पर्यटन

शुक्लाफाँटामा गैंडा गणना सुरु

काठमाडौं, ४ वैशाख । कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा आजदेखि गैंडा गणना सुरु भएको छ ।शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले भन्नुभयो,“हप्ता, दश दिनमा गणना गरिसक्छौँ, गणनाका लागि स्थानीय कर्मचारी टोली नै खटिन्छ ।” गणना कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष र विश्व वन्यजन्तु कोष, तराई भू–परिधि कार्यक्रमको सहकार्य रहेको आरक्ष कार्यालयले जनाएको छ […]

२०७२ बैशाख ४ गते, शुक्रबार

सिरुवा पर्व समापन हुदै

काठमाडौ, ३ बैशाख । राजवंशीहरुको प्रसिद्ध चाड सिरुवा पर्वको आज अन्तिम दिन एकआपसमा रङ खेलेर मनाइँदैछ । पूर्वको झापा, मोरङ र सुनसरीमा रहेका राजवंशी जातिले प्रत्येक वर्षको वैशाख १, २ र ३ गते विभिन्न कार्यक्रम गरी यो पर्व मनाउने गर्दछन् । पहिलो दिन पहिलो दिन पानी, दोस्रो दिन हिलो र तेस्रो दिन रंग दलेर मनाउने […]

२०७२ बैशाख ३ गते, बिहीबार

आज जिब्रो छेडने जात्रा

काठमाडौं, २ वैशाख । भक्तपुरस्थित मध्यपुर थिमीको बोडेमा आज जिब्रो छेड्ने जात्रा मनाइंदै छ । प्रत्येक वर्ष वैशाख २ गते मनाइने प्रसिद्ध जात्रामा यस वर्ष पनि बोडेका ३४ वर्षीय जुजुभाई वाँसश्रेष्ठले फलामको १० इन्च लामो सियोले जिब्रो छेडाउंदै छन् । विगत ६ वर्षदेखि जिब्रो छेड्न थालेका वाँस श्रेष्ठले यस वर्ष पनि संस्कृतिलाई जीवन्त राख्न सातौं […]

२०७२ बैशाख २ गते, बुधबार

आजदेखि राष्ट्रिय वन्यजन्तु सप्ताह सुरु

काठमाडौ, १ बैशाख । आजदेखि ‘हाम्रो भविष्यका लागि वन्यजन्तु’ भन्ने नाराका साथ २०औँ राष्ट्रिय वन्यजन्तु सप्ताह सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, नेपाली सेना र सौराहाका पर्यटन व्यवसायी तथा संरक्षणकर्मीको संयुक्त आयोजनामा चितवनमा साताव्यापी कार्यक्रमको घोषणा गरिएको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले जानकारी दिनुभयो । घोषित कार्यक्रममा संरक्षित क्षेत्रको सरसफाइ, […]

२०७२ बैशाख १ गते, मंगलवार

चितवनका होटल भरिभराउ

काठमाडौं, ३० चैत । नयाँ वर्ष मनाउन आउने पर्यटकको सङ्ख्या यो वर्ष चितवनमा बढ्ने देखिएको छ । जिल्लाको सौराहा, जगतपुर र मेघौलीका ठूला अधिकांश होटल बुकिङ भइसकेका छन् । चितवनको सौराहामा मात्र सानाठूला गरी ९७ वटा होटल छन् भने जगतपुरमा १७ र मेघौलीमा चारवटा होटल छन् । सबै होटलको कुल क्षमता दुई हजार ७०० रहेको […]

२०७१ चैत्र ३० गते, सोमबार

गैंडा गणना सुरु

काठमाडौँ । विश्व मै दुर्लभ मानिएको एक सिंगे गैंडाको गणना चितवनबाट सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले शनिबार बिहान पर्सा वन्यजन्तु आरक्षको रमौली प्रतापपुरबाट गैंडा गणना सुरु गरेका हो । गैंडा गणकलाई टिका लगाएर गैंडा गणनाको उदघाटन गर्दै वन तथा भुसंरक्षण मन्त्री महेश आचार्यले दुर्लभ एक सिंगे गैंडाको सुरक्षा र संरक्षणका लागि गणना प्रभावकारी […]

२०७१ चैत्र २८ गते, शनिबार

फेवा नववर्ष महोत्सव शुरु

काठमाडौँ । पोखरामा आजदेखि फेवा नवबर्ष महोत्सव शुुरु हुँदैछ । पश्चिमाञ्चल होटल संघ पोखराले नेपाली नयाँवर्षको अवसर पारेर लेकसाईडस्थित बसुन्धरा पार्कमा महोत्सव गर्न लागेको हो । पोखराको गहनाको रुपमा रहेको फेवातालसँगै नेपाली सँस्कृतिको संरक्षण गर्ने उद्देश्यले होटल संघले १२ औं पटक गर्न लागेको महोत्सव आगामी बैशाख २ गतेसम्म चल्नेछ । पर्यटन, सँस्कृति र खानालाई केन्द्रित […]

२०७१ चैत्र २८ गते, शनिबार

बिस्केट जात्रा सुरु

काठमाडौ, २७ चैत । नयाँ वर्षको आगमनसँगै सुरु हुने तान्त्रिक महत्व बोकेको भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवम् सांस्कृतिकरुपमा मनाइने लिच्छवीकालीन बिस्केट जात्रा आजदेखि सुरु भएको छ ।भक्तपुरमा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने बिस्केट जात्रा आज बिहान ८ बजे कर्माचार्य पुजारीद्वारा भैरवको पूजा सुरु भएसँगै यस वर्षको जात्रा सुरु भएको गुठी संस्थान भक्तपुरका प्रमुख लेखनाथ […]

२०७१ चैत्र २७ गते, शुक्रबार

गाउँलेले बनाए पदमार्ग

काठमाडौ, २६ चैत । समुदायले आँट्यो भने गाउँको विकासका लागि सरकारको मात्र मुख ताकेर बस्नुपर्दो रहेनछ भन्ने उदाहरण म्याग्दीको शिख गाविसमा पर्ने पाउद्वार गाउँका बासिन्दा बनेका छन् ।स्थानीय बासिन्दाले स्थानीयस्तरबाट नै ३० लाख रूपैयाँ लगानी गरेर पदमार्ग निर्माण गरी उदाहरणीय बनेका हुन् । गाउँदेखि पर्यटकीय तथा धार्मिक क्षेत्र खोप्रा लेक जाने विभिन्न स्थानमा गरी तीन […]

२०७१ चैत्र २६ गते, बिहीबार

पोखराको पार्चेमा नयाँ हिमताल

काठमाडौं । अन्नपूर्ण हिमालबाट खसेको हिउँको थुप्रो पग्लिएर कास्कीको पार्चेमा हिमताल बनेको छ । स्थानीय बासिन्दाले यो तालको नाम कफुचे राखेका छन्। नेपालमा चार हजार पाँच सय मिटरमाथि मात्रै हिमताल भेटिएका भए पनि यो ताल भने दुई हजार चार सय ३७ मिटरको उचाइमा छ। कुफुचे हिमताल पर्यटकीय नगरी पोखराबाट करिब ५१ किलोमिटर उत्तरपूर्वमा पर्छ। अन्नपूर्ण […]

२०७१ चैत्र २५ गते, बुधबार