चैत स्नान मेला सुरु
काठमाडौं । सिन्धुपाल्चोकको प्रख्यात तातोपानीधारामा चैत स्नान मेला सुरु भएको छ । चैत महिनाभर लाग्ने यो मेलामा स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लागेको तातोपानीधारा व्यवस्थापन समितिले जनाएको छ । प्राकृतिकरुपमा ४४ डिग्री सेन्टीग्रेड तापक्रमयुक्त तातोपानी धारा पानीमा गन्धक मिसिएकाले छालासम्बन्धी विभिन्न किसिमका रोग निको हुने विश्वासका साथ स्नान गर्नेहरुको मेलामा घुइँचो लाग्ने गरेको छ । […]
२०७१ चैत्र २३ गते, सोमबार