भोलि महाशिवरात्रि , बिभिन्न स्थानमा सवारी–साधन प्रवेशमा रोक

काठमाडौं, १२ फागुन । भोलि महाशिवरात्रि पर्वलाई ध्यानमा राखी महानगरीय ट्राफिक प्रहरी महाशाखाले ९ स्थानबाट चल्ने सवारी–साधन प्रवेशमा रोक लगाएको छ । महाशाखाले चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वरबाट गौशालातर्फ, मैतीदेवीचोकबाट पुरानोबानेश्वरतर्फ, द्वारिका होटलको उत्तरतर्फको शाखामार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामापोखरी–कुटुबहालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुन्ड तथा मित्रपार्कतर्फ तथा तिलगंगाबाट गौशालातर्फ रोक लगाएको हो । यस्तै, मालबाहक सवारी–साधनलाई […]
२०७३ फाल्गुन १२ गते, बिहीबार