पर्यटन

पश्चिमाञ्चल पर्यटकीय गन्तव्यमा पदयात्रा गरिदै

काठमाडौं ।आगामी भदौ १ गतेदेखि पश्चिमाञ्चलका पर्यटकीय गन्तव्यलाई छुनेगरी पदयात्रा कार्यक्रम हुने भएको छ ।लोलुफेरा विकास मञ्चलले राजधानीमा पत्रकार सम्मेलन गरी पदयात्रा कार्यक्रम आयोजना गर्न लागेको जनाएको हो । पदयात्राको भाद्र १ गते राष्ट्रपति रामवरण यादवले पाखोरको फेवातालमा उद्घाटन गर्ने जनाइएको छ । पदयात्रा असोज २५ गते सिंहदरबारमा आइ सम्पन्न हुनेछ । नयाँ अवधारणा, नयाँ […]

२०७१ श्रावण २७ गते, मंगलवार

जुम्लामा कर्णालीकै ठूलो जात्रा सुरु हुँदै

काठमाडौं ,२६ साउन। आजदेखि कर्णालीकै ठूलो र लामो जात्रा जुम्लामा सुरु हुँदैछ । जनैपूर्णिमाको भोलिपल्ट अर्थात गाईजात्राको दिनदेखि सुरु हुने जात्रा श्रीकृष्ण जन्माष्टमीका दिन मात्रै सकिन्छ ।पहिलो दिन आज गाइजात्रा निकालिन्छ भने भोलि रोपाइँ जात्रा निकालिने जात्रा समितिका अध्यक्ष हरि प्रसाद श्रेष्ठले जानकारी दिए । तेस्रो दिनमा सानो पल्टन, मिम वादशाह र अन्य रमाइला आइटम […]

२०७१ श्रावण २६ गते, सोमबार

दोश्रो टान अन्तरास्ट्रीय इको च्यालेन्ज भदौ १ गते

काठमाडौँ । ट्रेकिङ्ग एजेन्सिज एसोसियसन अफ नेपालको आयोजनामा आउँदो भदौ १ गते नेपालमा दोश्रो पटक टान अन्तर्रराट्रय इको च्यालेन्ज-२०१४ हुने भएको छ । साहसिक अन्तर्रराट्रय प्रतियोगिता आयोजना गर्ने उद्देश्य अनुरूप विगत १० बर्षअघिदेखि मलेसियामा हुँदै आइरहेकोर् इको च्यालेन्ज प्रतियोगिता नेपालमा प्रत्येक बर्षो अगष्ट १७ तारिखमा हुने गरेछ । दौड, साइक्लिङ र र्याफ्टिङ्गको प्रतिस्पर्धा हुने प्रतियोगितामा […]

२०७१ श्रावण २४ गते, शनिबार

पर्यटकीय स्थल ‘दलताल’ ओझेलमा

काठमाडौं। म्याग्दीको बरङ्जा गाविसस्थित पर्यटकीय स्थल दलताल ओझेलमा परेको छ ।प्रचार प्रसार र भौतिक पूर्वाधारको कमीका कारण म्याग्दीको बरङ्जा गाविसस्थित दलताल ओझेलमा परेको हो । यो ताल निकै आकर्षक र मनमोहक भएपनि प्रचारप्रसार तथा भौतिक पूर्वाधारको अभावमा ओझेलमा परेको स्थानीय बासिन्दाले बताएका छन् । धार्मिक तथा पर्यटकीय महत्वको दलताल करिब ५०० वर्गमिटर क्षेत्रफलमा फैलिएको छ […]

२०७१ श्रावण २२ गते, बिहीबार

गोसाइँकुण्डमा स्वास्थ्य शिविर

काठमाडौं। धार्मिक पर्यटकीय गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा मेला भर्न आउने भक्तजनका लागि प्राथमिक उपचार सेवा पु¥याउन स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमका अनुसार स्याफ्रुको तिवारी बगरमा ग्रिनसिटी अस्पताल काठमाडौँ धापासीले स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा लेकाली क्षेत्रमा हिँड्दा अपनाउनुपर्ने सावधानीका विषयमा चेतना अभिवृद्धि गर्नुका साथै औषधि प्रदान गएिको […]

२०७१ श्रावण २२ गते, बिहीबार

पर्यटन प्रर्बद्धनका लागि मनसुन मेला

काठमाडौं। आन्तरिक पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले बिराटनगरमा मनसुन मेला हुने भएको छ । पर्यटन प्रर्बद्धनका लागि विराटनगरस्थित होटल नमस्कारमा साउन २३ र २४ गते दुई दिने मनसुन मेला हुने भएको हो ।महिलाहरूको सहभागितामा लायन्स क्लब अफ विराटनगर शुभम्को आयोजनामा हुने सो मेलामा २५ वटा कक्ष राखिने छन् ।लायन्स क्लबले हिजो यहाँ पत्रकार सम्मेलन गरी महिला […]

२०७१ श्रावण २१ गते, बुधबार

पानी पर्ने आशमा पूजाआजा

काठमाडौँ , १८ साउन। लामो समयसम्म पानी नपरेपछि शनिबार दिउँसो अर्घाखाँचीको नरपानीस्थित दहखोलामा पानीको माग गर्दै पूजा गरिएको छ । पानी नपरेपछि खेति गर्न नपाएका कृषकहरु र सदरमुकाम सन्धिखर्कबाट गएका सर्वसाधारणले पानीको माग गर्दै पूजाआजा गरेका हुन् । पानी माग्दै पूजा गर्नेमा सन्धिखर्कबजार सुधार समितिका अध्यक्ष नारायणप्रसाद बन्जाडे, निर्माण व्यवसायी समितिका अध्यक्ष ऋषि अधिकारी, सन्धिखर्कका […]

२०७१ श्रावण १८ गते, आईतवार

हिल्सा सिमकोट नाकाबाट कैलाश मानसरोवर तीर्थयात्रा बन्द

काठमाडौं ।चीन सरकारको कडाईका कारण जिल्लाको हिल्सा सिमकोट नाकाबाट तिब्वतको प्रसिद्ध तीर्थस्थल कैलाश मानसरोवर यात्रा बन्द भएको छ । सीमा पासको आधारमा तीर्थयात्रा सहित व्यापार गर्न जाने गरेका हुम्लीहरुले यो वर्षदेखि व्यापारिक केन्द्र ताक्लाकोट वजारसम्म मात्र जान पाएका छन् । सीमा पासले चीनको सीमादेखि ३० किलोमिटर परसम्म जान पाउने र तिब्बतको कैलाश मानसरोवर जान चिनियाँ […]

२०७१ श्रावण १६ गते, शुक्रबार

पशुपति परिसरमा छैटौं शताब्दीको त्रिशूल भेटियो

काठमाडौं।पशुपति परिसरमा रहेको भण्डारखालमा छैटौं शताब्दीको त्रिशूल र टाउकोमात्र चिनिने बसाहाको चित्रांकित पुरातात्त्विक सामग्री (स्ट्याप्म) भेटिएको छ। यो अभिलेखलाई पुरातत्त्वविद्हरूले अंशुवर्माको अभिलेखसँग मिल्ने भन्दै छैटौं शताब्दीको अन्त्य वा सातौं शताब्दीको सुरुतिरको हुन सक्ने बताएका छन्।पशुपति क्षेत्रको ऐतिहासिक विकासक्रम पत्ता लगाउने उद्देश्यले बेलायतस्थित दुर्हाम विश्वविद्यालय, पुरातत्त्व विभाग र पशुपति क्षेत्र विकास कोषबीच पाँचवर्षे उत्खनन सम्झौता भएबमोजिम […]

२०७१ श्रावण १४ गते, बुधबार

लाखे नाच सुरु

काठमाडौं, १३ साउन । श्रीकृष्णको चरित्रका आधारमा नेवारहरुको संस्कृति परम्परा अनुसार प्रदर्शन गरिने लाखे नाच दोलखा सदरमुकाम चरिकोटमा सुरु भएको छ । नाच कृष्णजन्माष्टमीसम्म प्रदर्शन गरिने छ ।गठेमंगलको दिन नाट्यश्वरीको मन्दिरमा भोग दिएर पूजा गरी भोज खाने र भोलिपल्टदेखि लाखे नाच प्रदर्शन गर्ने परम्परा छ । नाचको अन्तिम दिन राति १२ बजेपछि कृष्णले चक्र हानी […]

२०७१ श्रावण १३ गते, मंगलवार