पर्यटन

६ सय वर्ष पुरानो घडीघर तथा विहारको संरक्षणका लागि संघर्ष गरिने

काठमाडौं , १८ साउन । काठमाडौंको असनका स्थानीयले ६ सय वर्ष पुरानो घडीघर तथा विहारको संरक्षणका लागि संघर्ष गर्ने चेतावनी दिएका छन् । असनमा शुक्रबार भएको विरोध सभाका सहभागीहरुले उनीहरुले आगामी भाद्र ११ गते गुठी संस्थान घेराउ गर्ने र थप संघर्षका कार्यक्रम ल्याउने बताए । पुरातात्विक र ऐतिहासिक महत्वको उक्त स्थानमा आधुनिक शपिङ मल बनाउन […]

२०७६ श्रावण १८ गते, शनिबार

विश्व बाघ दिवस मनाइँदै

काठमाडौं, १३ साउन ।‘पर्यापर्यटन प्रवद्र्धनका लागि बाघ संरक्षण’ भन्ने मूल नाराका साथ नवौं विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्ष पनि विभिन्न कार्यक्रम गरी विश्व बाघ दिवस मनाउँदै छ । सन् २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा रुसको सेन्ट पिटर्सवर्गमा विश्वका बाघ पाइने […]

२०७६ श्रावण १३ गते, सोमबार

हिमालय एयरलाइन्सद्वारा ढाका उडान सुरु

काठमाडौं, ६ साउन । निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि बङ्गलादेशको राजधानी ढाका उडान गर्ने भएको छ । बङ्गलादेशी पर्यटकको नेपाल आगमन सहजतालाई लक्षित गर्दै कम्पनीले काठमाडौँ–ढाका सिधा उडान थालेको हो । काठमाडौँ–ढाका साताको तीन दिन उडान गर्ने गरी तालिका बनाइएको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । उनले पर्यटकीय […]

२०७६ श्रावण ६ गते, सोमबार

रानीमहलमा ‘ईको पार्क’ बन्ने

काठमाडौं, ३ साउन । पाल्पाको रानीमहलमा पर्यटक लक्षित ईको पार्क निर्माण सुरु गरिएको छ । प्रेमको प्रतीक मानिने रानीमहल क्षेत्रमा हरियाली बगैंचा र विभिन्न किसिमका फूलसहित ईको पार्क निर्माण शुरु गरिएको हो । डिभिजन वन कार्यालय पाल्पाले पार्क निर्माणलाई अन्तिम रुपमा दिएको छ । रानीमहलको जग छेउमा खोलाबाटै पर्खाल उठाएर करिब २ रोपनी क्षेत्रफलमा माटो […]

२०७६ श्रावण ३ गते, शुक्रबार

दुप्चेश्वर महादेव ः धार्मिक पर्यटकीय स्थल

काठमाडौं, २१ असार । दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्लाको राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् । सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत […]

२०७६ असार २१ गते, शनिबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः २१ घन्टा सञ्चालन

काठमाडौं, १६ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुन: २१ घन्टानै सञ्चालन भएको छ। रन–वे (धावनमार्ग) मर्मतका कारण चैत १८ गतेदेखि बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म बन्द हुँदै आएको थियो । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच पटक–पटक उप्किँदा जहाज उडान र अवतरणमा समस्या आएपछि चैत्र १८ गतेबाट धावनमार्गको मर्मत शुरु गरिएको थियो । […]

२०७६ असार १६ गते, सोमबार

कालीगण्डकीमा जलयात्रा बन्द

काठमाडौं, ११ असार । कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि (र्‍याफ्टिङ) जलयात्रा रोकिएको छ । विशेषगरी चैत, वैशाख र जेठ महिनामा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष असार पहिलो सातापछि मनसुन शुरु भएपछि मात्र बन्द गरिएको हो । कालीगण्डकी नदीमा अङ्ग्रेजी महिना सेप्टेम्बरको मध्यदेखि अक्टुबरसम्म र मार्चदेखि जुनसम्म जलयात्रा (र्‍याफ्टिङ) सहज रूपमा सञ्चालन गर्न सकिन्छ […]

२०७६ असार ११ गते, बुधबार

लुक्ला विमानस्थलमा २०० यात्रु अलपत्र

काठमाडौँ, ३ असार । मौसम प्रतिकूल हुँदा चार दिनदेखि कुनै पनि उडान तथा अवतरण नहुँदा तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा २०० यात्रु अलपत्र परेका छन् । बिहानैदेखि बाक्लो हुस्सु लाग्ने तथा हल्का वर्षासमेत हुने गरेपछि शुक्रबारदेखि कुनै पनि विमानले उडान नभरेको लुक्ला विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले जानकारी दिए । खुम्बू क्षेत्र भ्रमणमा आएका पर्यटकले प्रयोग […]

२०७६ असार ३ गते, मंगलवार

भूमे पर्व मनाइदै

काठमाडौँ, १ असार । मगर समुदायको प्रमुख चाड भूमे पर्व दाङसहितका मगर समुदायको वाहुल्यता रहेको जिल्लामा धूमधामका साथ मनाइएको छ । भूमे पर्व मगर समुदायले असारको पहिलो साताभर भूमि अर्थात् प्रकृतिको पूजा गरी नाचगान गरेर मनाउने गर्छन् । आफ्नो संस्कृति जोगाउन र हिउँदे बाली भित्र्याईसकेर बर्षे बाली लगाउने बेला भूमि तथा भूमि देवता नरिसाउन् भन्ने […]

२०७६ असार १ गते, आईतवार

धवलागिरि आधार शिविर जाने पदमार्ग निर्माण

काठमाडौं, ३० जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको आधार शिविर जाने पदमार्ग निर्माण गरिएको छ । भीर र जङ्गलको जोखिमपूर्ण पदमार्गलाई फराकिलो बनाएर पूर्वाधार निर्माण गरिएको हो । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु ५० लाख बजेटबाट नाउराभीरदेखि सल्लाघारीसम्म पदमार्ग मर्मत गरिएको छ । […]

२०७६ जेष्ठ ३० गते, बिहीबार