पर्यटन

होली पर्व सुरु

काठमाडौं, २० फागुन । काठमाडौंको वसन्तपुरमा आज बिहान ७ बजेर ५७ मिनेटको साइतमा विधिपूर्वक चीर ठड्याइएर होली पर्व सुरु भएको छ । वसन्तपुरमा चीर ठड्याएपछि काठमाडौं उपत्यकासहित देशभर होली पर्व सुरु भएको मानिन्छ । वसन्तपुरमा चीर ठड्याइसकेपछि हर्ष बढाइँ गरिएको थियो । साथै सहभागीहरुबीच रंगीबिरंगी अबिर दलेर खुसीयाली मनाइएको थियो । फागुन शुक्ल अष्टमीदेखि फागुन […]

२०७६ फाल्गुन २० गते, मंगलवार

भ्रमण वर्ष २०२० स्थगित

काठमाडाैँ, १९ फागुन । सरकारले कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै भ्रमण वर्ष २०२० स्थगित गर्ने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष स्थगित गरेर सन् २०२२ लाई भ्रमण वर्ष घोषणा गर्ने प्रस्ताव […]

२०७६ फाल्गुन १९ गते, सोमबार

टोखा महोत्सव स्थगित

काठमाडाैँ, १८ फागुन । टोखा नगरपालिकाले यही फागुन २३ देखि २५ गतेसम्म आयोजना गर्न लागेको ‘दोस्रो टोखा महोत्सव–२०७६’ स्थगित भएको जनाएको छ । नगरप्रमुख प्रकाश अधिकारीले कोरोना भाइरस जोखिमका कारण महोत्सव स्थगित गरिएको जानकारी दिए । “विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको सूचनाअनुसार भारतलगायत नेपालमा पनि उच्च जोखिम रहेकाले हालका लागि महोत्सव स्थगित गरेका हौँ”, उनले […]

२०७६ फाल्गुन १८ गते, आईतवार

भ्रमण वर्षका लागि देशबाहिरका कार्यक्रम स्थगित

काठमाडाैँ, १७ फागुन । सरकारले भ्रमण वर्ष २०२० का लागि देशबाहिर तय गरिएका कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना भाइरसको संक्रमण विश्वव्यापी बनेकोले देशबाहिर भइरहेका औपचारिक कार्यक्रम तत्कालका लागि स्थगित गरेको जनाएकाे हो । भ्रमण वर्षको अवसरमा विदेशमा रहेका विभिन्न संघ-सस्था तथा निकायले विभिन्न कार्यक्रमको आयोजना गर्ने […]

२०७६ फाल्गुन १७ गते, शनिबार

अब नेपालमा पनि निजी जहाज राख्न पाउने, सेवा प्रदायकले ३ जहाज अनिवार्य राख्नुपर्ने

काठमाडौँ, १५ फागुन । हवाई प्रविधिको विश्वव्यापी आयाम र बदलिँदो परिवेशअनुरूप नेपालको आवश्यकतालाई मध्यनजर गर्दै सरकारले करिब डेढ दशकपछि नयाँ राष्ट्रिय हवाई नीति बनाएको छ । हवाई सेवामा आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै हवाई क्षेत्रको ‘सेफ्टी र सेक्युरिटी’ तथा हवाई उद्योगको दिगोपनलाई ध्यानमा राखी नयाँ नीति तयार गरिएको हो । नयाँ हवाई नीति बनाउन गठित […]

२०७६ फाल्गुन १५ गते, बिहीबार

श्री एयरलाइन्सको हवाई जहाजमा ‘गम्भीर समस्या’

काठमाडौं, १० फागुन । काठमाडौंबाट नेपालगञ्ज जाने तयारीमा रहेको श्री एयरलाइन्सको हवाई जहाजमा ‘गम्भीर समस्या’ आएको भन्दै अन्तिम समयमा उडान रोकिएको छ । आज बिहान साढे आठ बजे नेपालगञ्ज उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको जहाजमा बसिसकेका यात्रुहरुलाई एयर होस्टेसहरुले हतार–हतार ओरालेका थिए । ‘इन्जिन स्टार्ट गरेर पाइलटले विमानस्थल टावरबाट उड्ने अनुमतिसमेत लिइसकेका थिए । तर, […]

२०७६ फाल्गुन १० गते, शनिबार

१० लाखभन्दा बढीले पशुपतिको दर्शन गर्न सक्ने !

काठमाडाैं, ९ फागुन । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ । बिहान ७ बजेसम्म डेढ लाख बढी भक्तजनले पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरी पूजा आराधना एवं दर्शन गरिसकेका छन् । लाखौँ भक्तजन पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा लाम लागेर दर्शनको प्रतीक्षामा छन् । प्रत्येक वर्ष फागुन कृष्ण […]

२०७६ फाल्गुन ९ गते, शुक्रबार

तीन गोही मृत अवस्थामा, सात जालमा

काठमाडौं , ४ फागुन । राप्ती र नारायणी नदीमा गतवर्ष छाडिएका तीन गोही मरेको अवस्थामा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बगेका यी दुई नदी र भङ्गालाहरुमा गरिएको अनुगमनका क्रममा सात गोही जालमा बेरिएको अवस्थामा समेत फेला परेका छन् । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार नारायणीको गोलाघाट क्षेत्रमा दुईवटा र राप्तीको बाराही […]

२०७६ फाल्गुन ४ गते, आईतवार

महाशिवरात्रिलाई भ्रमण वर्षसँग जोडेर भव्य रुपमा मनाइने

काठमाडौँ, २५ माघ । यस वर्षको महाशिवरात्रि नेपाल भ्रमण वर्ष २०२० सँग जोडेर भव्य रूपमा मनाउन तयारी शुरु भएको छ । महाशिवरात्रि मनाउन यसपटक संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा १११ सदस्यीय मूलसमारोह समिति गठन गरिएको छ । समितिले शुक्रबार पशुपति क्षेत्रमा आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले महाशिवरात्रिमा भ्रमण वर्ष प्रवद्र्धनका लागि प्रचारप्रसार […]

२०७६ माघ २५ गते, शनिबार

एकै दिन दुई गैँडा मरे

काठमाडाैँ , १५ माघ । चितवन राष्ट्रिय निकुञ्जमा मङ्गलबार एकै दिन दुई गैँडा मरेका छन्। यी सँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैँडाको सङ्ख्या १३ पुगेको छ। सोमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा हुन् भने अन्य निकुञ्ज क्षेत्रमा हुन्। निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जको तमासपुर क्षेत्रमा अन्दाजी १८/२० वर्षको पोथी गैँडा मृतावस्थामा फेला […]

२०७६ माघ १५ गते, बुधबार