पर्यटन

चण्डेश्वरीदेखि गोसाईँस्थानसम्म पदमार्ग

काठमाडौं । काभ्रेपलाञ्चोकको धार्मिक तथा ऐतिहासिक मन्दिर चण्डेश्वरीदेखि गोसार्इंस्थानसम्मको पर्यटकीय पदमार्ग निर्माणको काम शुरु गरिएको छ। बनेपा नगरपालिकाको गौरवको योजनाअन्तर्गत वडा नं ५ को चण्डेश्वरी मन्दिरदेखि वडा नं ६ को गोसार्इंस्थानस्थित महादेव मन्दिरसम्म पर्यटकीय पदमार्गको लागि नगरपालिका र शहरी विकास मन्त्रालयको गरी करिब रु पाँच करोड आर्थिक सहयोगमा सिँढी निर्माण शुरु भएको हो। सिँढी निर्माणको […]

२०७८ श्रावण ३० गते, शनिबार

हेलिकप्टर र विमान कम्पनीमाथि निगरानी !

काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा समस्यामा परेका पर्यटकलाई उडान भर्ने हेलिकप्टर चालक र विमान कम्पनीमाथि निगरानीमा राख्न थालिएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिकामा पर्ने राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्यटकलाई घुमाउन लैजाने र पर्यटकको उद्धार गर्ने बहानामा वन्यजन्तुको चोरी सिकारी र अन्य अवैध गतिविधि हुन थालेपछि सरकारले निगरानी गर्न थालेको हो ।निकुञ्जमा पछिल्ला दिनमा यस्ता […]

२०७८ श्रावण २५ गते, सोमबार

पर्यटकीय गन्तव्य बन्दै चितवनकाे सिन्ती झरना

काठमाडौं । नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ। चितवनको कालिका नगरपालिका–९ मा रहेको यस झरना जिल्ला सदरमुकाम भरतपुरबाट झण्डै २४ किलोमिटर पूर्वमा पर्छ। कालिका–९ का वडाध्यक्ष हेमबहादुर क्षेत्रीका अनुसार सिन्ती झरनाको प्रचारप्रसार हुन थालेपछि यहाँ पर्यटक आउन थालेका हुन्। “भरतपुर, रत्ननगर, गैँडाकोट, खैरहनी, सौराहा, हेटौँडा, तनहुँसम्मका आन्तरिक पर्यटक […]

२०७८ श्रावण १५ गते, शुक्रबार

अन्तर्राष्ट्रिय बाघ दिवस : चुनौतीका बीच सफलता

काठमाडौं । नेपालमा पाटेबाघ संरक्षणमा चुनौती रहे पनि सफलता मिलेको छ। नेपालले सन् २०२२ सम्म बाघको सङ्ख्या २५० पुर्‍याउने लक्ष्य नजिक पुगेको हो। नेपालका तराईसँगै पहाडी क्षेत्रमा समेत पाटे बाघ पाइन्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा दीपककुमार खराल बाघ संरक्षणमा नेपाललाई सफलता मिलेको बताउँछन्। सफलतासँगै चुनौती रहेको भन्दै उनले रणनीतिक योजनामार्फत संरक्षणमा […]

२०७८ श्रावण १४ गते, बिहीबार

सिन्धुलीगढीको युद्ध सङ्ग्रहालयको उदघाटन

काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज सिन्धुलीगढीको युद्ध सङ्ग्रहालयको उदघाटन गर्ने बताइएको छ । नेपाली सेनाले करिब रु सात करोड लगानीमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको काम सम्पन्न भएपछी राष्ट्रपतिले संग्रालयको उद्घाटन गर्न लागएकी हुन् ।संग्राहालयमा युद्धकालीन अवस्थाका पात्रहरु, सिन्धुलीगढी युद्धको टाइम लाइन, सेनाको नजरमा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्रहरु, तत्कालीन […]

२०७८ श्रावण १३ गते, बुधबार

पशुपतिनाथ मूल मन्दिर क्षेत्र सुनसान, बाहिर भक्तजनको चहलपहल

काठमाडौँ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना महामारीको जोखिम कायम रहेकाले मूल मन्दिर क्षेत्र सुनसान छ । सरकारले यही साउन १० गतेसम्म कोरोनाबाट बच्न जारी निषेधाज्ञा थप गरेकाले पशुपतिनाथ मन्दिर खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए […]

२०७८ श्रावण १ गते, शुक्रबार

चोरेर अमेरिका पुर्‍याइएका मूर्ति फिर्ता ल्याइयो !

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न समयमा नेपालबाट चोरी भई अमेरिका पु¥याइएका दुई मूर्ति र एक वटा टुँडाल नेपाल फिर्ता ल्याइएको जनाएको छ । नेपालबाट विभिन्न समयमा चोरी भएका करीब एक लाख २५ हजार डलर बराबरको दुई मूर्ति र एक टुँडाल फिर्ता ल्याउन सफल भएको मन्त्रालयले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको […]

२०७८ श्रावण १ गते, शुक्रबार

भिसा शुल्क छुटको म्याद बढ्यो

काठमाडौं । अध्यागमन विभागले अन्तर्राष्ट्रिय उडानहरुको सीमित उपलब्धतालाई ध्यानमा राख्दै नेपालबाट प्रस्थान हुने विदेशीको भिसा शूल्क छुटको अवधि बढाइएको जनाएको छ । विभागले जारी गरेको सूचना अनुसार २०७८ वैशाख १४ सम्म नेपालको वैध भिसा भएका र २०७६ असार ३१ गतेभित्र नेपालबाट प्रस्थान हुने विदेशीको हकमा निजहरु जाने समयमै अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निःशुल्क भिसा […]

२०७८ असार २८ गते, सोमबार

घोडेपानी क्षेत्रको गुराँसको जङ्गलभित्र घोडा र साइकल मार्ग

काठमाडौँ । म्याग्दी-जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित घोडेपानी क्षेत्रको गुराँसको जङ्गलभित्र घोडा र साइकल मार्ग बनाइएको छ ।अन्नपूर्ण–६ मा पर्ने घोडेपानीदेखि वडा नं ७ को प्यारीबाराही ताल जोड्ने साइकल र पोन्नी “ट्रेल” (घोडा मार्ग) निर्माण भएको हो । गाउँपालिकाले पहिचान गरेको घोडेपानी–प्यारीबाराही ताल जोड्ने मार्गमा प्रदेश सरकारले चरा अवलोकन स्थल र घोडा बाँध्ने तबेलासमेत बनाएको छ । […]

२०७८ असार २२ गते, मंगलवार

अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक !

काठमाडौं । पछिल्लो पटक मन्त्रिपरिषद्ले दिएको स्वीकृतिका आधारमा नेपाल नागरिक उड्डयन प्राधिकरणले जुलाई २०२१ का लागि अन्तर्राष्ट्रिय नियमित उडानको तालिका स्वीकृत गरेको छ । यसअनुसार प्रतिसाता कुल २१ अन्तर्राष्ट्रिय उडान हुने छन् । नेपालबाट अन्तर्राष्ट्रिय उडान अनुमति पाउनेमा कतार एयरवेज, सलाम एयर, एयर इन्डिया, फ्लाइ दुबई, जजिरा एयरवेज, टर्किस एयर र मालिन्दो एयर रहेका छन् […]

२०७८ असार १६ गते, बुधबार