पर्यटन

मछिन्द्रनाथलाई पाटन ल्याइदै

काठमाडौं, १० मंसिर । छ महिनादेखि बुङ्गमतीमा रहेको मछिन्द्रनाथ देवतालाई यही मङ्सिर २० गते पाटन ल्याइँदैछ । ज्योतिषले बिहीबार साइत हेरेर मङ्सिर २० गते ल्याउनु उपयुक्त भएको बताएका छन् । मछिन्द्रनाथको साइत हेर्दै आउनुभएका कीर्तिकिरण जोशीले धान्य पूर्णिमाभन्दा पहिले नै देवतालाई पाटन ल्याउने गरिएको बताए । बुङमतीको मछिन्द्रनाथको मन्दिरमा देवता रहेकामा पाटन ल्याएपछि मछिन्द्रबहालस्थित मछिन्द्रनाथको […]

२०७३ मंसिर १० गते, शुक्रबार

कर्णाली एक्सपो मङ्सिर २३ देखि

काठमाडौँ, ९ मङ्सिर । सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा यही मङ्सिर २३ गतेदेखि कर्णाली एक्सपो –२०१६ हुने भएको छ । बुधबार यहाँ आयोजित पत्रकारसम्मेलनमा भारत, पाकिस्तान तथा बङ्गलादेशका व्यापारीले पनि भाग लिने सो व्यापार मेलामा लगानीसम्बन्धि इन्भेस्टमेन्ट पेभिलियनका साथै नेपालका चारसय र ती मुलुकका ३० वटा स्टल रहने जानकारी दिइयो । स्थानीय घरेलु उत्पादन, स्थानीय कला संस्कृति, […]

२०७३ मंसिर ९ गते, बिहीबार

कमलपोखरीको संरक्षण गर्न माग

काठमाडौं, ८ मंसिर । मोरङको अमरदहको पर्यटकीयस्थल कमलपोखरीको संरक्षण गर्न सरोकारवाला निकायले चासो नदिएको स्थानीयवासीले गुनासो गरेका छन् । पोखरीमा बाह्रैमास रातो र सेतो फूल फुल्नु नै कमलपोखरीको विशेषता भएकाले संरक्षण गर्न सरकारसँग माग गरिएको स्थानीय सरदार राजवंशी बताउछन । दक्षिणी मोरङको हसन्दह र अमरदह गाविसले छोएको सुन्दर केचनाबजारमा रहेको कमलपोखरीको संरक्षणमा ध्यान दिए राष्ट्रियस्तरमा […]

२०७३ मंसिर ८ गते, बुधबार

सप्तऋषिको तपोभूमि ओझेलमा

काठमाडौँ । भौगोलिक विकटता र सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक र धार्मिकस्थल रिखार क्षेत्रमा अवस्थित डुङ्गा माथिको रिखार मन्दिर र सप्तऋषिको तपोभूमि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । म्याग्दीको कुईनेमगले गाविस–४ पात्लेखर्कमा अवस्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल रिखारको महिमा हिन्दूहरुका प्रशिद्ध धार्मिक ग्रन्थ श्रीमद्भागवत र मत्स्य पुराणमा समेत उल्लेख गरिएको छ । मत्स्य पुराणका अनुसार […]

२०७३ मंसिर ४ गते, शनिबार

गम्भीर विरामीहरुको उपचारको थलो ‘ म्याग्दीको तातोपानी कुण्ड ‘

काठमाडौं, ३ मंसिर । म्याग्दीको बेनी नगरपालिका अन्र्तरगत सिङ्गामा पर्ने तातोपानी कुण्ड प्राकृतीक उपचारस्थलको रूपमा परिचित हुदै गएको छ ।मुहानबाटै ४५ देखि ५० डिग्री सेल्सीयसको तापक्रममा निस्कने विरेनुन स्वादको तातोपानीमा एक हप्ता सम्म निरन्तर नुहाएमा गानो, गोला, ग्यास्ट्रिक, बाथ, हाडजोर्नि दुख्ने, चोटपटक लागेको, चर्मरोग, प्यारालाईसीस लगायतका रोग निको भएको विरामीको भनाई छ । कुण्डमा बार्षिक […]

२०७३ मंसिर ३ गते, शुक्रबार

‘पुलस्त्य पुलहाश्रम’लाई विश्वकै पवित्र तीर्थस्थल बनाउन माग

काठमाडौं, १ मंसिर। म्याग्दीको बेनी नगरपालिका–११ स्थित पुलस्त्य पुलहाश्रमलाई विश्वकै पवित्र तीर्थस्थलको रुपमा विकास गर्न स्थानीयले माग गरेका छन् । श्रीमद्भागवत महापुराणमा उल्लेख गरिए पनि सो तीर्थस्थल प्रचारप्रसार, भौतिक पूर्वाधार र संरक्षणको अभावमा ओझेलमा परेसँगै स्थानीयले प्रचार–प्रसारको माग गरेका हुन् । पुलस्त्य पुलहाश्रम क्षेत्र विश्वका अति पवित्र १५ वटा तीर्थस्थल मध्ये एक मानिन्छ । श्रीमद्भागवत […]

२०७३ मंसिर १ गते, बुधबार

काष्ठमण्डपमा ईसापूर्वको पहिलो शताब्दीकै संरचना फेला

काठमाडौं, २९ कात्तिक । काठमाडौंको ऐतिहासिक काष्ठमण्डप क्षेत्रमा ईसापूर्वको पहिलो शताब्दीकै संरचना फेला परेको छ । काष्ठमण्डपको उत्खनन्का क्रममा प्राप्त बस्तुहरुको कार्वन डेटिङका क्रममा पहिलो शताब्दीमै त्यस परिसरमा संरचना पाइएको हो । अनुसन्धानमा संलग्न बेलायतको दुरहम विश्वविद्यालयका प्राध्यापक रोविन कोनिनघमले सो क्षेत्र ईसापूर्व पहिलो शताब्दीको भएको जानकारी दिए । उनले सातौं शताब्दीमा चाहीँ नेपाली प्यागोडा […]

२०७३ कार्तिक २९ गते, सोमबार

मकालु–कञ्चन हीरक महोत्सव मनाइदै

काठमाडाैँ , २६ कात्तिक । विश्व चर्चित मकालु र कञ्चनजङ्गा हिमालको हीरक महोत्सव मनाउने सिलसिलामा संसार भरका आरोही नेपाल आउने भएका छन् । विश्वको पाँचौँ अग्लो मकालु (आठ हजार चार सय ६३ मिटर) र तेस्रो अग्लो कञ्चनजङ्गा (आठ हजार पाँच सय ८६ मिटर) हिमालको हीरक महोत्सव मनाउन आगामी मङ्सिरको पहिलो साता आरोही नेपाल आउन लागेका […]

२०७३ कार्तिक २६ गते, शुक्रबार

ऐतिहासिक केलादीधाम क्षेत्र ओझेलमा

काठमाडौं, २५ कात्तिक । कालीगण्डकीबेँसीको साँखरमा रहेको ऐतिहासिक, पर्यटकीय तथा धार्मिक महत्व बोकेको केलादीधाम क्षेत्र ओझेलमा परेको छ । धार्मिक महत्वका दृष्टिकोणले नेपालमै प्रख्यात बनेको साँखर गाविसस्थित यस केलादीधाम क्षेत्रको स्तरोन्नति नहुँदा अहिले यहाँ आउने श्रद्धालु भक्तजनको सङ्ख्यामा कमी आएको छ । नेपालकै केन्द्रीय कार्यालय ‘नेपाल निम्वार्क’ राधादामोदर मन्दिरको स्वामित्वमा रहेको केलादीधाममा संस्कृत माध्यममा अध्ययन […]

२०७३ कार्तिक २५ गते, बिहीबार

एकैघरमा तीन हजार ६०० पर्यटक !

काठमाडौं, २४ कात्तिक । ग्रामीण भेगमा चलेको घरबास (होमस्टे)मा वर्षभरिमा एउटै घरमा तीन हजार जनाभन्दा बढी पर्यटक बसे भन्दा पत्याउन निकै गाह्रो पर्ला । तर पूर्वी इलामको श्रीअन्तुमा सञ्चालन भएको होमस्टेमा एकै घरमा वार्षिक तीनहजार ६ सयजना आएर पर्यटक बास बसेका छन् । पर्यटकीय गन्तव्यका रुपमा कहलिएको अन्तुडाँडा क्षेत्रमा रहेका होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकको […]

२०७३ कार्तिक २४ गते, बुधबार