात लामो लिङ्गो ठड्याएर इन्द्रजात्रा पर्वको सुरुआत गर्ने गरिन्छ । […]

२०७८ आश्विन २ गते, शनिबार

हलेसी मन्दिर खुला

काठमाडौं । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी)को आइतबार बसेको बैठकले चार महिनादेखि बन्द गरिएको त्रिधार्मिकधाम हलेसी मन्दिर सोमबारदेखि खुला गरेको छ । जिल्लामा कोभिड–१९ को सङ्क्रमणदर घट्दै गएको तथा सक्रिय सङ्क्रमितको सङ्ख्यासमेत न्यून रहेको पाइएपछि मन्दिर खुला गराउने निर्णय गरेको हो । गत वैशाख १५ गतेदेखि बन्द मन्दिर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पूजाआजा […]

२०७८ भाद्र २९ गते, मंगलवार