रातो मच्छिन्द्रनाथको रथ सुन्धारातिर
काठमाडौ, २९ बैशाख । रातो मच्छिन्द्रनाथको रथलाई आज पुल्चोकबाट तानेर गाबहालमा पुर्याइएको छ । अहिले गाबहालमा रातो मच्छिन्द्रनाथ र मिननाथको दर्शन गर्ने भक्तजनको घुईंचो लागेको छ । रथलाई तानेर एक दिन विश्राम गराउने ठाउँमा स्थानीयबासिन्दा भुज्या जाने भनेर परिवारका सबै सदस्यले पूजा गर्ने परम्परा छ । आज दिउँसो ४ बजेपछि रथलाई गाबहालबाट सुन्धारातिर तानिनेछ । […]
२०७३ बैशाख २९ गते, बुधबार